News Portal

काठमाडौँमा जुवाको खालबाट पक्राउ परेकालाई छुटाउन रातभर चलखेल

हिमालीसंचार संवाददाता
३७० पटक

काठमाडौँ। काठमाडौँको स्वयम्भु क्षेत्रबाट पक्राउ परेका जुवाडेलाई छुटाउन रातभर चलखेल भएको पाइएको छ। आइतबार राति नागार्जुन नगरपालिका–३ ठुलोभर्‍याङ एकधारा बस्ने केशव अधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामा २२ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सरोज अधिकारी, श्याम बाबु तामाङ, टेक बहादुर (टीबी) कार्की, सञ्जय मुडभरी, नवराज तामाङ, चित्र तामाङ, विष्णु लाल लामा, कुमार खड्का रहेका छन्।

यसैगरी अम्बिर अधिकारी, भुवन दाहाल, लोप्साङ लामा, प्रताप दानी, लोक बहादुर बोहरा, केशव राज अधिकारी, भरत बोहरा, राजु जिसी, विशाल तामाङ, विकास खत्री, लोक बहादुर तामाङ, निर बहादुर वाइबा, राम बहादुर लामा र लोक बहादुर श्रेष्ठ रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले नगद ४ लाख ९२ हजार र कौडा १६ थानसमेत बरामद भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षको बुलेटिनमा उल्लेख छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतका अनुसार टीबी कार्की र मुडभरी एनआरएनएमा आबद्ध छन्। कार्की एनआरएनएका पूर्व उपाध्यक्ष समेत हुन् भने गत ११ औँ महाधिवेशनमा निर्वाचन समितिका सदस्य समेत रहेका थिए।

यस्तै यस्तै दानी नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष समेत हुन्। उनलाई छुटाउन माओवादीले लबिङ गरेको प्रहरीको भनाइ छ भने कार्कीलगायतलाई छाड्न एकीकृत समाजवादी र एमालेका केही नेताले समेत प्रहरीलाई आइतबार रातिदेखि नै दबाब दिएको बताइएको छ।

वृत्तकी प्रमुख डीएसपी पूर्णिमा चन्दलाई पहुँचवालाहरुले पक्राउ परेकाहरुलाई छाड्न निरन्तर दवाब दिनुका साथै माथिल्लो निकाय जिल्ला प्रहरी परिसरमा समेत उस्तै दबाब आइरहेको ती अधिकृतको भनाइ छ।

‘जुवाडेहरु पहुँचवाला रहेछन्, पहुँचको प्रयोग भरपुर भइरहेपनि छाडिएको छैन’, जिल्ला प्रहरी परिसरका एक अधिकृतले बताए, ‘एकीकृत समाजवादीका एक पदाधिकारी तहका नेताबाट समेत छाड्न दवाव आइरहेको छ।’ दवावका बीच प्रहरीले जुवा ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाएको जनाइएको छ। उनीहरु सबै अहिले प्रहरी वृत्त स्वयम्भूको हिरासतमा छन्।

जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ। मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजायको व्यवस्था गरेको छ।

उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ। यसैगरी दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना हुने व्यवस्था छ।

दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...