News Portal

  • राजनिती दलालहरुको कब्जामा

    कमला थापा
    ४७० पटक

    देशको हालत कस्तो छ ? देश चलाउने, सरकार, दल र दलका नेताहरूलाई सोध्ने हो भने उनिहरुसंग जवाफ छैन। राज्य शक्तिको बागडोर सम्हालेको सरकार नागों नाच देखाउदै छ। देशको अमूल्य भौतिक सम्पत्तिहरु भू-माफिया, बिचौलिया र तस्करहरुको हातमासु म्पिएर उनैको पार्टनर भएर देश लुटेको सम्पत्ति बिदेशको बैंक भर्नेहरुले देश जोगाउलान् भनेर सोच्नु समय बर्वाद गर्नु बाहेक अरु हुन सक्दैन।

    देश जोगाउन अब सबै एकजुट नभै राष्ट्र सुरक्षित हुन सक्दैन। यदि राजनिती सेवा हो, जनता भनेका राष्ट्र हुन जनता बिना देश हुदैन, देश बिना राजनिति हुदैन भन्ने गणतन्त्रको बागडोर सम्हाल्नेहरुले बुझेको भए देशै रित्तिने गरि बिना भिसा, बिना ढेउवा बिदेश पठाई दिन्छौ भन्दै भोट माग्ने थिएनन्। सरम मान्नुपर्ने हैन ? जनता नभए आफ्ना आसेपासे, निरिह बुढाबुढी, असहाय जनता मात्र देशमा राख्ने र बिदेशीको आडमा राज्य संन्चालन गर्दै तस्करहरुको पार्टनर भएर देश लुट्नेहरुको थिएनन्। यस्ता पार्टिहरुलाई अब जनताले सायदै विश्वाश गर्नेछन्। यो अबस्थाको निर्णय लिने काम जनताको हो। राजनैतिक दलहरुले जति जनता रित्याउन खोजेपनि अझै देशमा राष्ट्रबादी शक्तिहरु र राष्ट्रलाई माया गर्ने बुद्धिजिवी लगायत सभ्य नागरिकहरु छन्। देश चलाउने हो भने अब नागरिकहरुले नै गम्भीर हुन ढिलो गर्नु हुदैन।

    अहिले नेपालको राजनिती कुनै सिद्धान्त, बिचार र दर्शनबाट चलेको छैन भन्दा अत्युक्ति नहोला। नेपाली कांग्रेस जस्तो दुरदर्शी नेता विपी कोइरालाको राजनितिक बिचारबाट जन्मेको पार्टि, उनैको प्रजातान्त्रिक दर्शनबाट चलेको पार्टि त आज आफ्नो मूल्य, मान्यता बिचार र सिद्धान्तबाट बिचलत हुन पुग्यो भने अन्य पार्टि र नयां पार्टिहरुको त कुनै बिचर, सिद्धान्त र धरातल नै छैन। नयां पार्टिहरुको उत्पत्ति केवल दुई ठूला पार्टि नेपाली कांग्रेस र नेकपा एमाले भित्र बढदै गएको सत्ता, शक्ति, अर्थोपार्जन र माओवादीको अराजक शैलिले जन्माएको झुण्ड मात्र हो। तर त्यहि झुण्डहरुले पुराना मैं हूं भन्ने पार्टिहरुलाई खेलाउन सफल देखियो। पुराना पार्टिहरु असफलताको मार्गतर्फ उन्मुख हुदै गए।

    नेपालको राजनितीमा भू-राजनितिको प्रभाव छैन, हुदैन भन्ने होईन। त्यसको पनि केही मापदण्ड हुन्छ। तर यहां कुनै नियन्त्रण गर्न सक्ने राष्ट्रिय शक्तिको अभावमा बढदै गएको खतरा र पश्चिमा मिशनहरुको धर्मान्तरणले ल्याएको खतरा सबै भन्दा डरलाग्दो अबस्था छ। त्यसैका आडमा जन्मिएका केही पार्टिहरु अझै खतरनाक छन्। र सरकारको मुख्य-मुख्य मन्त्रालयहरु उनैको कब्जामा पुग्यो। त्यस्ले देशको गोपनियता र आन्तरिक खतरा अझै तिब्र गतिमा बढदै छ। अहिलेको सत्ता परिवर्तन त्यसैको एउटा परिणाम नहोला भन्न सकिन्न। जुन कुरा नेपालका नेताहरुले भन्दा छिमेकी मित्र राष्ट्रहरुले राम्रोसंग बुझेका छन्। जस्को प्रभाव उनिहरुलाई नपर्ला भन्ने छैन।

    आज प्रधानमन्त्री प्रचण्ड सुटुक्क नेपाली कांग्रेसका नेता शेरवहादुर देउवालाई भेटन बुढानिलकण्ठ पुगेको खवर आएको छ। उत्तरी छिमेकीको प्रभाव र दवावमा भएको सत्ता परिवर्तन एक महिना पुग्दा नपुग्दै दुई नेताको बिचमा भएको भेटघाट अर्थपूर्ण नहोला भन्न सकिन्न। यसमा दक्षिणको चासो र चलखेल नबढ्ला भनेर सोच्यौ भने राजनितिक चिन्तनको अभाव भन्ने बुझिन्छ। प्रधानमन्त्री प्रचण्डको थोरै सोच थियो। जसरी राजस्वपाका सभापतिलाई गृहमन्त्री बनाउन खेलेको भूमिका र उनलाई जोगाउन गरेको पदको दुरुपयोगको गुण अबस्य तिर्छन् होला भनेर। आफुले जे भन्यो त्यहि गर्छन् भन्ने भ्रममा थिए होलान्। उनको त्यो भ्रम ईलामको उपनिर्वाचनले टुटाई दिएको हुनुपर्छ। त्यसैले आज देउवा निवासमा पुग्नु उनि भित्रको छटपटाहट नहोला भन्न सकिन्न। अर्को नेपाली कांग्रेस भित्रका केही यूवाहरुको अहिलेको सत्ता समिकरण छिट्टै टुटाउने उखरमाउलो अभिब्यक्ति र देउवाको मौनताबाट प्रधानमन्त्री प्रचण्ड अताल्लियका त हैनन् ? अर्को दक्षिणी हावाको तातो तापक्रमले पोलेको त हैन ? जे पनि हुन सक्छ। देउवालाई भेटेर धनगढी पुगेका प्रचण्डले बिमानस्थल बिमानस्थलबाट यो सत्ता समिकरण पांचै बर्ष टिक्छ भन्न भ्याए। त्यो बिचलित मानसिक्ता मात्र मान्न सकिन्न। उनको बोली चौबिस घण्टा टिक्दैन। बोलिको ठेगान नभएका प्रचण्डजीको कुरालाई विश्वास गर्न सकिँदैन।

    बिदेशी शक्ति केन्द्रहरुको विश्वास गुमाउदै गएका प्रधानमन्त्री प्रचण्ड र कम्निस्ट पार्टिहरुबाट त्रसित छिमेकी राष्ट्रहरुले अब यिनिहरुलाई भरणपोषण गरिरहने अबस्था देखिदैन। त्यस्तो अबस्थामा प्रचण्डबाट देशले धेरै क्षति ब्यहोर्नु नपर्ला भन्न सकिन्न, कारण हिजो जंगलमा भएको प्रचण्ड भन्दा आज संसदिय राजनिति भित्रको प्रचण्ड अझै बढि खतरानाक छन्। त्यो कुरा अब राष्ट्रिय शक्ति केन्द्रहरुले छिटो बुझ्न जरुरी छ। अन्यथा यिनले देशलाई कहां लगेर दुर्घटनामा नपार्लान् भन्न सकिन्न। राष्ट्रिय शक्ति, सेना, प्रहरी, कर्मचारीतन्त्र, जनता, बुद्धिजिवी र आन्दोलित जनता सबैले गम्भीर भएर निर्णय लिन ढिलो गर्नु हुदैन। बांकी पशुपतिनाथले देशको रक्षा गरुन।

    जय नेपाल।

    (लेखिका थापा नेपाली कांग्रेसको नेतृ तथा पूर्वसांसद समेत हुनुहुन्छ।)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...