श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८ तारीख चैत्र शुक्लपक्ष दशमी तिथी अश्लेषा नक्षत्र गण्ड योग तैतिल करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा अमृत योग कालयुक्त नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु विश्व सम्पदा दिवस॥
– ज्यो.पं सरोज घिमिरे
मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको पारीवरिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ। तपाईका कार्य प्रतिको लगनसिलताको कदर हुने समय रहेको छ। तपाईका भौतिक श्रोत साधनको प्रयोगमा अधिक समय बित्ने योग रहेको छ। ब्यपार ब्यवसायमा समय उत्तम रहेको छ। तपाईको प्रेम सम्बन्धमा प्रगाढता छाउने छ। मानसम्मान प्राप्तिको समेत योग रहेको छ।
बृष राशि: इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईको मित्रजनहरुको अधिक सामिप्यता कष्टकर साबित रहने छ। तपाईको सामान्य पारीवारिक झोरझमेलाको सामना गर्नु पर्ने छ। आज यात्रामा पनि साबधानी पूर्वक अधि बढ्नु होला। तप्ईको अध्ययन अध्यापनमा समय मध्यम रहेको छ। तपाईको ब्यापार ब्यवसायमा साजेदारी नगर्नु नै उत्तम रहने छ। आज अप्रत्याशीत खबरले तपाईको मनमा प्रशन्नता छाउने देखिन्छ ।
मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – वाणी मधुरता छाउने छ। तपाईको कलाकौशलको क्षेत्रमा समय ब्यतित रहला। तपाईको स्वास्थ्यको क्षेत्रमा पनि सामान्य सुधारको योग रहेको छ। आज पारीवारिक सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने देखिन्छ। तपाईको अध्ययन अध्यापनमा भने समय त्यति उत्तम छैन । नयाँ लगानिमा भने सजग रहनु होला।
कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज तपाईका आय आम्दानिका विभिन्न श्रोतहरु फेला पर्न सक्छ। तपाईको मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्ने छ। तपाईको पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला। तपाईको शारीरिक आलस्यताका कारण तपाईले गरिरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्ने छ। तपाईको दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्ने छ।
सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – तपाईका अधुरो यात्रा रहने योग रहेको छ। तपाईले अरुको छिटो विश्वास गर्नाले सामान्य धोका हुन सक्छ। तपाईका फजुल खर्चको योग रहेको छ। तपाईको मानसिक चिन्ताले सताउने छ। तपाईका आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ। तपाईद्वारा सम्पादित कार्यमा त्रुटी देखाउनेहरुको बृद्धि हुने छ । तपाईका स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने देखिन्छ ।
कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज दिदी बहिनीहरुको सहयोगले तपाईका दिगो फाईदा हुने कार्यको थालनि हुन सक्छ। आज तपाईले आकसमिक धनलाभको सम्भाबना रहेको छ । तपाईका बौधिक क्षेत्रका ब्यतित्व सगँको संगतद्वारा तपाईका मन प्रशन्न रहने छ। आज सन्तान सम्बन्धि समस्याले सताउन सक्छ। तपाईका रचनात्मक तथा कला क्षेत्रबाट सामान्य आम्दानि मिल्न सक्छ। तपाईका स्वास्थ्यका निम्ति सामान्य खर्चको सम्भाबना रहेको छ ।
तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज बिद्यार्थी वर्गको बौद्धिक विकीसका निम्ति राम्रो समय रहेको छ। तपाईका मान्यजनको सहयोगद्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर हुने देखिन्छ। श्रम र मेहनतको राम्रो कदर हुने देखिन्छ। तपाईका भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेको छ। तपाईले गरिरहेको कार्यका श्रेत्रमा सामान्य ढिलो हुन सक्छ ।
बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले तपाईका कार्य सहज हुने देखिन्छ। तपाईले मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्ने छ। आजको कार्यले भोलिलाई फाइदा रहने छ । आज तपाईका आय आर्जनका निम्ति अधिक श्रम गर्नु पर्ने समय रहेको छ। तपाईको मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना देखिन्छ ।
धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज तपाईको मानसिक चञ्चलताले तपाईका कार्य क्षेत्रमाझन्झट आई पर्ने देखिन्छ। आज सामान्य बादबिवादको सम्भावना रहेको छ। तपाईका मनमा उत्पन्न विभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु होला। आज भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागुता जनाउने अवसर प्राप्त हुने छ। तपाईका रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहने छ।
मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज तपाउका साजेदारी कार्यमा हात नहालेकै राम्रो हुने देखिन्छ। तपाईका ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखा पपिन सक्छ। तपाईका विश्वासिलो ब्यक्तिहरुबाट धोका हुने सम्भावना छ। तपाईको कार्यबाट फाईदा लिनेहरुको सङख्यामा बृद्धि हुने देखिन्छ। तपाईका मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहने छ। आज ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेको छ ।
कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज अरुको संगतगर्ने बानिले सामान्य समस्या पर्न सक्छ । तपाईका कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला। तपाईका स्वास्थ्यमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेको छ। तपाईका परीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहने छ। गैर ब्यत्तिहरुको विश्वास नपर्नु होला ।
मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज बौद्धिक क्षेत्रका ब्यतित्व सगँको संगतद्वारा तपाईका मन प्रशन्न रहने देखिन्छ। तपाईका पठनपाठनको निम्ति समय राम्रो रहेको छ । तपाऊले गरिरहेको कार्य क्षेत्रमा तपाईको मन चञ्चल रहनाले अरु नयाँ कामको थालनी हुन सक्ने देखिन्छ। आय आर्जनका विभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चञ्चलताले तपाईका कार्य श्रेत्रमा ब्यवधान आई पर्ने योग रहेको छ ।