News Portal

आचरणमै भ्रष्टाचार

कमला थापा
५५७ पटक

काठमाण्डौ। देशमा चरम भ्रष्टाचारले आर्थिक भ्रष्टाचार मात्र भएन ठूला पदमा पुगेका ब्यक्तिहरुबाट भएको भ्रष्टाचारले समाजमा यति बिकृति बढायो। जस्ले गर्दा आचरणमै भ्रष्टाचर बढन पुग्यो। कानून बनाएरै भ्रष्टाचरको ढोका खोलिदां र देशका सम्पूर्ण संबैधानिक अंगहरु कुनै चोखा रहन सकेनन्। जब आचरणनै भ्रष्ट हुन्छ समाज नैतिकवान हुनै सक्दैन। त्यसैले नैतिक्ताको कुरा जस्ले उठाउछ। तिनै माथि सत्तासिनहरुको आक्रमण सुरु हुन्छ।

लिडरसिप गर्नेहरुबाटै भएको भ्रष्टाचारले समाजलाई यति आक्रान्त बनाई सक्यो। सहि र गलत छुट्याउनै नसक्ने अबस्थामा देशलाई पुर्याइयो। यो अबस्था ०७० को दशक पछी व्याप्त हुदै गयो। यसो भन्दा सत्तासिनहरु मान्न तयार छैनन्। अझै गतल काम गर्न उद्दत बन्दै गएको छ। राजनितिक भागबण्डा, सेटिङ र आफ्नो मान्छे भन्नाले देशमा बिधि बिधान, कानूनी राज समाप्त भयको छ।

“एमाले अध्यक्ष ओलीले बुढानिलकण्ठ नगर स्तरिय अस्पताल उदघाटन गर्ने क्रममा उहाँले राजा ज्ञानेन्द्र शाहलाई संकेत गर्दै बढि चलखेल नगर्न सुझाएका छन्। अब कुनै वंशबादको शासन देशले चाहदैन। निरंकुश राजतन्त्र हुदां राजतन्त्रले बारम्बार प्रतिगमन गर्यो। अब जनताको अधिकार‌ खोसिदैन ! जनताको अधिकार सुरक्षित रहेको बताए। तर जनताले राम्रोसंग देखेका छन्। जनताको अधिकार कति सुरक्षित छ ? सार्वभौम जनता कति सुरक्षित छन्। वंशबादको कुरा गर्नेलाई यो कुरा पनि राम्रोसंग थाहा होला। बाबुको ठांउमा छोरा, श्रीमानको ठांउमा श्रीमती नातागोता, साला, सालीलाई प्रमुख स्थानहरूमा भर्ती कस्ले गरेको छ ?”

देशको मूल कानून संविधान सरकार, र दलका नेताहरूबाटै बारम्बार उलंघन हुदै जाँदा सहि र गलत छुट्याउनै नसक्ने अबस्थामा देश रुपान्तरण हुदै गयो। यति ठूला-ठूला भ्रष्टाचार भए तिनिहरुमाथि कार्वाही गर्ने शक्ति सम्पन्न सरकार, निकायहरु सबै राजनैतिक भागबण्डा र सेटिङमा चलाउने भ्रष्ट नेताहरुका कारण समाज यति प्रदुषित भैसक्यो। सुधारको कुनै गुन्जाएसनै देखिदैन। देशको संविधान, नियम, कानून सबै निस्तेज हुदै गए। त्यसैले यहाँ बाध्य भएर भन्नुपर्छ। यही अबस्था र ब्यबस्था रहने हो भने देश कुनै पनि बेला संकटग्रस्त अबस्थामा नपुग्ला भन्न सकिन्न।

हिजो एमाले अध्यक्ष ओलीले बुढानिलकण्ठ नगर स्तरिय अस्पताल उदघाटन गर्ने क्रममा उहाँले राजा ज्ञानेन्द्र शाहलाई संकेत गर्दै बढि चलखेल नगर्न सुझाएका छन्। अब कुनै वंशबादको शासन देशले चाहदैन। निरंकुश राजतन्त्र हुदां राजतन्त्रले बारम्बार प्रतिगमन गर्यो। अब जनताको अधिकार‌ खोसिदैन ! जनताको अधिकार सुरक्षित रहेको बताए। तर जनताले राम्रोसंग देखेका छन्। जनताको अधिकार कति सुरक्षित छ ? सार्वभौम जनता कति सुरक्षित छन्। वंशबादको कुरा गर्नेलाई यो कुरा पनि राम्रोसंग थाहा होला। बाबुको ठांउमा छोरा, श्रीमानको ठांउमा श्रीमती नातागोता, साला, सालीलाई प्रमुख स्थानहरूमा भर्ती कस्ले गरेको छ ?

“राजनैतिक दलहरुले जनताको आर्थिक, राजनैतिक, सामाजिक, धर्म, संस्कृति सभ्यता र राष्ट्र, राष्ट्रियता सम्पुर्ण क्षेत्रलाई कगंगाल बनाईसकेका छन्। यति मात्र हैन आफ्नै पार्टि भित्रका कार्यकर्ताहरुलाई समेत आर्थिक ठगी गर्न सक्ने पार्टिहरुले जनतालाई सुशासन दिन्छौ र जनताको आन्दोलन दबाउन सक्छन् भने त्यो केवल राजनितिक दलहरुले मात्र सक्छ भन्नु कति जायज होला ? त्यसैले यो देश सबैको साझा हो। राजनैतिक दलहरूको बपौती होईन।”

संविधान बारम्बार उलंघन र च्यात्ने काम पार्टिहरुले गरेकी ! राजाले ? ०६२/६३ को आन्दोलनमा तपाईले भाग लिनुभएको थियो ? बेमौसमको बाजा भन्दै आन्दोलन भाडन खोजेको हैन ? राजाबाट एउटा गल्ती भएको थियो। संसद बिघटन त्यो पनि नेपाली कांग्रेसबाट फुटेको पार्टिले, आधारातमा लगेर बुझाएकोले त्यस्लाई पनि जनताको मागलाई मध्यनजर गर्दै संसद पुनःस्थापना गरिदिए। उनले ०४७ को संम्विधान उलंघन भएको स्विकार गर्दै ०४७ को संविधान जस्ताको तस्तै राखेर गएका हैनन् ? त्यो संविधान मासेर‌ अर्को संविधान बनाउने र गणतन्त्र ल्याउने दवाब कस्ले दियो ? संविधान सभा र गणतन्त्रको माग स्व. गिरिजाबाबुको थिएन।

राजसंस्था बिर्साउने काम पार्टिहरुले गर्नुपर्थो। तर राजसंस्था नहूंदाको फाईदा उठाउदै देशको अर्बौं अर्ब सम्पत्ति बिदेशमा लगेर राख्ने, सरकारी जग्गा हिनामिना गर्दै सबै आफुर आफन्त पोस्ने र माफियाहरु संग साझेदारी गर्दै देश लुट्ने काम को-कोबाट भयो ? सबै जनताले देखेका छन्, त्यसैको सजायं भोग्नुपर्ने डरले राजसंस्थाको बिरोध गर्दै जनता भड्काउन सकिन्छ की भन्ने प्रयास दलहरुबाट भएको हो।

"पुराना, नयाँ नटवरलाल, सहकारी, लघुवित्त ठगिमा परेका मन्त्रीलाई जोगाउन जुन देशका प्रधानमन्त्री, प्रतिपक्ष दलका नेता स्वयम दोषीलाई जोगाउन संसदिय छानविन समिती समेत बनाउन आवश्यक छैन भन्दै रोक्छन् भने यस्ता नेताहरुले जनताको आन्दोलन दबाउन खोज्नु त्यो दुशाहस बाहेक अर्को हुन सक्दैन।"

त्यसैले हिजो नयाँ बर्ष २०८१ सालको शुभकामना दिने क्रममा माननिय डा. शेखर कोइरालाले भन्नु भएको छ। आज लोकतन्त्र, गणतन्त्र र संघियतामाथि। चौतर्फी आक्रमण भयको छ। यसलाई रोक्न राजनितिक दलहरुले मात्र सक्छन्। राजनितिक दलहरुमा देखिएको चरम सत्ता लिप्सा, अराजक ब्यबहार र भ्रष्ट् आचरणले गर्दा राजनितिक दलहरु नराम्ररी जनताको कठघरामा उभ्याएको छ ! यो कोईरालाले त्यसै भनेका होईनन् होला ? समाजसेवा, राजनितिलाई लुटको धन्दा चलाउनेहरुका कारणलेनै भनेका होला हैनर ?

राजनैतिक दलहरुले जनताको आर्थिक, राजनैतिक, सामाजिक, धर्म, संस्कृति सभ्यता र राष्ट्र, राष्ट्रियता सम्पुर्ण क्षेत्रलाई कगंगाल बनाईसकेका छन्। यति मात्र हैन आफ्नै पार्टि भित्रका कार्यकर्ताहरुलाई समेत आर्थिक ठगी गर्न सक्ने पार्टिहरुले जनतालाई सुशासन दिन्छौ र जनताको आन्दोलन दबाउन सक्छन् भने त्यो केवल राजनितिक दलहरुले मात्र सक्छ भन्नु कति जायज होला ? त्यसैले यो देश सबैको साझा हो। राजनैतिक दलहरूको बपौती होईन।

पुराना, नयाँ नटवरलाल, सहकारी, लघुवित्त ठगिमा परेका मन्त्रीलाई जोगाउन जुन देशका प्रधानमन्त्री, प्रतिपक्ष दलका नेता स्वयम दोषीलाई जोगाउन संसदिय छानविन समिती समेत बनाउन आवश्यक छैन भन्दै रोक्छन् भने यस्ता नेताहरुले जनताको आन्दोलन दबाउन खोज्नु त्यो दुशाहस बाहेक अर्को हुन सक्दैन। पुराना पार्टिमा कतिपय नेता, सांसद भ्रष्टाचार बिरोधी, स्वाभिमानी नभएका होईनन्। तर तिनिहरुको राजनिति सकसपूर्ण छ। जनता आफ्नो अधिकारको लागि अगाडी बढ्नु पर्छ। अन्यथा यो देशमा नेपाली जनतालाई बस्न दिनेछैनन्। बांकी पशुपतिनाथले जनताको रक्षा गरुन।

जय नेपाल।

(लेखिका पूर्व सांसद समेत हुनुहुन्छ।)

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...