News Portal

चितवनमा अनेरास्ववियुद्वारा बालेन र सुधनविरुद्ध जाहेरी दर्ता प्रयास, प्रहरीले दर्ता नगरी ज्ञापनपत्र लिने तयारी

२६४ पटक

चितवन, असोज २३ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला प्रहरी कार्यालय चितवनमा नेकपा एमालेका पार्टी कार्यालय र नेताहरुको व्यक्तिगत सम्पत्तिमा जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको विवरणसहित जाहेरी दिएको थियो। तर, प्रहरीले दर्ता नगरी फर्काएको छ।

मुलुकी अपराध संहिता २०७४ अनुसार अपराधिक उपद्रवको कसुरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र हामी नेपाली संस्थाका सञ्चालक सुधन गुरुङको नाम समावेश गरिएको जाहेरी प्रहरी प्रमुख एसपी गोविन्द पुरीले ढाँचा नमिलेको कारण दर्ता गर्न नसकिएको जानकारी दिए। उनले अनेरास्ववियुलाई सही ढाँचामा जाहेरी पेश गर्न निर्देशन दिएका छन्।

जाहेरीमा उल्लेख छ कि बालेन र सुधनको उक्साहटमा जिल्लाभरका करिब ५ करोड ४६ लाख बराबरको पार्टी र व्यक्तिगत सम्पत्ति क्षति भएको थियो। राप्ती नगरपालिकामा ३ करोड २५ लाख, खैरहनीमा ५० लाख, कालिका नगरपालिकामा ११ लाख र भरतपुर महानगरमा २० लाख ५२ हजार बराबरको क्षति भएको अनेरास्ववियु चितवनका संयोजक अमित आचार्यले जानकारी दिए।

जाहेरीमा २४ गते जिल्लाका पार्टी कार्यालय र दुई पालिकाका नगरपार्टी कार्यालयमा पनि क्षति पुगेको उल्लेख छ। जिल्ला पार्टी कार्यालयमा ५२ लाख, राप्ती नगरमा ६ लाख र खैरहनीमा ३ लाख ८५ हजार बराबरको भौतिक क्षति भएको छ। भरतपुर महानगर–२२ को पार्टी कार्यालयमा ४६ लाख २५ हजार र भरतपुर–१८ को पार्टी कार्यालय र मनमोहन स्मृती भवनमा २० लाख रुपैयाँ बराबरको क्षति भएको पनि जाहेरीमा उल्लेख गरिएको छ।

चितवन प्रहरीले अहिले जाहेरी दर्ता नगरी भौतिक क्षति विवरण र प्रमाणलाई ज्ञापनपत्रको रूपमा राखेर विश्लेषण गर्ने तयारी गरेको छ। अनेरास्ववियुले भने, कानून अनुसार बालेन र सुधनविरुद्ध कारबाही हुने आशा राखेको छ।

प्रतिकृया दिनुहोस्

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...