News Portal

  • नेपाली कांग्रेसले संम्वादको ढोका खोल्नुपर्छ – कमला थापा

    ५५५ पटक

    २०८२ जेठ २९, बिहिबार

    राणा शासनदेखी पंन्चायती शासनकालसम्म जतिपनि ठुला आन्दोलनहरु भए त्यसकाे नेतृत्व नेपाली कांग्रेसले नै गरेको हो। नेपाली कांग्रेस मध्यमार्गी पार्टि भएको हुनाले देशमा कुनै पनि संकट आउदा नेपाली कांग्रेसले समाधानको बाटो खोज्ने गरेको छ। अहिले सर्बत्र जनताहरुमा असन्तुष्टि बढदै गएको कुरा सर्बबितितै छ। यो जनतले लहडमा गरेको कुरा होईन। गणतन्त्रले दिन नसकेको सुशासन, रोक्न नचाहेको भ्रष्टाचार, नेताहरुलेनै लुटतन्त्र मच्चाएको, देशलाई कंगाल बनाएको, भेदभाव पूर्ण ब्यबहार र निषेधको राजनितिले जन्माएको असन्तुष्टि हो। जनता सडकमा उत्रिएको पनि झन्डै तिन बर्ष बितिसक्यो। यस बिचमा धेरै सरकार अदलबदल भए। १७ बर्षमा १६ ओटा प्रधानमन्त्री फेरिए। तर देश र जनतालाई हेर्ने, बुझ्ने सरकार पाएनन्। त्यसैले जनता बाध्य भएर यो ब्यबस्थाको बिकल्पमा राजसंस्था सहितको प्रजातन्त्रको माग गर्दै सडकमा उत्रिएका छन्।

    “कांग्रेस विपी कोइरालाको राष्ट्रीय मेलमिलापको भवनाको मार्गमा हिडने पार्टि भएकोले सम्बादको ढोका कांग्रेसले खोल्न ढिलो गर्नु हुदैन। अन्यथा यो आन्दोलनले नेपाली कांग्रेसको ईतिहासलाई धक्का नलाग्ला भन्न‌ सकिन्न‌। विपी कोइरालाको राष्ट्रिय मेलमिलाप को अर्थ के थियो ? त्यसलाई कसरी बिर्सन सक्छ कांग्रेसले। यसको पहल देउवा कांग्रेसले नगरे पनि कोईरालाका छोराहरुले गर्नु पर्ने छ। जो संग विपीको इतिहांसको जिम्मेवारी छ। विपीका जेष्ठ सुपुत्र प्रकाश कोइराला कांग्रेसको सकृय राजनितिमा छैनन्। माईला श्रीहर्षले राजनिति गरेनन्। कान्छा छोरा माननिय.डा.शशांक कोइराला बर्तमान नेतृत्वको बिश्वास पात्र छन्। त्यो कतिदिन ? नेपाली कांग्रेसमा कुनैदिन शशांकमा विपीकै छवि देखिन्छ भन्नेहरु धेरै थिए। त्यसै कारण उनलाई राजनितिमा ल्याउन नेता कार्यकर्ताहरुले जोड गरेका हुन्। तर आज विपीको प्रजातान्त्रिक मूल्य, मान्यता र सिद्धान्तलाई तिलाञ्जली दिने काम उनैले गरेको पाइयो। राजसंस्था नरहे देश रहन्न भन्ने पिताका छोरा आफु हिन्दू राष्ट्रको पक्षमा भएको तर राजा हामिलाई चाहिदैन भन्नसम्म भ्याए। नेपाली कांग्रेस भित्र अहिले पनि ठुलो हिस्सामा कार्यकर्ता राजसंस्थाको आबस्यकता ठान्दछन्।”

    सरकार आन्दोलन दबाउन जिउ ज्यान लगाइरहेको छ। शान्तिपूर्ण आन्दोलनमा उत्रिएका डेढ सय भन्दा बढि अभियन्ताहरु हिरासतमै छन्। झुट्टा मुद्धा लगाएर आन्दोलन दबाउने प्रयास मात्र होईन झुट्टा आरोप लगाएर दुर्गा प्रसाईलाई फसाउने सोचमा सरकार देखिन्छ। सरकारको यो तानाशाही ब्यबहार तुरुन्त बन्दगरि आस्थाका बन्धिहरुलाई अबिलम्ब रिहाई गर्नु पर्छ। सरकारले आन्दोलन दबाउन जति बल प्रयोग गरेपनि जनताले उठाएको यो आन्दोलन त्यसै रोकिने वाला छैन। एकमात्र प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस मुकदर्शक बनेर बसिरहेको छ। कांग्रेस यसरी बस्न मिल्दैन। नेपाली कांग्रेस विपी कोइरालाको राष्ट्रीय मेलमिलापको भवनाको मार्गमा हिडने पार्टि भएकोले सम्बादको ढोका कांग्रेसले खोल्न ढिलो गर्नु हुदैन। अन्यथा यो आन्दोलनले नेपाली कांग्रेसको ईतिहासलाई धक्का नलाग्ला भन्न‌ सकिन्न‌। विपी कोइरालाको राष्ट्रिय मेलमिलाप को अर्थ के थियो ? त्यसलाई कसरी बिर्सन सक्छ कांग्रेसले। यसको पहल देउवा कांग्रेसले नगरे पनि कोईरालाका छोराहरुले गर्नु पर्ने छ। जो संग विपीको इतिहांसको जिम्मेवारी छ। विपीका जेष्ठ सुपुत्र प्रकाश कोइराला कांग्रेसको सकृय राजनितिमा छैनन्। माईला श्रीहर्षले राजनिति गरेनन्। कान्छा छोरा माननिय.डा.शशांक कोइराला बर्तमान नेतृत्वको बिश्वास पात्र छन्। त्यो कतिदिन ? नेपाली कांग्रेसमा कुनैदिन शशांकमा विपीकै छवि देखिन्छ भन्नेहरु धेरै थिए। त्यसै कारण उनलाई राजनितिमा ल्याउन नेता कार्यकर्ताहरुले जोड गरेका हुन्। तर आज विपीको प्रजातान्त्रिक मूल्य, मान्यता र सिद्धान्तलाई तिलाञ्जली दिने काम उनैले गरेको पाइयो। राजसंस्था नरहे देश रहन्न भन्ने पिताका छोरा आफु हिन्दू राष्ट्रको पक्षमा भएको तर राजा हामिलाई चाहिदैन भन्नसम्म भ्याए। नेपाली कांग्रेस भित्र अहिले पनि ठुलो हिस्सामा कार्यकर्ता राजसंस्थाको आबस्यकता ठान्दछन्।

    “डा. शेखर कोइराला पुर्खौली ऐतिहासिक पृष्ठभूमि बोकेका नेतामा पर्दछन्। खरावहरु मध्यमा असल नेतामा गनिन्छन्। जस्लाई राजनीतिक संस्कार भएका कार्यकर्ताहरुले अधिक रुचाउने, राजनितिक अनुभबले खारिएका नेता अर्जुन नरसिंह केसी, यूवा नेताहरु डा. चन्द्र भण्डारी, शंकर भण्डारी, मा.डा. शुनील शर्मा, लगाएत अधिकांश यूवाहरुले साथ दिएका छन्। शेखर कोइरालाले अब राष्ट्र निर्माणको नयाँ ईतिहांस लेख्न योगदान गर्नुपर्छ।”

    नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइराला पुर्खौली ऐतिहासिक पृष्ठभूमि बोकेका नेतामा पर्दछन्। खरावहरु मध्यमा असल नेतामा गनिन्छन्। जस्लाई राजनीतिक संस्कार भएका कार्यकर्ताहरुले अधिक रुचाउने, राजनितिक अनुभबले खारिएका नेता अर्जुन नरसिंह केसी, यूवा नेताहरु डा. चन्द्र भण्डारी, शंकर भण्डारी, मा.डा. शुनील शर्मा, लगाएत अधिकांश यूवाहरुले साथ दिएका छन्। शेखर कोइरालाले अब राष्ट्र निर्माणको नयाँ ईतिहांस लेख्न योगदान गर्नुपर्छ। बाक्लो आवाज बुद्धिजीवी लगाएत जनता माझमा सुनिन थालिएको छ। नेपाली कांग्रेसका कार्यकर्ताहरुको विचमा तपाईको लोकप्रियता बढेको छ। अब त्यसलाई राष्ट्र निर्माणमा लगाउन ढिलो गर्नु हुदैन। यो आवाज सुन्न पाउनु नेताको लागि ठूलो उपलब्धि मान्न सकिन्छ। यस्तो सुनौलो अवसर समयले एकपटक दिन्छ ! तर पर्खदैन। त्यो जिम्मेवारी तपाईको कांधमा आएको छ। त्यस्को लागि पार्टि भित्र कठोर निर्णय लिनु परेपनि पछि हट्नु हुदैन। राजनितिकर्मिको लागि ब्यक्ति भन्दा ठुलो पर्टि हो। त्यो भन्दा पनि ठूलो राष्ट्र हो। यहि नै राजनेता विपीको सिद्धान्त हो। आज देशले राजनेता खोजेको छ। जहां राष्ट्र, राष्ट्रियता धर्म संस्कृति, बैदिक सनातन धर्मका रक्षक राजसंस्था सहितको प्रजातन्त्र, यहि नै विपी “बिचार” हो। यहि नै नेपाली जनताले आफ्नो मौलिक गन्तव्य ठानेका छन्।

    “नेपाल बैंकमा समेत २० अर्व गायब भयो। यो के भैरहेको छ। अझैपनि हामिले नचेतेर नेताहरुकै भजन मण्डली बनिरहने ? देश यसरी लुट्दै बिदेशी प्रभु रिझाउने काम गणतन्त्रमा निरन्तर हुदै आयो। अब यस्ता कुकृत्य कार्य बन्द गर्नैपर्छ। अन्यथा यिनिहरुले देशै बेचेर भाग्ने छन्। देश बचाउने जिम्मा केवल जनताको हातमा छ। जनता चुक्नु हुदैन।”

    ०७० को दशक पछिका दिनदेखी राजनैतिक दलहरु र तिनका नेताहरुले देखाएको चरित्रलाई हेर्ने हो भने उनिहरुलाई देश होईन मात्र शक्ति र सम्पत्ति चाहिएको देखिन्छ। देश भर्सेलैमा जावोस त्यसैले त जनतादेखी टाढा छन्। तर राजालाई देश चाहिदो रहेछ। देश र जनताको रक्षा गर्नु राजाहरूको प्रमुख कर्म र धर्म भित्र पर्दो रहेछ। त्यसैले राजा ज्ञानेन्द्र शाहा आफ्नो देशमै बसेर देशमा घटेका र घटाईएका दृश्यहरुलाई सुक्ष्म ढंगले नियालि रहेका छ्न। गणतन्त्र आएपछि को १८ बर्षमा हामिले राम्रो संग देख्यौ। देश कसरी लुटिएको र बेचिएको रहेछ। अनेक बहानामा जनता बेचिएको देख्यौ। गिरिबन्धु टि स्टेट, बाल मन्दिर, गोकर्ण रिसोर्ट, स्काउटको जग्गा, बाँसवारी छाला जुत्तादेखी मसानघाटसम्म बेचेको सुनि सक्यौ। त्यस्तै धार्मिक मुखुण्डो धारी जोगिहरुलाई देशका अधिकांश जिल्लाहरुमा हजारौं, हजार बिगा जमिन नितिगत निर्णय गर्दै सुम्पेको पनि देख्यौ। नितिगत भ्रष्टाचारका श्रृंखलाहरु जति उल्लेख गरेपनि यो सानो लेखमा अटाउँदैन यस्ता हजारौं स्वदेशी तथा बिदेशी संस्थाहरुलाई दिएकै छ। अझै कति खुल्न बांकी नै छ। हिजो आज पनि अर्को समचार आयो, नेपाल बैंकमा समेत २० अर्व गायब भयो। यो के भैरहेको छ। अझैपनि हामिले नचेतेर नेताहरुकै भजन मण्डली बनिरहने ? देश यसरी लुट्दै बिदेशी प्रभु रिझाउने काम गणतन्त्रमा निरन्तर हुदै आयो। अब यस्ता कुकृत्य कार्य बन्द गर्नैपर्छ। अन्यथा यिनिहरुले देशै बेचेर भाग्ने छन्। देश बचाउने जिम्मा केवल जनताको हातमा छ। जनता चुक्नु हुदैन। श्री पशुपतिनाथले सबैको रक्षा गरुन।
    जय नेपाल।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३ गतेको राशिफल

    आज भदौ ३, २०८२ (अगस्त १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

    काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा...

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...