News Portal

  • गृहमन्त्रीको प्रबक्ता प्रधानमन्त्री

    कमला थापा
    ५२१ पटक

    प्रधानमन्त्री प्रचण्डजी नेपाली कांग्रेसलाई नैतिकताको पाठ सिकाउँदै हुनुहुन्छ। नैतिकताको अर्थ पनि खुलाउनु भएको भए अझै राम्रो हुन्थ्यो की ? नेपाली कांग्रेस भित्रको नैतिक मूल्य, मान्यतालाई तपाइले नाप्न नखोज्दानै तपाईको भलाई हुन्थ्यो होला ! त्यहि पार्टिसंग गठबन्धन गरेर आज यो ठाउमा आईपुग्नु भएको छ। उसैलाई नैतिक ज्ञान दिदां तपाईंको नैतिक्तता कहाँ राखेर बोल्दै हुनुहुन्छ ? कांग्रेसका केही पात्रलाई हातलिएर सिंगो कांग्रेसको नैतिकक्ता नाप्ने तपाईलाई कुनै अधिकार छैन।

    तपाईलाई चाहिदां विपी कोइराला महान, गिरिजाबाबु महांन, आज एमालेसंग मिलेर सरकार बनाउन जानुभयो। हिजोसम्म गिरिजाबाबुले मलाई राजनेता भन्नु भएको थियो। तपाईले मेरो देहान्तपछि देश हाँक्नुहोस भन्नु भएको थियो। भन्दै कांग्रेसको नेतृत्वलाई फस्ल्याक फुस्लुक पार्न सफल हुनुभयो। गिरिजाबाबुले तपाईलाई राजनेताको पगरी गुथ्र्याउनु भयो भन्ने कदापी लाग्दैन कारण राजनेताको अर्थ गिरिजाबाबुलाई राम्रोसंग थाहा थियो। उहाँ विपीका भाई हुन्। राजनेताको परिभाषा जान्दथे। बांकी रह्यो कांग्रेस नेतृत्वको कांधमा बन्दुक राख्दै देश लुट्न सफल हुनुभयो। साथै केही कांग्रेसकै पनि र केही नाताले कांग्रेससंग जोडियकाहरु पनि सम्सर्गमा सामेल भए मौका यही हो भनेर लुट्न सफल भए,जो कांग्रेस सिध्याउनै आएका थिए।

    गृहमन्त्रीलाई कति दिन दम भर्नुहुन्छ ? आजै देखिहाल्यो पंचायतकालमा पनि नभएको नियम बनाएर गृहमन्त्रीले १७ बूंदाको स्टे अडर जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको त्यो त पंचायतकालमा अन्चलाधिशले पनि प्रयोग गर्न पाउदैन थिए। अधिनायकबादी को ? हिजोको राजसंस्था की आजको लोकतन्त्रको मुखुण्डो लगाएको लाल‌ कम्निस्टहरु ?

    ०६४ सालको पहिलो निर्वाचनमा तपाईको पार्टि १२२ सांसदसहित ठूलो पार्टी थियो। कांग्रेस, एमालेलाई सधै भद्दा गाली गर्दै तिमिहरु दुबै पार्टी मिलेर पनि हामिलाई उछिन्न सक्दैनौ अब यो देशमा ५० बर्ष माओबादीले राज गर्छ ! भन्दै सरकार बिचैमा अलपत्र पारेर हिड्नु भयो। गिरिजाबाबुलाई धोखा दिदैं अगाडी बढ्दै गर्दा पनि कांग्रेस कहिले बिचलित भएन आबस्यक पनि थिएन। त्यस्तै ०७४ को निर्वाचनमा दुबै कम्निस्ट पार्टि एकता केंद्र बनाएर जानुभयो झण्डै दुईतिहाइको हाराहारीमा आउदै गर्दा पनि यहि भन्नु भएको थियो।

    एमालेसंगको एकता सरकार करिब ३० महिना पनि टिक्न सकेन मध्याबधी घोषणापछि पार्टि फुट्यो दुई-दुई पटक मध्यावधि एमालेले घोषणा गर्दा अतालिदै नेपाली कांग्रेस गुहार्दै आउदा मौन बसेको नेपाली कांग्रेस नेतृत्वलाई प्रधानमन्त्री दिदै, ०७९ को निर्वाचनमा महां गठबन्धन बनाएर गयौं। केपी ओलीजीको बारदलीमा पुगेर हात हल्लाउँदै प्रधानमन्त्रीको पद लिन सफल हुदां, फेरि १ महिनामा फर्केर कांग्रेसमै आउदा सरम लागेन अर्को १ बर्ष पुग्दा नपुग्दै एमालेमै फर्कदा लाज हराईसकेको थियो। पार्टिलाई अदालतले आ-आफ्नै स्थानमा फर्काइदियो “पुन मुसिक भब” हुनुपर्यो। यो थोरै कुरा यहाँ झल्काउन मात्र खोजेको हो। तपाई कति ईमान्दार, भरपर्दो नेताको कोटिमा पर्नुहुन्छ ? कांग्रेसको महासमिति बैठक बसिरहदा नेपाली कांग्रेसलाई केपी ओलीजीको पटकपटक एकताको लागि फोन आउँदा हाम्रो नेतृत्व फोन उठाउन डराएको धोकेवाज बन्नु हुदैन भन्ने मान्यता राख्नु त्यो नेतृत्वको गल्ति थियो। तर अहिलेको गल्ती तपाईको होईन त्यो तपाई जस्तो पिंध नभएको नेतालाई चिन्न नसक्नु नेपाली कांग्रेस नेतृत्वको गल्ति हो। बारम्वार धोखा खाएर पनि बिश्वास गर्नु त्यो गल्ति हो।

    यस्तो धोखा धेरै भयो। ०६२/६३ को आन्दोलनमा तपाईले भन्नुभएको नेपाली कांग्रेस की राजाको कित्तामा जाओ, की हाम्रो कित्तामा आओ ! बाबुराम भट्टराईजीले हाम्रो कार्यगत एकता राजासंग छ, भन्दै बारम्बार कान्तिपुर दैनिकमा लेखेका लेख सबैलाई याद छ। त्यो तपाईहरुले कांग्रेस र तत्कालिन ७ दललाई भ्रम छर्न खोजेको कुरा बुझ्न नसक्नु त्यो गल्ति थियो। आखिर ७ दललाई प्रयोग गरेर देशको सनातन बैदिक राष्ट्र, राष्ट्रियता ,धर्म, संस्कृति, सभ्यता, शिक्षा, स्वास्थ्यलगायत यो देशलाई एकिकरण गरेर सिंगो नेपाल राष्ट्र स्थापना गर्ने राष्ट्रपिता पृथ्वीनारायण शाहको ३ सय बर्ष पुरानो बैदिक राजसंस्था हटाएर देशीबिदेशिको ईसारामा देशलाई कृडास्थल बनाउदै स्वदेशी शक्ति समाप्त गर्ने ब्यक्तिले आज कांग्रेसलाई नैतिक शिक्षाको पाठ सिकाउने ? १७००० जनताको ज्यान लिने, प्रधानमन्त्री जस्तो पदमा बसेर मन नपर्ने बित्तिकै लात्ताले हानेर अगाडी बढन जान्दछु भन्दै गर्दा तपाईंले आफ्नो नैतिकक्ता कुन खल्तीमा राखेर बोल्दै हुनुहुन्छ ?

    तपाईले प्रयोग गर्दै गरेका गृहमन्त्रीलाई कति दिन दम भर्नुहुन्छ ? आजै देखिहाल्यो पंचायतकालमा पनि नभएको नियम बनाएर गृहमन्त्रीले १७ बूंदाको स्टे अडर जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको त्यो त पंचायतकालमा अन्चलाधिशले पनि प्रयोग गर्न पाउदैन थिए। अधिनायकबादी को ? हिजोको राजसंस्था की आजको लोकतन्त्रको मुखुण्डो लगाएको लाल‌ कम्निस्टहरु ? त्यसैले कांग्रेससंगको गठबन्धन छोडेकोमा दुख लागेर होईन यसमा हामी जस्ता लाखौं कांग्रेस कार्यकर्ताहरू अधिक खुशी छौ जो हिजोको गठबन्धन देखिनै बिरोध गर्दै आएका थियौँ। विपीका कार्यकर्ताहरु कहिले बिचलित हुदैनन् तर कांग्रेसको नेतृत्वले गल्ति गरेको थियो। बाटो बिराएको थियो। अब भगवानले जोगाएका छन्। छिटै विपीको मार्गमा फर्किनुपर्छ। सन्त नेता कृष्णप्रसाद भट्टराईले लेख्नु भएको संम्बिधानमा फर्कनुपर्छ। यसैमा ब्यापक बहस, छलफल होस् नेपाली कांग्रेसका ८० प्रतिशत कार्यकर्ताहरुको यही माग छ। पशुपतिनाथले यो देशको रक्षा गरुन।

    जय नेपाल।

    (लेखिका नेपाली कांग्रेसको पूर्वसांसदसमेत हुनुहुन्छ।)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...