News Portal

सम्मानित भए पत्रकार जीवन शर्मा

हिमालीसंचार संवाददाता
५२० पटक

काठमाडौं, जेठ १८ – ‘खोज पत्रकारिता’मार्फत सामाजिक चेतना फैलाउँदै आएका गोरखा जिल्लाका पत्रकार जीवन शर्मा खोज पत्रकारितामा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै आर्या मिडिया हाउसकाे अायाेजना तथा संयुक्त मेला महाेत्सव ग्रुप प्रालिकाे व्यवस्थापनमा संचालित आज कागेश्वरी मनोहरा (मुलपानी) महाेत्सव- २०८२ काे अवसरमा नेपाली ‘खाेजी पत्रकारिता’मा पुर्याउनु भएकाे याेगदानकाे सम्मान गर्दै सम्मानित भएका छन्।

विसं २०४० साल कार्तिक १५ गते गोरखा जिल्लाको साविक दहरबुङ्गा गाविस वडा नं. ६ (हाल गण्डकी गाउँपालिका वडा नं. ५) मा पिता विष्णुप्रसाद खनाल र माता दुर्गादेवी खनालको जेष्ठ सुपुत्रका रूपमा जन्मिएका शर्माको बाल्यकाल सामान्य गाउँले परिवेशमा बित्यो।

तर विचार र प्रस्तुतिका हिसाबले उनी सधैं पृथक थिए। समाजमा दबीएका आवाजहरूलाई निर्भीक रूपमा सार्वजनिक गर्न रुचाउने शर्मा सामाजिक न्यायका लागि कलम चलाउने तीखो पत्रकारका रूपमा चिनिन्छन् पत्रकार शर्मा।

वि.सं. २०६१ साल वैशाख १४ गते न्यु एक्टिभ मिडियाबाट पत्रकारिता तालिम लिएका शर्माले सोही वर्ष पोखरा एफएम ९५.८ मेगाहर्जबाट “लोक सुसेली” र साहित्य कार्यक्रम “पल प्रति पल” कार्यक्रममार्फत आफ्नो पत्रकारिता यात्रा सुरु गरे। रेडियो कार्यक्रममार्फत जनसरोकारका विषय उठाउँदै आएका उनलेपछि छाँपा माध्यममा पनि सशक्त उपस्थिति जनाए।

उनका लेख, रिपोर्ट र फिचर लेखहरू अफ्लिमेन्ट, न्युजलाईनस् पाँछिक, जनसभाल राष्ट्रिय दैनिक, मध्यान्ह दैनिक लगायतका राष्ट्रिय तथा क्षेत्रीय पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्।

शर्मा खोज पत्रकारिताका साथै भूगोल केन्द्रित विश्लेषणात्मक समाचारमा विशेष रुचि राख्छन्।

उनी विगतमा देशको भौगोलिक र सीमावर्ती क्षेत्रहरूमा देखिएका अनियमितता, वन पैदावार तस्करी, सार्वजनिक सम्पत्तिको दोहन, तथा अवैध कारोबार जस्ता विषयमा गहिरो अनुसन्धानसहितका समाचार प्रकाशित गर्दै आएका छन्।

हाल उनले स्थानीय सराेकार पत्रिका छापा र निगरानी दैनिक डटकम नामक अनलाइन संचालन गरि रहेका छन् ।

खोज पत्रकारिताको क्रममा उनले विभिन्न दबाब, आर्थिक संकट, भौतिक धम्की र मानसिक यातना भोग्नु परेको अनुभव सुनाउँदै भन्छन्,“सत्य लेख्न सक्नु खोज पत्रकारिताको आत्मा हो, तर यो यात्रा निकै कठिन र जोखिमपूर्ण हुन्छ।”

उनका अनुसार खोजी पत्रकारितामा सरकार, समाज र गैरकानुनी सञ्जालहरू सबैबाट प्रतिरोध हुन सक्छ, तर सत्य र न्यायको पक्षमा कलम चलाउनु पत्रकारको धर्म हो। यिनै अविचल प्रयास र सामाजिक योगदानलाई मध्यनजर गर्दै उनलाई खाेजी पत्रकार विशेष सम्मान प्रदान गरेको हो।

कार्यक्रममा बोल्दै आयोजकले शर्माको निर्भीक पत्रकारिता, तथ्यमा आधारित रिपोर्टिङ, र सामाजिक उत्तरदायित्वप्रति देखाएको प्रतिबद्धतालाई उदाहरणीय बताए।

देशका अन्य पत्रकारलाई पनि साहसी र तथ्यपूर्ण पत्रकारिताका लागि प्रेरणा दिन सक्ने उदाहरणका रूपमा लिइने शर्माको यात्राले नेपाली पत्रकारिताको क्षेत्रमा थप उचाइ प्रदान गर्ने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...