News Portal

  • काठमाडौँमा जुवाको खालबाट पक्राउ परेकालाई छुटाउन रातभर चलखेल

    हिमालीसंचार संवाददाता
    २८६ पटक

    काठमाडौँ। काठमाडौँको स्वयम्भु क्षेत्रबाट पक्राउ परेका जुवाडेलाई छुटाउन रातभर चलखेल भएको पाइएको छ। आइतबार राति नागार्जुन नगरपालिका–३ ठुलोभर्‍याङ एकधारा बस्ने केशव अधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामा २२ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

    प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सरोज अधिकारी, श्याम बाबु तामाङ, टेक बहादुर (टीबी) कार्की, सञ्जय मुडभरी, नवराज तामाङ, चित्र तामाङ, विष्णु लाल लामा, कुमार खड्का रहेका छन्।

    यसैगरी अम्बिर अधिकारी, भुवन दाहाल, लोप्साङ लामा, प्रताप दानी, लोक बहादुर बोहरा, केशव राज अधिकारी, भरत बोहरा, राजु जिसी, विशाल तामाङ, विकास खत्री, लोक बहादुर तामाङ, निर बहादुर वाइबा, राम बहादुर लामा र लोक बहादुर श्रेष्ठ रहेका छन्।

    उनीहरुको साथबाट प्रहरीले नगद ४ लाख ९२ हजार र कौडा १६ थानसमेत बरामद भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षको बुलेटिनमा उल्लेख छ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतका अनुसार टीबी कार्की र मुडभरी एनआरएनएमा आबद्ध छन्। कार्की एनआरएनएका पूर्व उपाध्यक्ष समेत हुन् भने गत ११ औँ महाधिवेशनमा निर्वाचन समितिका सदस्य समेत रहेका थिए।

    यस्तै यस्तै दानी नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष समेत हुन्। उनलाई छुटाउन माओवादीले लबिङ गरेको प्रहरीको भनाइ छ भने कार्कीलगायतलाई छाड्न एकीकृत समाजवादी र एमालेका केही नेताले समेत प्रहरीलाई आइतबार रातिदेखि नै दबाब दिएको बताइएको छ।

    वृत्तकी प्रमुख डीएसपी पूर्णिमा चन्दलाई पहुँचवालाहरुले पक्राउ परेकाहरुलाई छाड्न निरन्तर दवाब दिनुका साथै माथिल्लो निकाय जिल्ला प्रहरी परिसरमा समेत उस्तै दबाब आइरहेको ती अधिकृतको भनाइ छ।

    ‘जुवाडेहरु पहुँचवाला रहेछन्, पहुँचको प्रयोग भरपुर भइरहेपनि छाडिएको छैन’, जिल्ला प्रहरी परिसरका एक अधिकृतले बताए, ‘एकीकृत समाजवादीका एक पदाधिकारी तहका नेताबाट समेत छाड्न दवाव आइरहेको छ।’ दवावका बीच प्रहरीले जुवा ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाएको जनाइएको छ। उनीहरु सबै अहिले प्रहरी वृत्त स्वयम्भूको हिरासतमा छन्।

    जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ। मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजायको व्यवस्था गरेको छ।

    उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ। यसैगरी दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना हुने व्यवस्था छ।

    दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १५ गतेको राशिफल

    आज असोज १५, २०८२ (अक्टोबर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...

    गुल्मीमा नाबालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

    गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ...

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...