News Portal

गायक प्रकाश गुरुङको “माया धराने” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

विनोद विश्वकर्मा, धरान
८४० पटक

चैत्र-१२, सोमबार/धरान – युवा गायक प्रकाश गुरुङको आवाजमा रहेको म्युजिक भिडियो “माया धराने” हिजो ओएसआर डिजिटल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

युवा गायक गुरुङले पछिल्लो समय म्युजिक क्षेत्रमा आफ्नो नाम स्थापित गर्नका लागि विशेष अभियान जस्तै नेपाली म्युजिक क्षेत्रमा संघर्ष गरिरहेका छन्। गायक गुरुङले “ब्याल्क डाइमन” उप-नामले आफ्नो परिचय दिन चाहन्छन्। 

युवा गायक गुरुङले उर्गेन दोङको शब्द संगीतमा अँगालोमा बाँधी तिमीलाई…” लगायतका गीत सार्वजनिक गरिसकेका गायक गुरुङले पछिल्लो समय “माया धराने” बोलको म्युजिक भिडियो धरानको श्रम संस्कृति पार्कमा छायांकन गरिएको गीत सार्वजनिक गरेका हुन्। 

सार्वजनिक गीतको शब्द तथा संगीत संवम् गायक गुरुङले नै गरेका हुन्। सार्वजनिक म्युजिक भिडियो “माया धराने”मा गायक गुरुङलाई चर्चित गायिका मेलिना मैनालीको आवाज रहेको छ। 

सार्वजनिक म्युजिक भिडियो किङ स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको हो। सार्वजनिक गीतको सम्पादन राजु कार्कीले गरेका हुन्। उक्त गीत “माया धराने”को म्युजिक भिडियोमा गायक गुरुङ र विमला खाजुमको मुख्य अभिनय रहेको छ । 

त्यस्तै, धरानका श्रम संस्कृति पार्क धरान-१३ र धरान २० स्थित छायांकन गरिएको सार्वजनिक म्युजिक भिडियोमा धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राई “साम्पाङ”को समेत विशेष भूमिका रहेको छ ।

सार्वजनिक म्युजिक भिडियोमा धरानमा श्रम गर्न जाँदा बसेको प्रेमलाई भिडियो मार्फत उजागर गरिएको छ।   धरानमा लगाएको माया चोखो हुन्छ भन्ने सन्तेश दिन खोजिएको छ। सार्वजनिक म्युजिक भिडियो “माया धराने”ले आम दर्शकको माया जित्ने विषयमा ढुक्क रहेको गायक गुरुङले हिमालीसंचारडटकमसंग बताएका छन्।

सार्वजनिक गीत “माया धराने” म्युजिक भिडियोलाई निर्देशक भीम लामाले निर्देशन गरेका हुन्। त्यस्तै, नृत्य निर्देशन भने नगेन्द्र राईले गरेका छन् । उक्त सार्वजनिक गीतको म्युजिक भिडियो सुमन तामाङले छायाङ्कन गरेको भिडियोको सम्पादन हेमन तामाङले गरेका हुन् । 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...