News Portal

एमाले नेता बस्नेतको चुनौतीः जेनजी आन्दोलनका घटनाबारे कारबाही गर्न गृहमन्त्रीलाई अनुरोध

१७६ पटक

काठमाडौं, असोज २३ – एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको विवरण एमालेले राखेको भन्दै आफूहरुलाई पक्राउ गर्न सक्ने भए कारबाही गर्न गृहमन्त्रीलाई चुनौती दिएका छन्।

भक्तपुर जिल्ला कमिटीको बिहीबारको कार्यक्रममा बोल्दै बस्नेतले अपराधीलाई कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए। उनले भने, “हाम्रो हरेक हिसाब छ, चुनौती दिन चाहनुहुन्छ भने देखाउनुहोस्।”

बस्नेतले एमाले अब डिजीटल जेनरेसन फोर्स मार्फत देशभर उजुरी संकलन गर्ने योजना बनाएको बताए। त्यसको आधारमा आवश्यक कारबाही गर्न उनले आग्रह गरेका छन्।

उनी भ्रष्टाचारको छानबिन वर्तमान मन्त्रीहरू रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु गर्न पनि सुझाव दिए।

यसैबीच, बस्नेतले जेनजी आन्दोलनका क्रममा घरजलेका अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुवासीले स्थायी बसोबासका लागि जग्गा उपलब्ध गराउने जानकारी पनि दिएका छन्।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...