काठमाण्डौ। छिमेकी मुलुक भारतमा निकट आईरहेको निर्वाचनलाई संसारले निकै महत्वका साथ हेरिरहेको देखिन्छ। भर्खरै मात्र सम्पन्न भएको रुसको निर्वाचनले पुटिनलाई अत्याधिक मतले बिजयी गराएको देखियो। अब भारतको हेर्न बांकी छ। भारतको राम्रो अध्ययन र अनुसन्धान गरेका विश्लेषकहरुको भनाइलाई सुन्ने हो र पढने हो भने यो २०२४ को निर्वाचन पनि नरेन्द्र मोदीको नै पल्लाभरि हुने छ। उनको पार्टि अत्याधिक मतले बिजयी हुदैछ, भन्ने बिश्लेषकहरुको भनाई रहेको पाईन्छ।
२०४६ सालको आन्दोलनले स्थापना गरेको संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र हुदांसम्म पनि नेपाल धेरै शक्तिशाली, सम्पन्न नै थियो। राजा श्री ५ विरेन्द्र विरविक्रम शाहको प्रयासमा निर्माण गरियको सार्क राष्ट्रको स्थापना, उनले खेलेको भूमिका, त्यतिबेलाको नेपालको क्रेज, विदेशीले हेर्ने दृष्टिकोण धेरै उच्च प्रतिष्ठित थियो। स्व. प्रधानमन्त्री सुशील कोइरालाको पालामा नेपालमा सार्क सम्मेलन भएपछी आजसम्म भएको छैन। अहिले अलपत्र अबस्थामा छ। संबैधानिक राजसंस्था हूदासम्म पनि नेपालको अर्थतन्त्र बलियो नै थियो। राजासंस्था हूदां नेपाल आयातमा धेरै निर्भर थिएन, नेपालबाट धान चामल, तेलहन तोरी, गेडागुडी, जडिबुटीलगायत धेरै बस्तुहरु निर्यात गर्दथ्यो। तर आज कृर्षिप्रधान देश सबै कुरा आयात गर्छ। हामी कति पछाडि परेका छौ। बिगत र बर्तमानलाई तुलना गर्दा हुन्छ।
पुरानो शक्तिशाली पार्टि भारतिय कंग्रेसलाई धेरै पछि पार्दै मोदी किन यतिधेरै शक्तिशाली हुदै गए ! भन्ने हामीलाई लाग्नु स्वाभाविक हो। तर मोदीको उदयदेखी भारतले गरेको विकाश, अर्थतन्त्रमा ल्याएको सुधार, विदेश निती, जनतानै सर्वोपरि हुन् भन्ने भावना र सनातन धर्म, संस्कृति माथिको गहिरो अध्ययन र पछिल्लो त्रि-देशीय गठबन्धन पनि एक हो भन्ने कुरा अध्ययनले देखाउछ। तर हाम्रो राजनिती कहां रुमल्लिएको छ ? हामी कहां छौं ? जनताको अबस्था, बिवस्ता र समस्या कहां छ। हाम्रो राजनितीले बुझ्न चाहदैन। संसदको गतिविधि, त्याहांको प्रस्तुती हेर्दा लाजमर्दो छ। ०७४ को संसददेखी आज ०७९ को संसदमा आइपुग्दा संसदमा ७५, ८० ओटा बिधेयकहरु अलपत्र परेको छ। तर संसद साना, झिना मसिना कुरामा बहस गर्दै, उखान, टुक्का, गालीको बर्षा र एक अर्काको राजिनामा माग्दैमा संसद बितेको छ। जुन कुरा त्यति ठूलो होईन। देश बनाउने मिसन योजना र भिजन नभएका दलहरुबाट अब देश उभो लाग्ला भन्ने कल्पना गर्नु भनेको मरुभूमिमा पानी खोज्नु सरह भएको छ।
०७४ को संसददेखी आज ०७९ को संसदमा आइपुग्दा संसदमा ७५, ८० ओटा बिधेयकहरु अलपत्र परेको छ। तर संसद साना, झिना मसिना कुरामा बहस गर्दै, उखान, टुक्का, गालीको बर्षा र एक अर्काको राजिनामा माग्दैमा संसद बितेको छ। जुन कुरा त्यति ठूलो होईन। देश बनाउने मिसन योजना र भिजन नभएका दलहरुबाट अब देश उभो लाग्ला भन्ने कल्पना गर्नु भनेको मरुभूमिमा पानी खोज्नु सरह भएको छ।
२०४६ सालको आन्दोलनले स्थापना गरेको संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र हुदांसम्म पनि नेपाल धेरै शक्तिशाली, सम्पन्न नै थियो। राजा श्री ५ विरेन्द्र विरविक्रम शाहको प्रयासमा निर्माण गरियको सार्क राष्ट्रको स्थापना, उनले खेलेको भूमिका, त्यतिबेलाको नेपालको क्रेज, विदेशीले हेर्ने दृष्टिकोण धेरै उच्च प्रतिष्ठित थियो। स्व. प्रधानमन्त्री सुशील कोइरालाको पालामा नेपालमा सार्क सम्मेलन भएपछी आजसम्म भएको छैन। अहिले अलपत्र अबस्थामा छ। संबैधानिक राजसंस्था हूदासम्म पनि नेपालको अर्थतन्त्र बलियो नै थियो। राजासंस्था हूदां नेपाल आयातमा धेरै निर्भर थिएन, नेपालबाट धान चामल, तेलहन तोरी, गेडागुडी, जडिबुटीलगायत धेरै बस्तुहरु निर्यात गर्दथ्यो। तर आज कृर्षिप्रधान देश सबै कुरा आयात गर्छ। हामी कति पछाडि परेका छौ। बिगत र बर्तमानलाई तुलना गर्दा हुन्छ।
अहिले जनता सडक आन्दोलनमा छन्। दैनिक अभाबमा पिल्सिएका जनता रोजगारी खोज्दै बिदेश पलायन हुनुपरेको परिस्थितीबाट दुखित भएका राजा ज्ञानेन्द्र शाह जनताको अनुरोधलाई अस्वूकार गर्न नसकेर यो उमेरमा बिगत १ बर्ष देखी जनताको मर्म बुझ्न देश दर्शनमा छन्। जनताको दर्दनाक अबस्थाबाट दुखित भएका राजा हिजो मात्र जुम्लाको खलंगा पुगेर जनतालाई सम्बोधन गर्दै उनले हाम्रा राजनैतिक दल,जनता, नागरिक समाज बौद्धिकबर्ग सबैलाई आब्हान गरेका छन्। राजा जहां पुगे पनि जनताको अपार स्नेह, बिश्वास आफु प्रतिको आसा र भरोसा खोजेका जनताको चित्कारबाट मर्माहत देखिन्छन्। जनताले कोलाहल रूपमा भन्दै गरेको स्वर “राजा तिमिले सुरक्षित राख्न दिएको श्रीपेचको नासो अब फिर्ता लिउ देश र जनताको रक्षा गर नत्र हाम्रो देश अब सुरक्षित रहदैन। यस्तो धर्म संकटमा परेका राजाले हिजो जुम्लाबाट जनता सबैलाई आब्हान गरे। जो सबैले सुनिसकेको र बिज्ञप्ति पढिसकेका छन। संबोधन थोरै यहां उल्लेख गर्ने अनुमति चाहें, यस प्रकार छ।
“आज, हिजो होइन हामी सबै बदली रहेका छौ। परिवर्तन सांच्चै पिडादायी भएपनी सधैं आबस्यक हुन्छ। याद रहोस्,संसारको पांग्रा सधै आफ्नो गतिमा चलिरहेको हुन्छ। संसारमा जे आउँछ त्यो रहदैन र जानेकुरा गराउँदैन। त्यसैले अब हामी सुध्रौ, चेतौं र सबैले सबैलाई सम्झेर राष्टि्य सोच बनाउन, मार्ग सुधार गरौं, नयां समझदारी, नयां सम्बाद, नयां वार्तालाभ, सर्वपक्षीय नयां सम्मेलन र सम्झौताको निष्कर्ष निकालौं” भन्ने भद्र, शालिन र मार्मिक अनुरोध गरेका छन्। यसलाई सरकार, राजनीतिक दलहरुले कमजोरीको रुपमा लिनुहुँदैन भन्ने लाग्छ। राजा ज्ञानेन्द्र शाहको शालिन अनुरोधलाई कमजोरी सम्झने दुस्साहस कहीं कतैबाट हुनुहुदैन भन्ने देखिन्छ।
आफ्नो राष्टि्य शक्तिलाई कमजोर बनाएर देश,जनता, राष्ट्र, राष्टि्यता बलियो हुन सक्दैन यो बिगत १७ बर्षमा हामी सबैले देखी, भोगि सकेका छौं। अब सबैले चेतन जरुरी भैसकेको छ। यदि अटेर गरेमा भोली यो अबसर प्राप्त होला भन्न सकिन्न। हामिले आफ्नो सनातनी, धर्म, संस्कृति, सभ्यता छोडदैजांदा र राष्ट्रपिता पृथ्वीनारायण शाहको अथक प्रयासले आर्जेको मूलुक उनैको वंशजलाई बाहिर राखेर देश असुरक्षित हुदै, बाह्य हस्ताक्षेप बढदै जानुले देश जनता असुरक्षित हुदै गएको कुरा सर्वविदितै छ। हाम्रो राजसंस्था त्यति शक्तिशाली संस्था हो। जो बैदिक सनातन हिन्दु धर्ममा आधारित छ। त्यसैले यो संस्थामाथि प्रहार गरिएको थियो। त्यसैले अरुको गुलाम भएर हैन आफ्नो राष्ट्रिय शक्तिको रक्षा गरेर मात्र हाम्रो उन्नति हुन सक्छ भन्ने कुरालाई आत्मसात गर्दै अगाडी बढ्नु जरुरी छ। यदि बिगतको कलंकलाइ मेटाउने र नयां ईतिहास रच्ने हो भने प्रधानमन्त्री प्रचण्डबाट यो काम होस। नेपाली कांग्रेस त राजनेता विपी कोइरालाको मार्गमा नगएर सुख्खै पाउदैन। किन की नेपाली कांग्रेसका तमाम कार्यकर्ता विपीको मौलिक सिद्धान्तमा आधारित छन्।
देशको मेरुदण्ड भनेको प्रमुख तीन कुरा हो। जनता, देशको अर्थतन्त्र र सेना हो। यी तिन कुरा बलियो भयो भने कोसैले हामिलाई हेप्न सक्दैन। साथै शनातन धर्म, संस्कृति, सभ्यता मेलमिलापनै हाम्रो शक्ति हो। जुन् हिजो थियो। १९४५ मा अंग्रेजबाट स्वतन्त्र भएको भारत आजको दिनसम्म आइपुग्दा धेरै शक्तिशाली अबस्थामा आईपुगेको छ। यो सानो प्रयासले आएको होईन। आज मोदीले यही कुरा बुझेर सनातन धर्मलाई आधार मान्दै अगाडि बढेको देखिन्छ। यसमा अझै केही सुधार हुन सके धेरै बल मिल्न सक्ने देखिन्छ। त्यो के हो भने छिमेकी मुलुकहरु प्रति उदारवादी भावना र छिमेकी मुलुकहरुलाई हेर्ने दृष्टिकोणमा सुधार आउन जरुरी छ। बांकी पशुपतिनाथले सबैलाई सद्बुद्धि दिऊन।
जय नेपाल।
(लेखिका थापा पूर्वसांसदसमेत हुनुहुन्छ।)