News Portal

  • आज चैत्र-२६ गते सोमबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल हेर्नुस्
    २८१७ पटक

    श्री शाके १९४५ विस २०८० चैत्र २६ गते सोमबार इश्वी सन् २०२४ अप्रिल ८ तारीख चैत कृष्णपक्ष औँसी तिथी उत्तरभाद्रपदा नक्षत्र ऐन्द्र योग चतुष्पद करण चन्द्रमा मीन राशिमा आनन्दादि योगमा गद योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु दर्शश्राद्ध हलो तथा निशिबार्ने घोडेजात्रा सोमवारेऔँसी॥

     – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेको छ। नयाँकार्य थालनिको योग रहेको छ। सामाजिक कार्यमा सहभागिता जनाउने समय रहेको छ। आज ब्यपार ब्यवसायमा समय उत्तम रहने छ। तपाईको दाम्पत्य सम्बन्धमा सुधार रहने छ। प्रतिस्पर्धाजन्य कार्यमा समय उत्तम रहेको छ। अधुराकार्यहरु सुचारु गर्न समयले विशेष साथ दिने छ। 

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला। आज प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साबधान रहनु होला। आज मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्ने छ। तात्कालिक खर्चका कारण सामान्य आर्थिक झमेलामा फस्न सकिने सम्भाबना रहेको छ। आज सामान्य आर्थिक अभाबको सामना गर्नु पर्ने दिन रहेको छ ।

    मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज तपाईका प्रतिस्पर्धामा अबल रहने योग रहेको छ। आय मुलक कार्यको थालनी हुने छ। नयाँ कार्यको थालनिले तपाईको मनमा हर्ष पैदा हुने छ। अध्ययन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेको छ। तपाईका पुरानो लगानी उठाउने राम्रो समय रहेको छ। तपाईको मित्रजनको सहयोगबाट कार्य सम्पादनमा मदत पूग्ने छ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज परीश्रमको उचित मुल्यांकन नहुनाले तपाईको मनमा खिन्नता हुने छ। तपाईका मान्यजनको सहयोगको कमी महसुस गरिने छ। तपाईका भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ। सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला। तपाईको पारीवारको  सहयोगद्वारा आम्दानी क्षेत्रमा मार्गदर्शन खुल्ने छ ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – ईज तपाईका आफन्तजन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेको छ। तपाईका पराक्रममा बृद्धि हुने छ। नजिकका ब्यक्तिबाट विश्वासघात हुन सक्छ। धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहनेछ। मनोबिलासिताका सामान खरीद योग रहेको छ। दाजुभाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार हुने देखिन्छ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्ने छ। नजिकका साथीभाईहरु सगँ सामान्य मनमुटाब हुन सक्ने छ। शारीरिक अस्वस्थ्यका सामना गर्नु पर्ला। तपाऊले गरिरहेका कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेको छ। तपाईको मनमा चञ्चलताले बास गर्नाले सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्ने छ।

    तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज मान्यजनको सहयोगको कमी महसुस गरिने छ। भौतिक श्रोत साधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नु पर्ने छ। प्रेम सम्बन्धमा सुधार आउने छ साथै आज जीवन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्ने छ। ब्यापार ब्यवसायमा साजेदारी नगरेकै राम्रो हुने छ । तपाईको शारीरिक आलस्यताले सताउन सक्ने छ ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – यात्राका निम्ति सामान्य खर्च गर्नु पर्ने छ। प्रतिस्पर्धीहरु कमजोर हुनाले आर्यआर्जनमा विशेष फाईदा हुने देखिन्छ। तपाईका स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्ने छ। आज गैर ब्यक्तिको पूर्ण विश्वास नगरेको राम्रो हुने छ। घर परिवारबाट टाढा भएको अनुभूति हुने छ। तपाईका सामाजिक कार्यका क्षेत्रमा अघिनबढ्नु उत्तम हुने छ। 

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज प्रिय ब्यक्तिको भेटघाटमा तपाईको मन प्रशन्न रहने छ तथा पारिवारीक मनोरञ्जका निम्ति सामान्य खर्च हुने छ। सामान्य संघर्ष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्ने छ। आज विशेष गरेर बिद्यार्थी बर्गका लागि दिन उत्तम समय रहेको छ। आज रचनात्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेको छ ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – तपाईको पारीवारिक मेलमिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ। नयाँ कार्यको थालनिले तपाईको मनमा हर्ष पैदा हुने छ । तपाईका भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ। तपाईका ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ। तपाईले प्रतिक्षा गरीएको कार्यको उत्तम प्रतिफल प्राप्तहुनाले मन हर्षित रहनेछ ।

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईको निर्णय गर्ने क्षमतामा कमि आउने छ। नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउने छ । तपाईका शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्ने छ । आज सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटीलो साबित हुन सक्ने देखिन्छ ।

    मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला। आज तपाईका मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ। बिद्या प्राप्ति योग रहेको छ। सन्तान सम्बन्धि समस्याले सताउने छ । तपाईका स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त हुने योग रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएनएमा ऐतिहासिक एकता, प्रधानमन्त्रीको रोहवरमा सहमति दस्तावेज हस्ताक्षर

    काठमाडौं, मंसिर १२ – गैरआवासीय नेपाली संघ (एनआरएनए)मा लामो समयदेखि चुलिँदै आएको विवाद अन्त्य हुँदै...

    कुलमान घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टी मंसिर १७ मा औपचारिक घोषणा

    काठमाडौं, मंसिर १२ — कुलमान घिसिङ संरक्षक रहेको नयाँ राजनीतिक दल, उज्यालो नेपाल पार्टी, मंसिर...

    काठमाडौँ महानगरले अतिक्रमित संरचना डोजरले भत्कायो

    काठमाडौँ, मंसिर १२ — काठमाडौँ महानगरपालिकाले वडा नं. १०, देवीनगरमा सार्वजनिक जग्गामा बनेका अतिक्रमित संरचना...

    धनगढीमा नेकपाको एकता सन्देश जुलुस सुरु

    धनगढी, मंसिर १२ – नेपाल कम्युनिस्ट पार्टीले धनगढीमा एकता सन्देश लिएर अगाडि बढेको जुलुस सुरु गरेको...

    काठमाडौंमा राप्रपाको मंसिर २३ को प्रदर्शन तयारी

    काठमाडौं, मंसिर १२ – राप्रपाले मंसिर २३ गते राजधानीमा ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ। पार्टीको...