News Portal

गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक

हिमालीसंचार संवाददाता
४२८ पटक

काठमाडौं। गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक भएको छ। कपनस्थित नेपाल चलचित्र विकाशबोर्डमा बिहीबार आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा समाहित जालहरीको म्युजिक भिडियो सार्वजनिक भएको हो।

मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीतसंयोजन रहेको यस गीतमा प्रवीण बेडवाल र रचना रिमालको स्वर रहेको छ। साथमा मन्माबी राई, लिला राई, तुरेम्पा हाङ, सुरेश राईको पनि आवाज रहेको छ।

‘जालहारी’को भिडियोलाई हाङ चेम्जोङले निर्देशन गरेका हुन् भने छायांकन तथा सम्पादन इशाक जबेगुले गरेका हुन्। यस भिडियोमा सुन्दर खवास र बिपना आङ्बुहाङको मुख्य भूमिका रहेको छ।

नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न विमोचन कार्यक्रमको सभापतितब निर्देशक हाङ चेम्जोङले गरेका थिए भने विशेष अतिथिहरू गीतकार सङ्घका अध्यक्ष बसन्त वित्यासी थापा, पान्थर कलाकर सङ्घका अध्यक्ष दिनेश लिङ्देन, चलचित्र कर्मी सङ्घ नेपालका उपाध्यक्ष शैलेन्द्र नाल्बो लगायत रहेका थिए।

कार्यक्रममा बोल्दै गीतकार आङ्बुहाङले बाँचुन्जेल गीतहरू लेखिरहने बताइन्। उनले भनिन, ‘म बाचुन्जेल निरन्तर गीत लेखिरहने छु। कलमको मसि सकिएला, तर मेरा दिलभित्रका मसीहरू सकिने छैनन्। त्यसैले बाँचुन्जेल दर्शकस्रोताहरूका लागि गीत लेखिरहनेछु।’

यस अघि थुप्रै गीतहरू लेखिसकेकी गीतकार आङ्बुहाङ विगत केहीसमयदेखि पाठेघर क्यान्सर पीडित छिन्। हाल उपचाररत रहेकी उनले यसअघि म्युजिक भिडियोसहितको ‘मेरी आमा’ भाग- १ र भाग-२ निकालिसकेकी छन् भने उनका दुई पुस्तकसमेत प्रकाशन भएका छन्।

विमोचन कार्यक्रममा बोल्दै कुलपति राईले भने, ‘कल्पना आङ्बुहाङसँग मेरो व्यक्तिगत परिचय थिएनछ, तर, निर्देशक चेम्जोङ भाइले कल्पना आङ्बुहाङ प्रतिकुल स्वास्थ्यसँग जुधिरहनुभएको छ, जीवनसँग लडिरहनुभएको छ भनेर वहाँको परिस्थिति बताएपछि मैले मन थाम्न सकिन। कुनै पनि कार्यक्रम त्यागेर म आउँछु भनें।’ उनले किरात लिम्भुवानभित्रका शब्दहरू यश गीतभित्र समेटिएको बताए।

मुन्धुमविद तथा कलाकार यासेली योङ्हाङले संचालन गरेको उक्त कार्यक्रममा एल्बमभित्र काम गर्ने सबैलाई सम्मान गरिएको थियो। संगीतकार तारा प्रकाश लिम्बु, दिनेश बान्तावा, गायक तथा संगीतकार मनोज साङसोन राई, सुरेश साम्पाङ, गायिका सुनिता थेगिम, बाल गायिका रुक्साना लिम्बू, गायिका रचना रिमाल, गायक प्रविन बेडवाल, राजेश पायल राई, कलाकार सुन्दर खवास जालहारी, विपना आङबुहाङ जालहारी, वरिस्ठ निर्देशक हाङ चेम्जोङ, इशाक जबेगु, आयुस्ना श्रेष्ठ, सुन्दर खवास, सामुएल लामा लगायतलाई सम्मान पत्र प्रदान गरिएको हो।

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...