News Portal

आज चैत्र-२३ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

आजको राशिफल हेर्नुस्
३१११ पटक

श्री शाके १९४५ विस २०८० चैत्र-२३ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल ५ तारीख चैत कृष्णपक्ष एकादशी तिथी धनिष्ठा नक्षत्र साध्य योग वालव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा धाता योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु पापमोचनीएकादशी देउपाटनमा देशोद्वारपूजा॥

– ज्यो.पं सरोज घिमिरे

मेष राशिः  चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको अध्ययन अध्यापनमा समय उत्तम रहेको छ । तपाईका आय आर्जनका निम्ति गरिएका लगानी उत्तम साबित रहने देखिन्छ। तपाईको सामान्य यात्राको योग बन्ने छ। आज तपाईको पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ। नयाँ लगानी गर्न उत्तम समय रहेको छ। तपाईले समयमा गरेका सहि निर्णय उत्तम साबित हुने योग रहेको छ ।

बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईले सम्पादित गरेका कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आई पर्ने छ। तपाईका मान्यजन तथा पारिवारीक सहयोगमा केहि दुरताको सामना गर्नु पर्ला। तपाईका भौतिक साधनको प्रयोगमा विशेष ध्यान दिनु राम्रो हुने छ। तपाईको बिद्या तथा बौद्धिक क्षेत्रमा भने राम्रो समय रहेको छ। आज तपाईले सबारी साधनको प्रयोगमा विशेष साबधानी अपनाएको उत्तम हुने छ।

मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – तपाईको कामकाजको क्षेत्रमा भने विशेष सजग रहनु होला। आज अपजस आई पर्ने योग रहेको छ । तपाईले नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुने छ। तपाईको आटँ र शाहसमा बृद्धि भएता पनि साथिभाईहरु टाडिएको अनुभव हुन सक्ला। तपाईका मान्यजनहरुको सहयोगमा गरीएका कार्यहरु उत्तम रहने छन्। तपाईका यात्रामा साबधानी अपनाउनु होला ।

कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज तपाईका बोलिको गलत अर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनु होला। संचित रकम खर्च हुन सक्ने छ। तपाईका खानपानमा विशेष ध्यान दिनुहोला । सामान्य चोट पटक वा स्वास्थ्य सम्बन्धी समस्याको सामना गर्नु पर्ला। तपाईका नजिकका मित्रजनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ। तपाईले अरुको विश्वासमा नपर्नुनै उत्तम रहने छ ।

सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज ब्यापार ब्यवसायमा सामान्य समस्या देखा पर्न सक्नेछ। तपाईका खुट्टा तान्ने ब्यक्तिहरुको बृद्धि हुनाले कार्यसम्पादनमा विशेष होसियार हुनु पर्ने छ। तपाईका निर्णय गर्ने क्षमतामा कमि आउने छ। तपाईका अधुराकार्य सम्पादनका निम्ति उत्तम समय रहेको छ। तपाईका शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहने छ।

कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो- तपाईका सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पर्ने छ। तपाईका मनमा सामान्य चिन्ताले बास गर्ने देखिन्छ। तपाईका परीवारका सदस्यहरुबाट टाढा भएको महसुस हुने छ। तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्ने छ। तपाईका नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्ने छ ।

तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ। तपाईका आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउने छ। अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला। तपाईका मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहने छन्। कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहनेछ ।

बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज तपाईले सबारी साधनको प्रयोगमा विशेष ध्यान दिनु होला। सभासम्मेलनमा सहभागी हुन सक्ने योग रहेको छ। आज तपाईको मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ। तपाईका ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ। आज सामाजिक कार्यमा जुट्ने समय रहेको छ। तपाईका मानसम्मान प्राप्तिको योग रहेको छ। तपाईको सवारी साधनको प्रयोमा ध्यान पुऱ्याउनु होला ।

धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज तपाईको आटँ शाहसमा बृद्धि हुनाले तपाईका विपक्षीहरु कमजोर रहनेछन। चपाईको मित्र तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउने छ। श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ। मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेको छ। आज माल सामान हराउन सक्ने सम्भाबना रहेको हुदा विशेष सजक रहनु होला। अपरीचित ब्यत्तिहरुको विश्वासमा नपरेकै राम्रो हुने छ ।

मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज तपाईले खानपानको क्षेत्रमा विशेष ध्यान दिनु होला। आजको लगानी भोलिका निम्ति फाईदा जनक हुने छ। तपाईके स्वास्थ्य सम्बन्धी समास्याले सताउन सक्छ। तपाईले अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जस हुन सक्छ । तपाईले मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने देखिन्छ। आज तपाईको सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेको छ ।

कुम्भ राशिः  गु, गे, गो, सा, सि, सु, से, सो, द – ईज मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीवारिक झोर झमेलाले सताउन सक्छ। तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्ने देखिन्छ । तपाईको सरल मिजासले मित्रजनहरु आकर्षित हुने योग रहेको छ। तपाईको दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ। ब्यापार ब्यवसायका निम्ति उत्तम समय रहेको छ। 

मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज अरुको विश्वास गर्नाले धोका हुन सक्छ । तपाईका खुट्टा तान्ने ब्यक्तिहरुबाट बच्नु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । आज पारिवारिक झोर झमेलाले सताउन सक्छ । तपाईको स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। खानपानको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेको छ। आज तपाईका कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...