देश आज यी दुबै शब्द जालमा फसेको छ। जनताहरु यस्को सामना गर्ने तत्परता जुटाउन प्रयत्नरत छन्। जनता अझै गणतन्त्रको क्षमता नापदै छन्। गणतन्त्रका ठेकेदारहरु सत्ताको महमा डुब्दै जनता झुक्याउन कतिन्जेल सफल हुन सक्छन् ? त्यस्को हिसाव, किताव हुदैछ। सरकारको गतिबिधि, तिनलाई समर्थन गर्ने पार्टिहरुलाई सुक्ष्म विश्लेषण गर्नेहरु भन्छन्। आगमन जस्तो अबस्थामा भएको थियो। तिनका प्रत्यागमन पनि त्यसै गरि हुन्छ। जुनदिन जनता बिउझन्छन्। त्यो दिनलेनै तय गर्नेछ प्रबृत्ति र पद्धतिको भिन्नता। हावा भरिएको बेलुनले जति नै उडान लिए पनी हावा सक्किएपछी झर्ने भूई मै हो। यो प्रकृतिको नियम भनुम या प्रबृत्तिको खेल मानिस पनि जति छिटो चुचुरोमा पुग्छ। त्यति नै छिटो झरेपछि फेदैमा हो।
यो देशप्रति गिद्धेदृष्टि राख्नेहरुले यस्ता पात्र, प्रबृत्ति र पद्धति त्यसै चुनेका थिएनन्। त्यसैले केही दिन अगाडी भारतका पूर्बसेनाका जनरल अशोक मेहताले भनेका छन्। ” प्रचण्ड भारतको हाम्रो ” 🐎 ” घोडा हो। हामिले जति कुदाउन सक्छौं कुदाउछौ। त्यो लगाम हामीसंग छ। के यो शब्दले पुराना भन्ने पार्टिहरुलाई सरम लागेन ? भोली पश्चिमाहरुले भन्नेछन्। रास्वपा हाम्रो यूरोपियन 🐎 घोडा हो। अब अरेबियन घोडा आउन बांकी छ। नेपाली घोडा नै रैनछ ! केवल खच्चडहरु मात्र हो ? जस्लाई भिर पाखामा भारि बोक्न मात्र प्रयोग गरिन्छ। के यही हो हाम्रो राजनीतिको पहिचान ?
आजको राजनितिक परिदृश्यलाई हेर्दा यो शब्द निकै भावात्मक र पेचिलो बन्दै गएको देखिन्छ। नयाँ आएका पार्टिहरुको उडान, पुराना पार्टिहरुको अधैर्यता, स्वार्थ, र अकर्मण्यताका कारण आखिर दुख पाउने चाहीं नेपाली जनताले हो। पुराना पार्टिहरु एकले अर्कालाई बदलाको भावना र सत्ताको लालचमा जे जस्तो गरेर पनि सत्ता जोगाई राख्ने होडबाजीमा आफ्नो अस्तित्व सिधिदै गएको होस पाएका छैनन्। विदेशीले भरेको बुद्धि, उनैले दिएको निर्देशनका आधारमा खुलेका “🍄” च्याउ सरका पार्टिले हिजोका ऐतिहासिक ०७ साल ०१७ साल ०४६ र ०६२/६३ सालका संघर्षशिल पार्टिहरुलाई जिल्याउदै उछिन्न सफल भएका छन्। जस्को कुनै शिद्दान्त, विचार न कुनै योगदान र धरातल नै छ। तर सफल्ता उनैलाई मिलेको छ। दोश उनिहरुको हैन! दोशी ति आफुलाई पुराना भनेर घमण्ड गर्ने सत्ता र शक्तिमा टिकिरहने देश, जनता र जन्म भूमिप्रति घातप्रतिघात गर्ने पुरानाहरु नै हुन। जस्को सिको नयाँहरुले गर्दैछन्। उम्रिदै तिनपात भने जस्तो पुराना भन्दा पनि लम्पसारबादी देखिदै छन्।
यो देशप्रति गिद्धेदृष्टि राख्नेहरुले यस्ता पात्र, प्रबृत्ति र पद्धति त्यसै चुनेका थिएनन्। त्यसैले केही दिन अगाडी भारतका पूर्बसेनाका जनरल अशोक मेहताले भनेका छन्। ” प्रचण्ड भारतको हाम्रो ” 🐎 ” घोडा हो। हामिले जति कुदाउन सक्छौं कुदाउछौ। त्यो लगाम हामीसंग छ। के यो शब्दले पुराना भन्ने पार्टिहरुलाई सरम लागेन ? भोली पश्चिमाहरुले भन्नेछन्। रास्वपा हाम्रो यूरोपियन 🐎 घोडा हो। अब अरेबियन घोडा आउन बांकी छ। नेपाली घोडा नै रैनछ ! केवल खच्चडहरु मात्र हो ? जस्लाई भिर पाखामा भारि बोक्न मात्र प्रयोग गरिन्छ। के यही हो हाम्रो राजनीतिको पहिचान ? त्यसैले भन्नैपर्छ, यो पात्र, प्रबृद्धि र पद्धति दुबै देशको लागि घातक सिद्ध भैसक्यो। यसलाई जतिसक्दो चांडै अन्त गर्नुको बिकल्प छैन।
माओवादी प्रचण्डले जंगलमा बसेको भन्ने बहानामा बिदिशी भूमिमा बसेर १७ हजार जनता सिध्याए, रक्तपात रोकूं भनेर गिरिजा बाबुले तीन सय बर्ष पुरानो राजसंस्था बिदा गरेर जगंलीलाई सिंहदरवार भित्र्याउनु भयो। जस्ले राष्ट्को ढुकुटि नै सिध्याएर देश कंगाल बनायो। उहाँका चेलाहरुले लाल कम्निस्टहरुसंग विपी कोइरालाको सिद्धान्त, मूल्य र मान्यतालाई तिलाञ्जली दिएर चुनावी गठबन्धन गर्दै कांग्रेसै सिध्याए। हजारौं कार्यकर्ताहरुको राजनैतिक भबिष्य दाउमा राख्दै सत्ताको लालचमा जिवनको उत्तरार्द्धमा आईपुग्दा इतिहांसमा कलंकित हुन पुगेका छन्। जिवन अजम्बरी छैन एकदिन बिदा हुनैपर्छ। राजनैतिक प्राणिले बाचुन्जेल देश, जनता, राष्ट्र, राष्टियता नै सर्बोपरी हो भन्ने सत्यलाई आत्मसाथ गर्न नसक्दा देश असुरक्षित भएको कुरालाई कोसैले नकार्न सकिदैन।
जस्का उपर सूर्यदर्शन सहकारीलगायत आधा दर्जन सहकारीको पैसा अपचलन गरि ३० सौं हजार जनताको उजुरी परेको, दुई/दुई ओटा पासपोर्ट बोकेको उजुरी सर्वोच्च अदालतमा परेको निबेदन बिचाराधिन रहेको अबस्थामा गृहमन्त्रालय जस्तो तालुकदार मन्त्रालय दिएर प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री निर्दोष भएको सफाई दिइरहँदा सर्वोच्च अदालतको अपहेलना गरेको ठहर्छ की ठहर्दैन? यो अधिकार प्रधानमन्त्री प्रचण्डलाई छ ? नेपाली कांग्रेसले प्रधानमन्त्री दिन लागेको थियो। भन्ने आरोप लगाई रहदा कांग्रेसले सुनिरहनुको उद्देश्य के हो ? यो प्रधानमन्त्रीको बिचलित मनोरोग हो ?
आजसम्म जति पनि आजिवन सत्ता र शक्तिको शिखरमा पुगे सत्ताबाट हटेको भोलिपल्ट जेलको यात्रा सुरु भयो। हिरासतमा राख्नुपर्नेलाई पक्राउको बहानामा हस्पिटल पुर्याइन्छ र त्यहिँबाट रिहा गरिन्छ। यो कस्तो लोकतन्त्र हो ? मेचीदेखी महाकालीसम्मका मिटर ब्याज, सहकारी पिडित जनता न्याय माग्न पदलै काठमाण्डौं आए, नयाँ गठबन्धनका चतुर गृहमन्त्रीले चक्लेट खुवाएर बिदा गरें भनेर भूईमा टेक्न छोडेर उफ्रिउफ्री हिडेको दुई/दिन बित्न नपाउदै पिडितहरु तेश्रो दिनै फेरि काठमण्डौ फर्किएर हिजो मात्र प्रधानमन्त्रीलाई भेटेको समाचार आए। ललिपप खुवाउनेलाई गृहमन्त्रीलाई लाज लागेन जनता लजाउनु पर्ने यो कस्तो अबस्था हो ?
नेपाली कांग्रेसको वर्तमान नेतृत्वको सत्ता मोहले र भ्रष्ट् चरित्रले गर्दा पार्टि भित्रका चरित्रवान ईमान्दार नेता र होनाहार बिद्धान हामी जस्ता यूवाहरु लज्जित हुनुपरेको छ। जस्ले यो गणतन्त्र ल्याउन कठिन यात्रा तय गरेका थिए। के ति यूवाहरुको योगदानले नेतृत्वलाई गिज्याउदैन ? नेपाली कांग्रेसको नेतृत्वलाई आरोप लगाउने कुनै उपाय नभेटेका प्रधानमन्त्री प्रचण्डको आरोप छ। नेपाली कांग्रेसले रास्वपाका सभापतिलाई प्रधानमन्त्रीको अफर गरेको थियो। मैले त गृहमन्त्री मात्र दिए। के यो सत्य हो ? होईन भने नेपाली कांग्रेसको नेतृत्वले यसको छिटो भन्दा छिटो जवाफ देओस यसले नेपाली कांग्रेस र ईमान्दार कार्यकर्ताहरुको मानमर्दन भएको छ।
यो दुस्साहस कसरी भयो ? के नेपाली कांग्रेसमा योग्य ब्यक्तिहरुको खडेरी परेको छ ? हैन भने यस्तो नैतिकहिन अराजक राजनितिको अन्त्य गर्न कांग्रेस आफै अग्रसर हुनुपर्छ। विपीको मार्गमा हिड्न कांग्रेसले धेरै ढिलो गरिसक्यो, अरु बिलम्ब गर्नु भनेको आफै सिद्धिनु हो। जस्का उपर सूर्यदर्शन सहकारीलगायत आधा दर्जन सहकारीको पैसा अपचलन गरि ३० सौं हजार जनताको उजुरी परेको, दुई/दुई ओटा पासपोर्ट बोकेको उजुरी सर्वोच्च अदालतमा परेको निबेदन बिचाराधिन रहेको अबस्थामा गृहमन्त्रालय जस्तो तालुकदार मन्त्रालय दिएर प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री निर्दोष भएको सफाई दिइरहँदा सर्वोच्च अदालतको अपहेलना गरेको ठहर्छ की ठहर्दैन? यो अधिकार प्रधानमन्त्री प्रचण्डलाई छ ? नेपाली कांग्रेसले प्रधानमन्त्री दिन लागेको थियो। भन्ने आरोप लगाई रहदा कांग्रेसले सुनिरहनुको उद्देश्य के हो ? यो प्रधानमन्त्रीको बिचलित मनोरोग हो ? या कांग्रेसको मौनताको फाइदा उठाएको हो ? यसको जवाफ नेपाली कांग्रेस नेतृत्वले अबिलम्ब दिनुपर्छ। हैन भने नेतृत्वको गल्तीको भागेदार सिंगो नेपाली कांग्रेस र लाखौं ईमान्दार कांग्रेसका कार्यकर्ताहरु हुन सक्दैनन्। नेतृत्वको बेलैमा होस खुलोस। श्री पशुपतिनाथले यो देशको रक्षा गरुन। जय नेपाल।
(लेखिका पूर्व सांसद समेत हुनुहुन्छ।)