News Portal

हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

युवा राई, हेटौडा
६९४ पटक

बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६ स्थित स्थानीयले एक जोडी भ्यागुताको विवाह सम्पन्न गराएका छन्।

आकाशबाट पानीको वर्षाको होस भनेर बुधबार बिहान पण्डितको उपस्थितिमा बाजागाजासहित एक जोडी भ्यागुताको बैदिक परम्परा अनुसार विवाह गराएका हुन्। इन्द्र भगवाको पूजाआजा गरेपछि एक जोडी भ्यागुता समातेर श्रृङगार गरि बेहुला–बेहुली बनाएर विवाह प्रक्रिया पुरा गरिएको स्थानीयले बताए। विवाहमा वडाअध्यक्ष रामकृष्ण कोइराला समेत उपस्थित थिए।

पानी नपर्दा गर्मी र वनमा डँडेलो बढ्नुका साथै अन्नबाली लगाउन समेत समस्या भएको भन्दै स्थानीयले भ्यागुताको विवाह गराएको वडाअध्यक्ष कोइरालाले जानकारी दिए। ‘विदेशमा बादल बनाएर पानी पार्छन्। हाम्रो देशमा पानी पार्न भ्यागुताको विवाह गर्नुपर्ने अवस्था छ’कोइरालाले भने पहिले पहिले भ्यागुताको विवाह गर्‍यो भन्ने पानी पर्छ भन्ने प्रचलन थियो। सोही परम्परा अनुसार यहाँ भ्यागुताको विवाह सम्पन्न गरेका हौ।

भ्यागुताको विवाह कार्यक्रममा करिब ३ सय जना सहभागी रहेका थिए। हेटौँडा-१६ को राम मन्दिरबाट जन्ती प्रस्थान सुरु गरी १६ नम्बरकै खमारेको कुवा पुगेर विधिपूर्वक पञ्चे बाजा सहित भ्यागुताको विवाह सम्पन्न गरिएको हो।

स्थानीय महिलाको टोलीले पञ्चेबाजा बजाउनुका साथै नाचगान समेत गरेका थिए। भ्यागुताको विवाह गरेपछि अब पानी पर्छ भन्ने स्थानीयको अपेक्षा रहेको छ। ग्रामीण क्षेत्रमा अहिले पनि पानी पार्नका लागि भ्यागुताको विवाह गराउने, जलधारा गर्ने लगायतका कार्य हुँदै आएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...