News Portal

चितवनमा अनेरास्ववियुद्वारा बालेन र सुधनविरुद्ध जाहेरी दर्ता प्रयास, प्रहरीले दर्ता नगरी ज्ञापनपत्र लिने तयारी

१६५ पटक

चितवन, असोज २३ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला प्रहरी कार्यालय चितवनमा नेकपा एमालेका पार्टी कार्यालय र नेताहरुको व्यक्तिगत सम्पत्तिमा जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको विवरणसहित जाहेरी दिएको थियो। तर, प्रहरीले दर्ता नगरी फर्काएको छ।

मुलुकी अपराध संहिता २०७४ अनुसार अपराधिक उपद्रवको कसुरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र हामी नेपाली संस्थाका सञ्चालक सुधन गुरुङको नाम समावेश गरिएको जाहेरी प्रहरी प्रमुख एसपी गोविन्द पुरीले ढाँचा नमिलेको कारण दर्ता गर्न नसकिएको जानकारी दिए। उनले अनेरास्ववियुलाई सही ढाँचामा जाहेरी पेश गर्न निर्देशन दिएका छन्।

जाहेरीमा उल्लेख छ कि बालेन र सुधनको उक्साहटमा जिल्लाभरका करिब ५ करोड ४६ लाख बराबरको पार्टी र व्यक्तिगत सम्पत्ति क्षति भएको थियो। राप्ती नगरपालिकामा ३ करोड २५ लाख, खैरहनीमा ५० लाख, कालिका नगरपालिकामा ११ लाख र भरतपुर महानगरमा २० लाख ५२ हजार बराबरको क्षति भएको अनेरास्ववियु चितवनका संयोजक अमित आचार्यले जानकारी दिए।

जाहेरीमा २४ गते जिल्लाका पार्टी कार्यालय र दुई पालिकाका नगरपार्टी कार्यालयमा पनि क्षति पुगेको उल्लेख छ। जिल्ला पार्टी कार्यालयमा ५२ लाख, राप्ती नगरमा ६ लाख र खैरहनीमा ३ लाख ८५ हजार बराबरको भौतिक क्षति भएको छ। भरतपुर महानगर–२२ को पार्टी कार्यालयमा ४६ लाख २५ हजार र भरतपुर–१८ को पार्टी कार्यालय र मनमोहन स्मृती भवनमा २० लाख रुपैयाँ बराबरको क्षति भएको पनि जाहेरीमा उल्लेख गरिएको छ।

चितवन प्रहरीले अहिले जाहेरी दर्ता नगरी भौतिक क्षति विवरण र प्रमाणलाई ज्ञापनपत्रको रूपमा राखेर विश्लेषण गर्ने तयारी गरेको छ। अनेरास्ववियुले भने, कानून अनुसार बालेन र सुधनविरुद्ध कारबाही हुने आशा राखेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...