News Portal

  • आज बैशाख-४ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल हेर्नुस्
    २६०४ पटक

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ४ गते मंगलबार इश्वी सन् २०२४ अप्रिल १६ तारीख चैत शुक्लपक्ष अष्टमी तिथी तिष्य नक्षत्र धृति योग बालव करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा स्थिर्र योग कालयुक्त नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु अष्टमीव्रत गोरखकालीपुजा, चैत्राष्टमी ब्रत चैते दशैँ, भवानीको उत्पति, अशोकको पालुवा खाने, सेतो मत्स्येन्द्रनाथको रथजात्रा जवया भक्तपुरमा छुमा गणेश यात्रा॥

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको पारीवरिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ। तपाईले गरेका कार्य प्रतिको लगनसिलताको कदर हुने उत्तम समय रहेको छ। भौतिक श्रोत साधनको प्रयोगमा अधिक समय बित्ने योग रहेको छ। ब्यपार ब्यवसायमा समय उत्तम रहेको छ। प्रेम सम्बन्धमा प्रगाढता छाउने छ। मानसम्मान प्राप्तिको  योग रहेको छ ।

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – तपाईको मित्रजनहरुको अधिक सामिप्यता कष्टकर साबित रहने छ। सामान्य पारीवारिक झोरझमेलाको सामना गर्नु पर्ने छ। तपाईको यात्रामा पनि साबधानी पूर्वक अधिबढ्नुहोला। तपाईको अध्ययन अध्यापनमा समय मध्यम रहेको छ। तपाईको ब्यापार ब्यवसायमा साजेदारी नगर्नु होला। अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउने योग रहेको छ ।

    मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – वाणी मधुरता छाउने छ । कलाकौशलको क्षेत्रमा समय ब्यतित रहला । तपाईको स्वास्थका क्षेत्रमा पनि सामान्य सुधारको योग बन्ने छ। तपाईको पारीवारिक सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन्। तपाईको अध्ययन अध्यापनमा भने समय त्यति उत्तम रहेको छैन। नयाँ लगानिमा भने सजग रहनु होला ।

    कर्कट राशिः  हि, हु, हे, हो, डा, डि, डु, डे, डो – तपाईका आय आम्दानिका विभिन्न श्रोतहरु फेला पर्ने छन्। तपाईलाई मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्ने छ। तपाईका पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । शारीरिक आलस्यताका कारण तपाईले गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्ने छ। दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्ने देखिन्छ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – तपाईका अधुरो यात्रा रहने योग रहेको छ। अरुको छिटो विश्वास गर्नाले सामान्य धोकामा हुन सक्छ। आज फजुल खर्चको योग रहेको छ। तपाईलाई मानसिक चिन्ताले सताउन सक्छ। तपाईका आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ। तपाईकोद्वारा सम्पादित कार्यमा त्रुटी देखाउनेहरुको बृद्धि हुने छ। तपाईका स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज तपाईका दिदी बहिनीहरुको सहयोगले दिगो फाईदा हुने कार्यको थालनी होला। आज आकसमिक  धनलाभको सम्भावना रहेको छ। तपाईका बौद्धिक क्षेत्रका ब्यतित्व सगँको संगतद्वारा तपाईका मन प्रशन्न रहला। तपाईका सन्तान सम्बन्धि समस्याले सताउन सक्छ। तपाईका रचनात्मक तथा कला क्षेत्रबाट सामान्य आम्दानि लिन सकिने छ। तपाईका स्वास्थका निम्ति सामान्य खर्चको सम्भाबना समेत रहेको छ।

    तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – बिद्यार्थी बर्गको बौधिक विकासका निम्ति समय राम्रो रहेको छ। मान्यजनको सहयोगद्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईने योग रहेको छ । तपाईको श्रम र मेहनतको राम्रो कदर हुने छ। तपाईका भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेको छ। तपाईले गरिरहेका कार्यका श्रेत्रमा सामान्य ढिलाईको सम्भावना रहेको छ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – तपाईका ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले तपाईका कार्य सहज हुने देखिन्छ। तपाईका मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्ने देखिन्छ। आजको तपाईका कार्यले भोलिलाई फाइदा हुने देखिन्छ। तपाईका आय आर्जनका निम्ति अधिक श्रम गर्नु पर्ने समय रहेको छ। आज तपाईका मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेको छ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – मानसीक चञ्चलताले तपाईका कार्य क्षेत्रमा झन्झड आई पर्न सक्छ। तपाईका सामान्य बादबिवादको सामना गर्नु पर्ला। तपाईका मनमा उत्पन्न विभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्ने देखिन्छ। आज भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागिता जनाउने अवसर प्राप्त हुने छ। तपाईका रचनात्मक कार्यमा समय ब्यतित रहनाले तपाईका मन प्रशन्न रहने छ।

    मकर राशिः  भो, ज, जि, खि, खु, खे, खो, गा, गि – साजेदारी कार्यमा हात नहालेकै राम्रो हुने छ। ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखिन्छ। विश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला। तपाईको कार्यबाट फाईदा लिनेहरुको सङख्यामा बृद्धि हुने छ। मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहने छ। ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेको छ ।

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – अरुको संगत गर्ने तपाईको बानिले आज सामान्य समस्या देखिन सक्छ। कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला। तपाईका स्वास्थ्यमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेको छ। तपाईका परीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ। आज गैर ब्यत्तिहरुको विश्वासमा नपर्नु होला ।

    मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईको बौद्धिक क्षेत्रका ब्यतित्व सगँको संगतद्वारा तपाईको मन प्रशन्न रहने छ। तपाईको पठनपाठनको निम्ति समय राम्रो रहेको छ । तपाईले गरिरहेको कार्य क्षेत्रमा तपाईको मन चञ्चलता रहनाले अरु नयाँ कामको थालनि हुन सक्ने छ। आज आय आर्जनका विभिन्न श्रोत साधनहरु फेला परेतापनि तपाईका मानसिक चञ्चलताले तपाईका कार्य श्रेत्रमा ब्यवधान आई पर्ने योग रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १८ गते मंगलबार इश्वी सन २०२४ अप्रिल ३०...

    खरबुजा खाएपछि कुन चिज खानु हुन्छ र खानु हुन्न हेर्नुस्

    गर्मीको मौसम सुरु हुनासाथ बजारमा जताततै खरबुजा देखिन्छ। यो रसिलो फल खान त स्वादिलो हुन्छ...

    कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन

    कुवेत– नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४...

    नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन जुन २१

     कुवेत– नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको...

    नेपाल कुवेत सरोकार समाजको पाँचौ सांगितिक धमाका मे ३१

    कुवेत– नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो ३१ मे २०२४ शूक्रबार...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal