News Portal

  • आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल हेर्नुस्
    २२९० पटक

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३ तारीख चैत्र शुक्लपाक्ष पूर्णिमा तिथी चित्रा नक्षत्र वज्र योग भद्रा करण चन्द्रमा कन्या राशिमा पश्चात तुला राशिमा आनन्दादि योगमा ध्वांक्ष योग कालयुक्त नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु पुर्णिमा व्रत, देवीजात्रा, वैशाखस्नानशुरु, ल्हुतिपुन्हि ल्हुतिस्नान, हनुमान जयन्ती, बालाजुमा २२ धारा स्नान मेला, बैतडीको बिश्वनाथ मन्दिरम कोटिहोम मेला, लोकतन्त्र दिवस, प्रतिलिपी अधिकार दिवस॥

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ। तपाईको कार्य क्षेत्रको लापरबाहीले  सामान्य झन्झट आईपर्न सक्छ। प्रेम सम्बन्धमा सुधार आउने देखिन्छ। आज तपाईको जीवन साथीको  सहयोगद्वारा आम्दानी क्षेत्रमा मार्गदर्शन मिल्ने छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ ।

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज परोपकारको क्षेत्रमा समय ब्यतित रहने छ। तपाईका कुराकाट्नेहरु देखिन्छन्। तपाईले बोल्दा सजग रहनु होला। तपाईको बोलिको कारण नजिकका मित्रजन रुष्ट बन्न सक्छन्। तपाईको स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ । तपाईका तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभाव हुन सक्छ ।

    मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज सामान्य चुनौति पश्चात साथ प्राप्त हुने छ। बिद्या प्राप्ति योग रहेको छ। आज सन्तान सम्बन्धि समस्याले सताउने छ। सामान्य यात्रा हुन सक्छ । चाढो क्रोधको सिकार भईने छ। त्यसैले आज सजग रहनु होला। तपाईलाई पारीवारिक समस्याले सताउन सक्छ ।

    कर्कट राशिः  हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आज सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । पारीवारिक मेलमिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ। धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुने छ। आय मुलक कार्यको थालनी हुने छ। निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानसिक तनाबको सामना गर्नु पर्ने छ। तपाईको मनमा सामान्य चिन्ताले सताउन सक्छ। नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला। भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ। आज तपाईको दिन मध्यम रहेको छ ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला। आज मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ। शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्ने छ। 

    तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुने छ। आज निर्णय गर्ने क्षमता मा कमि आउने छ। नयाँ कार्य थालनिका निम्ति आट र साहसको कमी आउने छ । आज मित्रको सहयोग प्राप्त हुने छ। तपाईको प्रेम सम्बन्धमा सुधार आउने छ। आज खानपानका कारण तपाईको स्वास्थ्यमा सामान्य खराबी देखा पर्ने छ ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज परोपकारका क्षेत्रमा समय ब्यतित रहने छ । शत्रु बृद्धि हुनसक्छन्। आज तपाईको मित्र तथा दाजुभाई बिचको सम्बन्धमा खटपट रहन सक्ने सम्भाबना रहेको छ। तपाईको शारीरिक आलस्यताले सताउ सक्ने छ। आज मान्यजनको स्वास्थ्यमा आएको खराबिका कारण सामान्य खर्चको सम्भाबना रहेको छ ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज आय मूलक कार्यमा जुट्ने माध्यम फेला पर्ने छ। पुरानो लगानी उठाउने राम्रो समय रहेको छ। आज मित्रजनको सहयोगबाट कार्य सम्पादनमा मदत पूग्ने छ। तपाईको पारीवारिक सम्बन्धमा सुधार आउने छ । प्रतिस्पर्धा मुलक कार्यमा विशेष सफलता प्राप्त हुने योग रहेको छ ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुने छ। तपाईको नेतृत्व गर्ने क्षमतामा बृद्धि हुने छ। तपाऊको मनमा चञ्चलताले बास गरेतापनि ब्यापार ब्यवसायबाट राम्रो लाभ लिन सकिने छ। मान्यजनको  सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्ने छ।

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज साथी-भाईहरुको खराब संगतका कारण सामान्य अपजस आई पर्ने छ। आज साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला। तपाईले धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुने छ। सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन। यात्राका क्षेत्रमा विशेष साबधानी अपनाउनु होला ।

    मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज सामान्य चोट पटकको सम्भाबना रहेको छ। मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ सञ्चित रकम खर्च हुने योग रहेको छ। बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ। तपाईको ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएनएमा ऐतिहासिक एकता, प्रधानमन्त्रीको रोहवरमा सहमति दस्तावेज हस्ताक्षर

    काठमाडौं, मंसिर १२ – गैरआवासीय नेपाली संघ (एनआरएनए)मा लामो समयदेखि चुलिँदै आएको विवाद अन्त्य हुँदै...

    कुलमान घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टी मंसिर १७ मा औपचारिक घोषणा

    काठमाडौं, मंसिर १२ — कुलमान घिसिङ संरक्षक रहेको नयाँ राजनीतिक दल, उज्यालो नेपाल पार्टी, मंसिर...

    काठमाडौँ महानगरले अतिक्रमित संरचना डोजरले भत्कायो

    काठमाडौँ, मंसिर १२ — काठमाडौँ महानगरपालिकाले वडा नं. १०, देवीनगरमा सार्वजनिक जग्गामा बनेका अतिक्रमित संरचना...

    धनगढीमा नेकपाको एकता सन्देश जुलुस सुरु

    धनगढी, मंसिर १२ – नेपाल कम्युनिस्ट पार्टीले धनगढीमा एकता सन्देश लिएर अगाडि बढेको जुलुस सुरु गरेको...

    काठमाडौंमा राप्रपाको मंसिर २३ को प्रदर्शन तयारी

    काठमाडौं, मंसिर १२ – राप्रपाले मंसिर २३ गते राजधानीमा ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ। पार्टीको...