News Portal

गायक कुमार न्यौपानेको ‘मेरी स्वास्नी पोइला गई’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४१५ पटक

काठमाडौं – चर्चित लोकपप गायक तथा कलाकार कुमार न्यौपानेले ‘मेरी स्वास्नी पोइला गई’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

उनले आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीत टिकटक जस्ता सामाजिक सञ्जालमा भाइरल भइसकेको छ। यो गीत स्पोटिफाई, युट्युव म्युजिक र एप्पल म्युजिकमा पनि उपलब्ध रहेको  छ।

न्यौपाने गायकसँगै विज्ञापन निर्माता, भ्वाइस ओभर आर्टिस्ट र म्युजिक भिडियो निर्देशक पनि हुन् । उनी नेपाल बैंक, ग्लोबल आइएमई बैंक, जीवन विकास समाज जस्ता कम्पनी, रेडियो र अडियो जिंगलहरूमा आफ्नो बोल्ड आवाजका लागि परिचित छन्।

सार्वजनिक म्युजिक भिडियो ‘मेरी स्वास्नी पोइला गई’ गीतमा कुमार आफैंसँगै चर्चित पहलवान अस्मिता जुरेली, भगवती खड्का (युनिका), अमितजंग कार्की, कुसाङ रुम्बालगायतका कलाकार छन्। गीतकार दीपक पौडेलले लेखेको गीतमा कुमार न्यौपानेको संगीत र बाबुल गिरीले  एरेन्ज गरेका हुन् । 

गायक न्यौपानेको गृहजिल्ला दोलखाको खरिढुङ्गास्थित सुन्दर स्थानमा छायांकन गरिएको गीत रमाइलो र मनोरञ्जनात्मक छ। सुँगुरले भिडियोमा थप रमाइलो थपेको छ। गायक न्यौपानेका यसअघिका ‘ढाका टोपी मैलो’, ‘जुलुस’ र ‘हङ्कङ बजारमा’ जस्ता गीत दर्शकमाझ अझै लोकप्रिय छन् ।

आफ्नो पछिल्लो रिलिज गीतसंग, उनले एक पटक फेरि आफ्नो बहुमुखी प्रतिभा र रचनात्मकता कार्य प्रमाणित गर्ने कोशिस छन्। ‘मेरी स्वास्नी पोइल गई’ हास्य र मनोरञ्जनको अनुपम मिश्रणको साथ सुन्ने लायकको गीत हो।

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...