News Portal

  • तिजको हर्ष उल्लास जताततै भएपनि मायादेवीलाई तिजले छाेएन !

    हिमाली संचार संवाददाता
    ७९७ पटक

    रबिन्द्र बराल
    भदौ १४ शनिबार : मोरङको रंगेली नगरपालिका वार्डन–७ मा वस्दै आएका मायादेवी ढकाल परिवारलाई विगतको वर्षझै यसवर्ष पनि तिजको रमझमले छुुुन सकेको छैन। ७० वर्षिया मायादेवी ३० वर्षिया छोरी गिता र ४० वर्षिय छोरा तारा बहादुर ढकालसंगै वस्छिन।

    मायादेवीले गरिवि र घरको पिडाका कारण तिज मनाउन नसकेको वताइन। तिजको रहर कस्तो हुुन्छ अव त विर्सि नै सकियो उनि भन्छिन तिज आउछ जान्छ तिज मनाउन न त परिवारमा मान्छे नै छन न त घरमा केहिनै छ।

    झण्डै १५ वर्ष अघि श्रीमानको मृत्युु भएपछि आफुुहरुले गरिविका कारण तिजमात्र होइन कुुनै चाडपर्वको खुुशिका साथ मनाउन नसकेको उनको भनाइ छ। छोराछोरीले साहारा दिनुुपर्ने यो उमेरमा छोराछोरीको सहारा आफुु वनेको उनि सुुनाउछिन।

    भगवान शिवको आर्शिवाद पाइन्छ कि भनेर तिजको व्रतभने लिने गरेको उनि वताउछिन। मिठो मसिनो घरमा केहि छैन केखाने त्यहि भएरपनि आफनो कर्तव्य निभाउछुु व्रत लिन्छुु उनी भन्दछिन केहि गर्न खोज्दा दम वढ्छ धेरै कष्ठ हुुन्छ चाडवाडमा मिठो मसिनो खान त मन लाग्छ तर पाए त खानुु कसले दिन्छ।

    घरमा जे छ त्यो छोराछोरीलाई पकाएर ख्वाउछी छोरो लाटो छ घरभन्दा वाहिर धेरै वस्छ दिनभरी चर्को घाममै पनि वसिन्दिछ त्यस्तैमा रमाउछ केगर्नुु उनले भनिन।

    छरछिमेकीमा छोरीचेली आएको देख्दा आफनो परिवारकासाथ सवै मिलेर तिज मनाउने रहर जागेपनि गरिवि र छोराछोरीका अवस्था हेरेपछि ती सवै रहर आशुुमा वग्ने गरेको उनि सुुनाउछिन।

    सुुकुुम्वासी ती परिवार वसपार्क सडक छेउको ऐलानी जग्गामा वस्दै आएको थियो। सडक र वसपार्क विस्तारगर्ने क्रममा परिवारको उठिवास भएपछिन रंगेली नगरपालिकाकाले वस्न पाचधुुर जग्गा उपलव्ध गराएको थियो। उक्त जग्गामा टहरा वनाएर सो परिवार वस्दै आएका छन।

    जेठी छोरीको छोराले घरमा आएर विद्यार्थीलाई टयुुसन पढाउने गरेको र त्यहि टयुुसन फि बाट उनको घर चल्ने गरेको सुुनाउदै उनि भन्छिन पहिले त सानोतिनो व्यापार गरेर जिविका चलााउथ्ये अव त शरीरले पनि सक्दैन के गरेर कमाउनुे कसरी परिवार चलाउने।

    यस्तो अवस्थमा सवैलाई सहयोग समेत गर्न उनले आग्रह समेत गरेकि छिन। ३० बर्षकाे छाेरी भएता पनि उनी समेत शुष्त मनस्थिति छिन दैवले हामी गरिव परिवारलाई सधैं हेला गरेको बताईन।

    घरकाे कान्छो छाेराले समेत घरकाे विजाेग देखेर ३ बर्ष अगाडि अात्माहत्या गरि मरेकाे भन्दै बिलाैना समेत गरिन। घरमा नत खाने अन्न छ न त काेहि साहारा नै छ यस्तो अवस्थामा कसैले सहयोग गरिदिए ठुुलो राहत हुुने उनि सुुनाउछिन।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    मितेरी सहकारी ठगी प्रकरणः ज्योतिबहादुर भण्डारीविरुद्ध ७ दिनको म्याद थप

    काठमाडौं, असार ५ – कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएका मितेरी सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त...

    अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीशमाथि छानबिन, न्याय परिषद्मा तानिए

    काठमाडौं, असार ५ – नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत...

    नेपालमा फेरि कोरोना संक्रमण देखिन थाल्यो, सीमा नाकाबाट जोखिम बढ्दै

    काठमाडौं, असार ५ – नेपालमा कोरोना भाइरस संक्रमण पुनः देखिन थालेको छ। पछिल्लो समय मौसम...

    भिजिट भिसा प्रकरणमा १४ गृहमन्त्रीमाथि छानबिनको माग, राप्रपाको संसद्मा आवाज

    काठमाडौं, असार ५ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा संलग्नताको आशंकामा पूर्वदेखि वर्तमानसम्मका...

    मितेरी सहकारी घोटाला : दुई वटा नागरिकता र राहदानी बनाएका ज्योतिबहादुर भण्डारीमाथि थप छानबिन सुरु

    काठमाडौं, असार ५ – मितेरी बचत तथा ऋण सहकारी घोटालामा संलग्न अभियुक्त ज्योतिबहादुर भण्डारीमाथि नागरिकता...