News Portal

  • बिहे विवादले निम्त्यायो रगतको भेल : युवाद्वारा बुबा र छिमेकीको हत्या

    हिमालीसंचार संवाददाता
    ३०४ पटक

    रुपन्देही, जेठ २३ – पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२ अमरैयामा पारिवारिक विवादले भीषण रूप लिँदा एउटै घटनामा दुई जनाको ज्यान गएको छ। २५ वर्षीय हेमराज थारुले आफ्नै ५० वर्षीय बुबा जयराम थारुलाई कोदालो प्रहार गरी विभत्स हत्या गरेका छन्। बुवालाई जोगाउन आएका छिमेकी ७० वर्षीय नाथु धरिकारको समेत ज्यान गएको छ।

    शुक्रबार बिहान करिब १०:३० बजे भएको यस घटनामा हेमराजले एउटै कोदालो प्रयोग गरी दुबै व्यक्तिलाई हानेको वडा सदस्य विकास क्षेत्रीले जानकारी दिए। उनका अनुसार घटनास्थलमै दुबैको मृत्यु भएको हो।

    क्षेत्री भन्छन्, “म आफै घटनास्थल पुगेको थिएँ, तर दृश्य यति भयावह थियो कि हेर्न सकिनँ। कोदालोले काटेर टाउको नै अलग गरिएको थियो।”

    घटनापछि इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले आरोपी हेमराजलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार हत्या अभियोगमा उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ। घटनास्थलबाट हत्या प्रयुक्त कोदालो पनि बरामद गरिएको छ।

    स्थानीय बासिन्दाहरूका अनुसार हेमराज केही समयअघि मानसिक समस्या भएका थिए र उपचारपछि केही सहज भएको भनिएको थियो। तर, पछिल्ला दिनहरूमा बुबासँग बिहे नगराइदिएको विषयमा बारम्बार विवाद गर्दै आएको जानकारी प्राप्त भएको छ।

    सुनवल–२ की वडा सदस्य लक्ष्मी कुमारी हरिजनले भनिन्, “हेमराजले बुबासँग बिहे गराइदिन आग्रह गर्दै गालीगालोज गर्थे भन्ने कुरा हामीले पहिले पनि सुनेका थियौं। मानसिक समस्या थियो कि, त्यो अझै प्रष्ट छैन। तर आज त यस्तो डरलाग्दो खबर सुन्नुपर्‍यो।”

    मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ भने गाउँमा अहिले त्रास र स्तब्धता छाएको छ। घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ९ गतेको राशिफल

    आज कार्तिक ९, २०८२ (अक्टोबर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    कुवेतकाे माहबुलामा भिसा उल्लङ्घन गर्ने २६३ जना पक्राउ

    कुवेत –  उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहद युसुफ साउद अल-सबाहको प्रत्यक्ष निगरानीमा र सार्वजनिक सुरक्षा...

    आज २०८२ साल कार्तिक ८ गतेको राशिफल

    आज कार्तिक ८, २०८२ (अक्टोबर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...