News Portal

  • मिलन नेवार र सुरेन्द्र महर्जन अमरको मनको ढोका सार्वजनिक

    हिमालीसंचार संवाददाता
    ४४८ पटक

    माया प्रेम तन मनबाट निस्कने भएकोले सबैले आफ्नो माया हृदयबाट निकालेर जसले माया गर्छ उसैलाई सुम्पेको हुन्छ । माया बिना संसार शुन्य जस्तो हुने भएकोले हजार लाख जति मान्छे भए पनि माया साटासाट गर्नुपर्ने हुन्छ । आफूले आफैलाई माया गरेर मात्र चल्दैन दुनियाँ । हरेक मान्छेले  माया गर्न जरुरी हुन्छ ।

    जिन्दगी त्यसै चल्दैन जिन्दगी तब मात्रै चल्छ जब एकलाई अर्कोले माया गर्छ । रमाइलो गर्दै जीउन एकले अर्कोलाई माया गर्नुपर्ने भएकोले पनि होला । गायिका मिलन नेवार र सुरेन्द्र महर्जनको स्वरमा रहेको ”मनको ढोका खोलेर माया साटौं है, मनको ढोका खोलेर सँगै बाँचौं है ।” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

        विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा संगीतकार राम कार्कीको सङ्गीत रहेको छ भने म्युजिक भिडियोको निर्देशक रोशन कुमार श्रेष्ठबाट निर्देशन गरिएको हो ।

    सार्वजनिक भिडियोमा कलाकारहरूमा सम्पदा वानिया र प्रदिप खड्काको उत्कृष्ट अभिनय देख्न सकिन्छ । मधुशाला म्युजिकको तर्फबाट गीतको अडियो बजारमा आएको र भिडियो अमर म्युजिकबाट सार्वजनिक भएको हो । दृश्य निर्माण सानिध्या फिल्मको रहेको छ । भिडियो सम्पादन सुरेश राउतबाट गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...

    पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

    काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा...

    रौतहटमा जेन–जी आन्दोलनका घटनामा संलग्न आरोपमा थप एक युवक पक्राउ

    रौतहट, मंसिर २१ – जेन–जी आन्दोलनका क्रममा रौतहटमा भएको तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको...