News Portal

  • गायक कुमार न्यौपानेको ‘मेरी स्वास्नी पोइला गई’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    २०१ पटक

    काठमाडौं – चर्चित लोकपप गायक तथा कलाकार कुमार न्यौपानेले ‘मेरी स्वास्नी पोइला गई’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

    उनले आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीत टिकटक जस्ता सामाजिक सञ्जालमा भाइरल भइसकेको छ। यो गीत स्पोटिफाई, युट्युव म्युजिक र एप्पल म्युजिकमा पनि उपलब्ध रहेको  छ।

    न्यौपाने गायकसँगै विज्ञापन निर्माता, भ्वाइस ओभर आर्टिस्ट र म्युजिक भिडियो निर्देशक पनि हुन् । उनी नेपाल बैंक, ग्लोबल आइएमई बैंक, जीवन विकास समाज जस्ता कम्पनी, रेडियो र अडियो जिंगलहरूमा आफ्नो बोल्ड आवाजका लागि परिचित छन्।

    सार्वजनिक म्युजिक भिडियो ‘मेरी स्वास्नी पोइला गई’ गीतमा कुमार आफैंसँगै चर्चित पहलवान अस्मिता जुरेली, भगवती खड्का (युनिका), अमितजंग कार्की, कुसाङ रुम्बालगायतका कलाकार छन्। गीतकार दीपक पौडेलले लेखेको गीतमा कुमार न्यौपानेको संगीत र बाबुल गिरीले  एरेन्ज गरेका हुन् । 

    गायक न्यौपानेको गृहजिल्ला दोलखाको खरिढुङ्गास्थित सुन्दर स्थानमा छायांकन गरिएको गीत रमाइलो र मनोरञ्जनात्मक छ। सुँगुरले भिडियोमा थप रमाइलो थपेको छ। गायक न्यौपानेका यसअघिका ‘ढाका टोपी मैलो’, ‘जुलुस’ र ‘हङ्कङ बजारमा’ जस्ता गीत दर्शकमाझ अझै लोकप्रिय छन् ।

    आफ्नो पछिल्लो रिलिज गीतसंग, उनले एक पटक फेरि आफ्नो बहुमुखी प्रतिभा र रचनात्मकता कार्य प्रमाणित गर्ने कोशिस छन्। ‘मेरी स्वास्नी पोइल गई’ हास्य र मनोरञ्जनको अनुपम मिश्रणको साथ सुन्ने लायकको गीत हो।

    म्युजिक भिडियो यहाँ हेर्नुस् 

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal