News Portal

भारतमा विषाक्त खोकी सिरपबाट २० बालबालिकाको मृत्यु, कम्पनीका मालिक पक्राउ

३५४ पटक

भारत, असोज २३ – भारतको मध्य प्रदेशमा ‘कोल्ड्रिफ’ नामक खोकी सिरप सेवनका कारण कम्तीमा २० बालबालिकाको ज्यान गएको छ। सिरप उत्पादन गर्ने तमिलनाडुस्थित स्रसेन फार्माका मालिक एस. रंगनाथनलाई प्रहरीले चेन्नईबाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रहरीका अनुसार, सिरपमा विषालु रासायनिक तत्व मिसाइएको पुष्टि भएको छ। गुणस्तर मापदण्ड पालना नगरी बजारमा पठाइएको सिरप सेवनपछि बालबालिकामा गम्भीर स्वास्थ्य समस्या देखिएको थियो।

रंगनाथनलाई अदालतमा पेश गरी ट्रान्जिट रिमान्डमा मध्य प्रदेश ल्याइने तयारी भइरहेको छ। यस घटनापछि प्रहरीले कम्पनीको कार्यालयमा छापा मारेर आवश्यक कागजात जफत गरेको र वितरण सञ्जालमाथि पनि अनुसन्धान सुरु गरेको छ।

स्वास्थ्य अधिकारीहरूले सर्वसाधारणलाई कोल्ड्रिफ सिरप तुरुन्त प्रयोग बन्द गर्न र बालबालिकामा समस्या देखिए तत्काल चिकित्सकको सल्लाह लिन आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...