News Portal

मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
५६४ पटक

डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा विभिन्न जनचेतनामूलक घरदैलो कार्यक्रम ९ वटै वडामा सम्पन्न गरेको छ।

प्रत्येक वडाका वडा अध्यक्षको अध्यक्षता तथा गाउपालिका उपाध्यक्ष दुदा रोकायको प्रमुख अथितिमा आयोजित उक्त सचेतनामुलक कार्यक्रममा आमा समूह, बाल क्लब, कर्मचारी, स्वास्थ्य स्वयमसेबिका, बिद्यालय, नागरिक समाज, राजनैतिक दल, विभिन्न संघसंस्थाहरुको उल्लेख्य सहभागीता रहेको थियो।

आफ्नो टोल आफै बनाउ, घरेलु हिंसा, महिला बालबालिकामाथी हुने हिंसा, बाल बिबाह, बहु बिबाह, जुवातास, अबैध मदिरा, लागू औसध नियन्त्रणमा समुदाय, प्रहरी, स्थानिय तह मिलेर सुशासनको पक्षमा नमुना पालिका बनाउन सबै एकजुट हुनुपर्ने धारणा सहभागीले राख्नु भएको थियो।

त्यस्तै पालिका उपाध्यक्ष दुदा रोकायले अभियानमा सरिक हुने सम्पुर्णलाई धन्यवाद दिनुभएको थियो भने, सोही कार्यक्रममा अस्थायी प्रहरी पोस्ट नर्कुका इन्चार्ज प्रहरी सहायक निरीक्षक गंगा बहादुर चन्दले घरेलु हिंसा, बालबिबाह, बहु बिबाह, महिला तथा बालबालिकामाथी हुने हिंसा, जुवातास, अबैध मदिरा लागू औसध कानुनद्वारा बन्देज गरिएको हुदा उलेखित कार्यहरु गर्न गराउन नहुने, यदि कोहि कसैले उल्लेखित कार्यमा सरिक भएको पाइएमा प्रहरीलाई तत्कालै सुचना दिन आग्रह गर्नु भएको थियो।

अभियानमा सहभागी सबैलाई धन्यबाद दिनुका साथै समुन्नत समाज निर्माणको निम्ति साथ र सहयोगको अपेक्षा समेत राख्नु भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...