News Portal

भारतमा विषाक्त खोकी सिरपबाट २० बालबालिकाको मृत्यु, कम्पनीका मालिक पक्राउ

२८७ पटक

भारत, असोज २३ – भारतको मध्य प्रदेशमा ‘कोल्ड्रिफ’ नामक खोकी सिरप सेवनका कारण कम्तीमा २० बालबालिकाको ज्यान गएको छ। सिरप उत्पादन गर्ने तमिलनाडुस्थित स्रसेन फार्माका मालिक एस. रंगनाथनलाई प्रहरीले चेन्नईबाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रहरीका अनुसार, सिरपमा विषालु रासायनिक तत्व मिसाइएको पुष्टि भएको छ। गुणस्तर मापदण्ड पालना नगरी बजारमा पठाइएको सिरप सेवनपछि बालबालिकामा गम्भीर स्वास्थ्य समस्या देखिएको थियो।

रंगनाथनलाई अदालतमा पेश गरी ट्रान्जिट रिमान्डमा मध्य प्रदेश ल्याइने तयारी भइरहेको छ। यस घटनापछि प्रहरीले कम्पनीको कार्यालयमा छापा मारेर आवश्यक कागजात जफत गरेको र वितरण सञ्जालमाथि पनि अनुसन्धान सुरु गरेको छ।

स्वास्थ्य अधिकारीहरूले सर्वसाधारणलाई कोल्ड्रिफ सिरप तुरुन्त प्रयोग बन्द गर्न र बालबालिकामा समस्या देखिए तत्काल चिकित्सकको सल्लाह लिन आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...