News Portal

  • “संदिग्ध”

    सुन्दर ताईवानमा हजारौ कमलको फूल र रङ्गिचङ्गी माछाहरु आउने नयाँ पुस्ताले हेर्न पाउला ?

    तायुछाङ लामा "किरण"
    ३१५ पटक

    जताततै भिडाभाड हुने पुरानो ताईपेई सहर, सडक किनारमा हटपटदेखि सि फुडसम्म बेच्न राखिएको छ। युवा पुस्तामा उत्पातै फेसन झुमेको देख्न सकिन्छ। अझ साच्चै भन्ने हो भने यहाँका जवान छोरीहरू निर्वाद आधा नाङ्गै हिडिरहेका छन्। सबैको हातहातमा मोबाइल हुन्छ। ध्यान मोबाइलमा भएपनि सडक किनारा र गल्ली गल्लीमा लचकदार हिडाई हेर्दा कुनै फेसनसोमा पुगे झै लाग्छ। ताईपेईको फेसन हेर्दा भएभरको फेसन चै केश र अनुहारमै आउने रहेछ। रङ्गीबिरङ्गी केश अनि परिपरिका कुन्डल र रिङ त्यो माथी उस्तै पहिरन हुन त अब नेपालको धरान पोखरा र काठमाडौ तिर नि यो हावापानी पुगेकै छ तर यहाँ अलि बढी नै फेसनले पकड जमाई सकेको रहेछ। ताईपेईमा घुम्न आउने विदेशीको भिड यो लोकल फेसनेवल भिडमा मिसिदा कम्ता रमाइलो हुँदैन रहेछ। युरोपेलीको खैरो कपाल ओठमा कुन्डल ! एशियालीको रातो पहेलो हरियो पिङ्क कपाल त्यो माथी आखाको डिलमा कुन्डल। सबै कुन्डले मुन्डले मात्र छैनन् तर मेरो लागि यहि कुरा नौलो भएर बढी ध्यान केन्द्रित भएको छ। म यिनै गल्लीहरु मध्य पुरानो पार्क छेउको फलैचामा आफ्नै धुनमा ताईपेइको दुनियाँ नियाल्दै बसिरहेको थिए, क्यान यु स्पिक इङलिस ? मेरो कानमा कुनै महिलाको आवाज ठोकियो। यो सुनेर म पछाडि फर्किए, ब्यस्त शहरको विचैविच आ-आफ्नु धुनमा डुल्नेको कमि थिएन। त्यही भिडहरुको विचमा मेरो सामुन्य करिब ४७/४८ वर्ष वरिपरि देखिने एक जना युरोपेली मुलकी महिलाले मलाई हेरी रहेकी रहिछन्।

    हत्तपत्त जवाफ फर्काए यस मिस, आई क्यान स्पिक इङलिस।

    मेरो जवाफ सुनेर उ मुस्कुराई, म भने उसलाई नियाल्न थाले खैरो थाईकट कपाल, करिब ६ फिट जतिको हाईट होला। अनुहारमा चाउरी पर्न थालेको प्रष्ट देखिन्थे। कोट पाइन्टमा उभिएकी उनी कुनै नियोगकि कर्मचारी होलिन भनेर मन मनै सोच्न थाले। यतिकैमा उसको जवाफ आयो ” आर यु अल्सो ताईवानिज ? झस्किदै मैले जवाफ दिए नो मिस ! आइ एम नेप्लिज। ओ! यु लुक्स लाईक लोकल पिपुल। आई नो अबाउट नेपाल। बाई द वे आइ एम लुसि फ्रम रुसिया , ह्वाट इज युओर नेम ? ”

    ओके, मिस लुसि, आइ एम तायुछाङ। यु क्यान कल मि चाङ। मेरो जवाफ सुने पछि ओके ! मिस्टर क्यान आई सिट नियर यु ? भन्दै लुसि म बसेको फलैचाको अर्को छेउमा बसिन। म मुसुक्क हासेर आफ्नै दुनियाँमा टोलाउन थाले। झट्ट हेर्दा अलि न्यास्रो अलि तनावग्रस्त भएको जस्तो हाउभाउ थियो मेरो। किन किन ताईपेइमा मेरो खासै मन अडिएको छैन। धेरै समय देखि कोहि नेपाली भेटेको हैन के मन न उडोस ! म बसेको फलैचा अगाडि ठूलो पानीपोखरी थियो त्यसमा रङ्गी विरङ्गी माछाहरु खानाको खोजिमा यताउता घुमिरहेका थिए। पोखरामा फुल्दै गरेको कमलको फुलहरुले पोखरी सजिएको थियो। केही घुमन्तेहरुले माछालाई चारो हाल्दिन्थे र फोटो खिच्थे। म त्यही माछाहरु हेरेर टोलाउन थाली सकेको रहेछु यस्तैमा लुसिको आवाज फेरि मेरो कानमा ठोकियो।

    मिस्टर चाङ, फस्ट टायम आई मिट नेप्लिज पिपल हियर इन ताइवान। म सग उसको कुराको जवाफ थिएन म मुसुक्क हासिदिए। उ मेरो मौनतामाथि फेरि प्रश्न सोध्न थाली आर यु स्याड ? मुस्कुराउदै भने नो ! आइ यम ओके। केही समय फलैचामा मौनता छायो। वरिपरिको भिडबाट आउने कुनै आवाज मेरो कानमा प्रष्ट सग प्रथेन सायद म आफ्नै धुनमा थिए।

    मेरो मौनता देखेर हो वा लुसिलाई हत्तार भएर हो। मलाई हेर्दै ओके चाङ नाईस टु मिट यु। सि यु सुन। नाउ आइ ह्याब टु गो। बाई।
    मैले पनि बाई मिस भन्दिए।

    केही पर पुगि सकेकी लुसि पुन म भए तिर आई र भनी मिस्टर चाङ क्यान यु गिभ मि युओर फोन नम्बर ? म अकमक्क भए त्यतिन्जेल उस्ले मेरो हात बाट फोन लिएर मेरो नम्बर लि सकेकी थिई। ओके चाङ सि यु। उसको यति आवाज सगै मेरो फोन मलाई फिर्ता गरि र आफ्नु बाटो लागी। म भने अचम्मित भए सपना होकि भनेर आफुले आफुलाई चिमोठे तर यो सबै विपना नै थियो।

    ताईपेइको गल्ली गल्लीमा कृस्मसको रौनक छाएको थियो। पश्चिमी सस्कृतिले ताईवानमा राम्रो पकड जामाउदै जादा जताततै सजावट र शहरिया ब्यस्ततामा कृस्मसको राम्रै प्रभाव परेको छ। म आफ्नै धुनमा एक्ले ढुकुर जस्तै बसेर सामुन्नेको माछा पोखरीमा माछा घुमेको हेर्दाहेर्दै समय बितेको पत्तो भएन। बिस्तारै घाम मधुरो हुँदै गएपछि पो झस्किएछु। रात पर्नु अगाडि नै म पनि आफ्नु कोठा तिर फर्किन अन्डरग्राउण्ड मेट्रो स्टेसन तिर बढे।

    ताईपेइमा थुप्रै मुलुकका मानिसहरूको भिडभाड नै रहन्छ, जापानी र कोरियालीहरु पनि ताईपेई को गल्लीहरुमा जापानी र कोरियाली भाषामा बोलिहिडेको ” क्व वा नानी ओ ताबेमास्का ?” “खाजा ! खाजा !” जस्तो शब्दहरु मेरो कानमा ठोकिँदै जादै गरेको ले यो जापानी हो , यो कोरियाली हो भनेर प्रष्ट बुझ्थे। कृस्मसको समय भएकोले होला युरोपेली मुलका मानिसको भिडभाड नै छ।

    केहि इन्डियनहरु पनि हिन्दिमा कुराकानी गर्दै गरेको धेरै पटक सुनेको छु तर यहाँ नेपालीहरु आजसम्म भेटेको छैन। सुन्नमा आएको भक्तपुरको एक जना दाईले न्यु ताईपेईमा ताईवानी महिलासग बिहे गरेर ब्यापार गरेर बसेका छन् रे तर कहाँ हो ! अहिलेसम्म पत्तो पाएको छैन।

    साझ परिसकेको थियो बल्ल कोठा आईपुगे। कोठा आई पुगेपछि पो थाहा भयो तरकारीको एउटा झोला कता छोडेछु, न मेट्रोमा छुट्यो न त्यो माछा पोखरीमा ! धन्न अघि बिफ नुडल्स झोलामा बोकेको थिए, ताईवानमा बिफ नुडल्सको क्रेज अत्यधिक रहेछ मैले पनि यो नुडल्स खान थालेको छु। नेपालमा पनि भाटभटेनी गोर्खा बिग मार्ट तिर अहिले बिफ नुडल्स मज्जाले पाउछ। नेपालमा गाई गोरुको मासु प्रतिबन्धित मुलुक भएर पनि बिदेशी ब्रान्ड भएकोले होला बिफ सुप नुडल्स खुलेआम किन्न पाहिन्छ यो ताईवान हो यहाँ जे चाहेपनी खान पाहिन्छ। अब यहि नुडल्स उमालेर खानु बाहेक म सग केही उपाय रहेन। राती अवेरसम्म बाहिर जान मलाई उचित लाग्दैन। १५औं मन्जिला तल गए थरिथरिको खाना पाहिन्छ पैसा गोजीमा भएपछि मृगको सुकुटी पनि पाहिन्छ।

    नुडल्सको तातो सुप पिउदै ल्यापटप झिकेर मेल चेक गर्न थाले। दुई वटा भन्दा बढी मेल आएको रहेनछ। एउटा मेल चिनियाँ साथि जो विश्व भाषा क्याम्पसमा मेरो क्लासमेट थिईन। उनको नेपाली नाम मोहिनी हो। उसैले यिवु चीनबाट मेल पठाएकी रहिछन्। अर्को चै अफिसबाट। झ्यालबाट बाहिर हेर्दा ताईपेइ १०१ महलको टुप्पोमा निलो बत्ति, आसपासको महल र गल्लिहरुमा जताततै रङ्गिविरङ्गी झिलिमिली बत्तिहरु बलि रहेका थिए, मनमा अनेक कुरा खेलाउदै ज्यान छोडेर पल्टिए म।

    बिहान मोबाइलको घण्टी बजे सगै ब्युझिए। नयाँ नम्बर बाट कल आएको रहेछ। ताईपेइ बस्न थालेपछी किन किन अनावश्यक फोन कल बढी नै आउँछ। यस्तो हुन थालेको मैले अमेरिकी ईन्स्टिच्युट इन ताईवानमा प्रवेश अनुमती फारम पठाएदेखि हो। फोन रिङ्ग आएकोले के गर्ने उठाउने हो वा होइन भनेर दोधार मै कल उठाए। उताबाट आवाज आयो ” गुड मर्निङ मिस्टर चाङ ! हाव आर यु टुडे ? ” उहीँ हिजो भेटेको लुसिको फोन रहेछ। केही छिन फोनमा भुलेर बाहिर निश्किने तयारीमा लागे।

    नेपाल भन्दा सानो तर नेपाल भन्दा निक्कै गतिशील ताईवानको ताईपेइ शहर पैचिङ, टोक्यो, सियोल र मस्को भन्दा अलिकति पनि कम छैन। हुनेखाने देखि मज्दुर सबै अटेको ताईपेईमा केही विदेशी कामदार र कम्पनीहरुको समेत राम्रोसँग जिन्दगी भनौ वा दैनिकी चलेकै छ। झोलामा ल्यापटप एउटा सोनीको सानो डिजिटल क्यामेरा यो भन्दा अरु के नै चाहियो म निस्किए ताईवानको गल्लिहरुमा। सबैले मलाई एक ताईवानिज नै ठान्थे। भाषा चै उनिहरु प्राय पुरानो चिनियाँ बोल्ने म आधुनिक चिनियाँ। अस्ति भर्खरै ताईपेइ चिडियाखाना माथी केवलकारमा सयर गर्दा तपाई मेनल्यान्ड (चीन)बाट हो भनेर सोधेका थिए। बोलिमा अलिकति भिन्नता हो तर बुझाईमा बेमेल खासै हुन्न रहेछ।

    एक्लो ज्यान क्यामेरा भिएर म हान्ह्वा मन्दिरमा पुग्दा। बिहान बिहानै हान्ह्वा मन्दिर परिसरमा मानिसको भिड थियो , हासिरहेको हासी बुद्धको अगाडि प्रायले चिनियाँ धूप बालेर एउटा खरानिले भरिएको चन्दु (भाडो)मा गाड्दै थिए मेरो लागि यो नौलो विषय थिएन। २०६८/६९ ताका धरान र काठमाडौ तिर मलेसियन बौद्ध गुरुहरुले हलि हाउस भनेर खोलेका हासी बुद्धको मन्दिर र यो हान्ह्वा मन्दिरमा खासै फरक थिएन। अन्य मुलुकका पर्यटकहरु खास गरि पश्चिमाहरुले खुब ध्यान दिएर हेर्थे। कसैले त ताईवानीज हरुले झै धुप पनि बाल्थे।

    मनमा एक सुरुले म पनि धूप बालौकी भनेर सोच्दै टोलाई रहेको थिए पछाडी बाट उहीँ लुसिको आवाज आयो। हाई चाङ। हाई मिस लुसि। दुबैले एक अर्का सग बोलचाल गर्यौ। नजिकै कफिको ठेला थियो। लुसिले कफिको अफर गरीन म कसरी हुन्न भन्नू कफो पिउदै नजिकै रहेको बेन्चमा बसेर गफिन थाल्यौ । उ मेरो बारेमा हरेक कुरा बुझ्न चाहान्थी ! प्रश्न माथी प्रश्न गर्थी आखिर एउटा पत्रकार न थिइन लुसि। मैले आफ्नु नाम र नेपाली हु भन्ने बाहेक अरु कुनैपनी वास्तविक कुराहरू खुलाउन चाहिन। किन हो किन उसले हरेक यङ्गल बाट मलाई मेनल्यान्ड (चीन) बाट आएको हो भन्ने दृस्ठिकोण बाट घुमाउरो प्रश्न गर्थि। मलाई यो सबै अस्वभाविक लाग्यो। कफि सकिदा नसकिदै एउटा कालो कार हाम्रो सामुन्ने रोकियो। उस्ले भनी आज सगै रिपोर्टिङ गर्न जाउ। उसलाई लागेछ म कुनै मिडियाको पत्रकार हु मैले नाई भनिन। आखिर म पनि एक फोटो पत्रकार न थिए। कार भित्र पसे पछि पो थाहा भयो कार पश्चिमा पुरुष मिस्टर ज्याकले कुदाई रहेका रहेछन्। हाम्रो परिचय भयो।

    लुसिले बाटोमा भनी ज्याक र लुसि बुढाबुढी हुन्। दि मस्को टाइम्सको प्रतिनिधि पत्रकार र क्यामेराम्यान। उनीहरुले मलाई तपाई कुन मिडियामा काम गर्नुहुन्छ ? सिजिटिएन हो वा ग्लोबल टाईम्स ? प्रश्न नसकिदै मैले जवाफ दिए म नेपालको एउटा साधारण फोटो पत्रकार हु। तर उनीहरुले मेरो विश्वास गरेनन् ,जहाँसम्म मलाई लाग्छ उनीहरुको बुझाईमाम नेपाली नभएर एक चिनियाँ जासुसी पत्रकार हु।

    कुरैकुरामा हामी च्याङकाईसेक मेमोरियल हलमा आइ पुगेका थियौ। मैले २/४ वटा फोटो लिए उनीहरुले पनि एक टेक रिपोर्ट इन्लिस र एक टेक रिपोर्ट रसियन भाषामा लिए। म सग पनि प्रश्न सोधेर इन्टर्भु लिन भन्दै थिए मैले मानिन। यहाँ सम्मकी उनीहरुले मेरो फोटोहरु बेलाबेला लि रहेका थिए मैले पनि उनीहरुको एक सट फोटो त्यसै लि हेरे उनीहरुले बारम्बार मलाई उनीहरुको क्यामेरामा कैद गर्न चाहान्थे तर मैले कुनै रेस्पोन्स गरिन। म भने आफ्नै सुरुमा फोटोहरु लिन थाले।

    उनीहरुको भिडियो रिपोर्ट सकेपछि म उनिहरुलाई बिदाई गरेर उहीँ गल्ली उहीँ माछा पोखरी तर्फ फर्किए। मन मनै सोचे मस्को टाईम्सलाई प्रतिनिधि पत्रकार ताईपेई किन पठाउनु परेको होला ? हुन त सम्पन्न मुलुकबाट संचालित मिडिया हो केही होला। मनमनै यस्तै सोच्दै सोच्दै म त्यही फलैचामा आएर बसे। अगाडि उहीँ माछाहरुको लोभलाग्दो घुमाई अनि कमलको फूल र घुम्न आउनेले माछालाई दिने चारो !

    आज पनि एक्ले ढुकुरको तालमा म रात कुरेर बसिरहेको थिए। राति हुनुअघि कोठा फर्किदा तरकारी किन्नुपर्ने छ नकिने आज पेटमा मुसा दौड म्याराथन कै उचाइमा हुन्छ। मनमा कुराहरू खेल्दा खेल्दै साझ पो पर्न लागेछ म फटाफट हुअङ तरकारी पसल तिर लम्किए। मलाई देख्ने बित्तिकै साहुजिले “चक कै नि “! (यो तपाईको लागि) भनेर एक झोला तरकारी हातमा थमाउनु भो। म एक छिन छक्क परे तर हिजो पैसा तिरेर सामान यहि छोडेर गएको रहेछु बल्ल होस खुल्यो। “से से नीअ” साहुजिलाई धन्यवाद दिए।

    एक प्याकेट स्पाईसी हटपट बिफ नुडल्स थपे र पैसा तिरेर बाहिर निश्किए।

    केही समय पछि कसैले मेरो पिछा गरि रहेको जस्तो भान हुन थाल्यो हेर्दा कोट पेन्टमा कुनै सरकारी जागिरेको जस्ता ४ जना युरोपेली थिए मैले वास्ता गरिन तर उनीहरुले मेरो पिछा गरेको हो भन्ने उनीहरुको गतिविधिले प्रष्ट हुन थाली सकेको थियो। म मेट्रो स्टेसन तिर लागे उनिहरु मेरो पिछाडि आएर बसे। एक आपसमा उनीहरुले कुनै कुराकानी गरेनन् मात्र मेरो हाउभाउ नियालेर हेरे। म मेट्रो बाट झरे पछि मेरो पछि उस्तै ड्रेस लगाएको अर्को ३ जनाको टोलिले पिछा गर्न थाल्यो। धन्न दिन बलियो भएर होला म बस्ने रुम अगाडि चोक बाट पब्लिक बस आईरहेको रहेछ म त्यहि बसमा छलिएर रुम तिर जाने लिफ्टमा हत्तपत्त चढे , हत्तपत्त लिफ्टमा पस्दा फोन खसेर स्विच अफ नै भयो। फोन उठाएर हतार हतारमा रुम आएर ढोका राम्रो सग थुने। झ्यालको पर्दा राम्रोसग मिलाए। के भइरहेको हो भनेर मनमा जोड जोडले ढ्याङ्ग्रो बज्यो। यस्तै अलमल्ल हुँदै फोन अन गर्न खोज्दा फोनको पछाडि कुनै सानो चिज टासिएको देखे !

    नियालेर हेरे योत डिभाइस ट्राकर पो रहेछ । बिस्तारै उक्त डिभाई निकाले र ध्यान दिएर हेरे । लाग्यो मलाई कसैले पिछा गरीरहेको छ । के गर्ने ! तुरुन्तै ट्राकर अर्को ठाउँमा नपुर्याए मेरो लोकेशन मै मलाई खोज्दै आईपुग्न धेरै समय लाग्दैन । फोन खोल्ने आट आएन , हातखुट्टा हल्का काप्न थाल्यो के गर्ने गर्ने ! उक्त डिभाइस बोकेर म १५औ तलामा भएको आफ्नु कोठा बाट लिफ्टमा चढेर २०औ तला माथी पुगे । के गर्ने कता जाने सोच्दै थिए उक्त ट्राकर त्यही लिफ्ट नजिकै खस्यो ! म हत्तपत्त गर्दै तल रुम फर्किए।

    अब भने बल्ल होस् ठेगानमा आयो । पुरै ताईपेई शहर आफ्नै तालमा थियो नाच्ने नाच्दै थियो। वियर बार र डान्स बारमा रमाइलो चल्दै थियो तर मेरो मनमा ठूलो आधिहुरी चल्यो । फोन कल गर्ने हिम्मत कसैलाई गरीन बरु सिमकार्ड निकालेर फोन अन गरे । के भयो २० औ मन्जिलामा ? आखिर ट्राकर कस्ले राख्यो ? मेरो दिमाग अनेक प्रश्नहरु घुम्न थाल्यो ! निधारमा हल्का चिसो पसिना आई सकेको थियो , अचानक मेरो नजर क्यामेरामा तिर गयो । क्यामेरा खोलेर फोटोहरु हेर्न थाले दिउसो खिचेको हान्ह्वा टेम्पलको फोटो देखेर याद आयो । ओहो ! मिस लुसिले म हान्ह्वा टेम्पलमा छु भन्ने कसरी थाहा पायो ? कतै यो ट्राकर उसैले राखेको त होइन ? मन भरी प्रश्नहरुको बाढी चल्न थाल्यो ? ३० औ मन्जिला अग्लो कतिब १२० वटा रुम भएको भवन भित्रको एउटा रुममा म बेचैनी भएर बसेको थिए । लाखौ मान्छे भएको ताईपेई मेरो लागि एक्लो शहर भो ! कसैलाई सुनाउ! हार गुहार मागौ कोहि मनले खाएको छैन! चिनेको कोहि छैन बिरानो शहरमा मेरो कम्ता विजोग भएन।

    अब मनमा डर पैदा भएको थियो। तरकारी वालले पो ट्राकर लगाएको हो कि भनेर सम्झिए उसको कुनै दोश नै देखिन । सोच्दा सोच्दै नुडल्स पकाउने सुर आयो र तातो स्पाईसी हट पट बिफ नुडल्समा चिनियाँ रायो र लसुनको पात हालेर खान थाले।

    बल्ल होस् खुल्तो ! फोन त हिजो लुसिले मेरो नम्बर लिदा चलाएको थियो ! बिहान उसले कल गरे पछि म हान्ह्वा पुगेको थिए उ आफै म भएकोमा कसरी पुगि ?

    अब भने मनले लुसिलाई नै संदिग्ध हो भन्नेमा पुगिसकेको थिए।

    रातभर निन्द्रा परेन , बिहानी पख कुन बेला निदाए कुन्नी झन्दै ८ बजे तिर ब्युझिएछु। नुहाईधुवाई सकेर ल्यापटप खोले र दि मस्को टाईम्समा भिजिट गरे। त्याहा कुनै समाचार ताईवानसग सम्बन्धित थिएन।

    अब त रुम बाट सडकमा झर्न पनि डर लागि रहेको थियो । हुलिया बदल्नु बाहेक अरु केही उपाए देखिन । एक थान जगल्टे कपाल र नक्कली जुँघा पिसिस्टोर बाट अन्लाईन मगाए। दिन भर के गर्ने भनेर सोच्न सकिन बेलाबेला तल जमिन तिर हेर्छु १५औ तलाबाट तल के हुदैछ केही प्रष्ट देख्न सक्दिन ! बल्ल दिउँसो ३ बजे ढोकामा कसैले नक गरे पछि झस्किए। बिस्तार हेरे डेलिभरी आएको रहेछ। सामान लिए र धन्यवाद दिए।

    यो पनि पढ्नुहोस्।

    जवाफ खोजी रहेछु- तायुछाङ लामा  

    कोठा भित्र बसेर लामो कपाल र जुँघा टास्न थाले बिस्तारै लुक्स चेन्ज भो । ऎनामा हेरे अब त कसैले नचिन्ला ! पहिलो कुरा त अब कोठा सर्नुपर्छ भन्ने लाग्यो ! बिल तिरेर कहाँ जाने ? एक मनले भन्यो भक्तपुरे दाईलाई खोज्ने ! अब उतै जाने हो! नेपाली भनेको नेपाली हो कसो सहयोग नगर्ला! अर्को मनले भन्यो होइन म याहा बाट अहिले बाहिर रुम चेन्ज नगर्ने ! म यहीँ ठिक छु !

    दोधार मन लिएर नयाँ सिम किन्न र नयाँ लोकेसन खोज्न भनेर म ताईपेइको गल्लिहरुमा चहार्न थाले। हिजो अस्ति अरुको हो हल्लाले मलाई नछुने आज भने हरेकको गतिविधि आफ्नै पारामा नियाली रहेको छु।

    सडक भरी मानिसको भिडमा म खोइ को सग डराएको थिए टुङ्गो भएन नयाँ सिम कार्ड लिए र हुअङ तरकारी पसल पुगे । साहुजिले सम्म चिन्नु भएन । पछि आईडी कार्ड देखाए र आफू असुरक्षित भएकोले नयाँ ठाउँमा कोठा चाहिएको बताए । हुअङ साहुजीले भोलि बेलुका फोन गरेर आउनु म रुम तयारी गराईदिन्छु भने पछि बल्ल मन शान्त भयो र रुम फर्किए।

    कता गयो लुसि ? कता गयो पिछा गर्नेहरूको भिड! तर म सजग भएकोले होला कसैले चिन्न सकेन ठान्दै रुम पुगे र बिफ सुम नुडल्स खाएर पल्टिए। आजको रात जो काट्नु थियो भोलि के होला नयाँ ठाउँमा पुगेपछी अलि सहज होला ! यस्तै सोचेर पल्टिएको म क्यामेरा झिकेर फोटोहरु हेर्दै पल्टिरहेको थिए च्याङकाईसेक मेमोरियल हल बाहिर लुसिको फोटो मेरो क्यामेरामा कैद भएको बल्ल देखे । हत्तपत्त उक्त फोटो मेल गरेर अफिसमा पठाए उसको बारे कुनै पहिचान भए जानकारी गराउन अनुरोध सगै आफू माथी भएको घटना सबै खुलाएर पठाए।

    बिहान पख ल्यापटप खोलेर समाचार हेर्दै थिए दि ग्लोबल टाईम्सले लुसि दि सेक्रेट अमेरिकन एजेन्ड एक्सपोज्ड इन ताईवान भनेर हेडलाईन र मैले खिचेको फोटो प्रकाशित भएको रहेछ । कहिले रुसी पत्रकार त कहिले अमेरिकन इन्टिच्युट इन ताइवानको कर्मचारी बनेर ताईवानमा बसेकि लुसि एक अमेरिकन एजेन्ड क्याफ्लिन 24 भएको प्रमाण एक नेपाली फोटोपत्रकारले उपलब्ध गराएको उक्त समाचारमा उल्लेख थियो।

    हुन पनि केही समय अगाडि मैले अमेरिकन इन्टिच्युट इन ताईवानको भ्रमणको लागि आवेदन दिएको थिए । मलाई ताईवान अमेरिका र चीनको मित्था जो खोज्नु थियो। त्यहीँ दिन देखि अनेक नम्बर बाट फोन आउथे ! अन्जान नम्बर बाट आउने कल म उठाउन समेत धेरै सोचेर मात्र उठाउन थालेको थिए। प्राय म फोन उठाउन दोधार हुनुको कारण नै अन्जान र अनेक खाले प्रश्नले वाक्क भएकोले थियो।

    ग्लोबल टाईम्समा न्युज आएपछि आखिर म कुन मिडियाको लागि काम गर्दैछु ? आफैले आफैलाई प्रश्न गरे ! आफ्नै समाचार देखेपछि अचम्मित भए ! म त एक साधारण फोटो पत्रकार न थिए आज आफैले पठाएको फोटो अन्तर्राष्ट्रिय मिडियामा छापिएर कुनै सेक्रेट एजेन्डको बारे लेखिएको यो समाचार मलाई विश्वास लागेन।

    मैले खिचेको फोटोले लुसि नाम गरेको उक्त महिला अमेरिकी एजेन्ड क्याफ्लिन२४ नामक गुप्तचर भएको अरुअरु मिडियाले पनि छापेका रहेछन् ।

    म भने मिडिया हेर्न छोडेर त्यहीँ साझ हुलिया परिवर्तन गरेर नयाँ डेरामा सरे। हिजो आज धेरै भयो म लुसिलाई खोजी रहेको छु ताईपेइ आसपास निक्कै खोजी गरे, अह कहि कतै देखेको छुईन। मिडियामा आएपछि लुसि र उसले चिनाएको उसको श्रीमान एकाएक ताईपेईबाट गायब भए।

    वास्तवमा हुअङ तरकारी पसलका साहुजी ! साहुजी मात्र थिएनन् उनी मेरो लागि वुवा समान हुन् मेरो लागि ताईवानमा सबैभन्दा ठूलो सहयोगी। अहिले म नयाँ लुक्समै हुन्छु नक्कली कपालको सट्टा ओर्जिनल कपाल नै पालेर हिड्छु ! हुअङ साहुजिको पसलमा म पनि साझ बिहान काम गर्छु। हिजोआज ताईवानको आकाशमा निक्कै चिनियाँ जहाजको उडान हुन्छ र मलाई डर छ कि न अर्को कुनै लुसिले मेरो पिछा त गरि रहेको छैन।

    शान्त ताईवानमा अहिले लुनार नयाँ वर्षको उत्सब चली रहेको छ। अन्य मुलुकमा मनाईले चिनियाँ नयाँ वर्ष ताईवानमा लुनार नयाँ वर्ष यानिकी चन्द्र नयाँ वर्ष भनेर परिचीत छ। ताईवानले नयाँ वर्षमा नयाँ चुनौती र अफ्ट्यारो हरु झेल्नुपर्ने हुन सक्छ। ताईवानी हुअङ बुबाको तरकारी पसल कुन दिन सधैको लागि बन्द हुन पनि सक्छ। यहाँ जुन कुनै बेला पश्चिमा र चिनियाँ विचको द्वन्द्व चर्किन सक्छ र म कुनै पनि एजेन्डको संदिग्ध हुन सक्छु। यो सुन्दर ताईपेई खरानी हुन पनि सक्छ।

    के अब मैले संदिग्ध भएर बस्ने हो वा नेपाल फ्रकिनु उचित हुन्छ ! म सोच्दैछु ताईपेईको उहीँ माछा पोखरी अगाडिको फलैचामा एक्ले ढुकुर जस्तै एकोहोरो भएर।

    हिजोआज म सोच्दै छु। के यो सुन्दर ताईवानमा हजारौ कमलको फूल र रङ्गिचङ्गी माछाहरु आउने नयाँ पुस्ताले हेर्न पाउला ?

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal