News Portal

  • हङकङलाई उछिन्दै सिंगापुर बन्यो एसियाकै महँगो सहर

    हिमालीसंचार संवाददाता
    ३०८ पटक

    एजेन्सी। सिंगापुर बसोवासको लागि एसियाकै महँगो सहर बनेको छ। द इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू)ले बुधबार सार्वजनिक गरेको सूचीअनुसार हङकङलाई पछि पार्दै सिंगापुर एसियाकै महँगो सहर बनेको हो।

    इजरायलको तेल अभिभ विश्वकै महँगो सहर बनेको छ। पछिल्लो समय इजरायलको मुद्रा बलियो हुनु र तेल अभिभको मुद्रास्फीतिदर पनि उच्च रहेकाले तेल अभिभ सबैभन्दा महँगो सहर बनेको हो।

    ईआईयूको सूचीअनुसार हङकङ बसोवासको लागि सबैभन्दा महँगो सहरको सूचीमा पाँचौं स्थानमा छ। पछिल्लो समय हङकङमा कपडा र व्यक्तिगत स्याहारका सामग्रीको भाउमा कमी आएसँगै हङकङ विश्वकै महँगो सहरको सूचीबाट हटेको हो।

    विश्वकै महँगो सहरको सूचीमा दोस्रो स्थानमा सिंगापुर र पेरिस छन्। जर्मनीको ज्युरिच सहर चौथो स्थानमा छ। त्यस्तै न्युयोर्क, जेनेभा, कोपेहेगन, लस एन्जल्स र ओसाका शीर्ष १० मा परेका छन्।

    विश्वका १७३ सहरमा विभिन्न २०० उत्पादनको मूल्यको आधारमा बसोवासको लागि सबैभन्दा महँगो सहर छानिएको हो। यसमा खाना, कपडा, घरेलु उपभोग्य सामग्री, घरभाडा, यातायात र मनोरञ्जनजस्ता शीर्षकमा लाग्ने लागतको आकलन गरिएको थियो।

    विश्वको सबैभन्दा महँगा सहरमा धेरैजसो युरोपेली र विकसित एसियाली मुलुकका सहर परेका छन्। यस वर्ष चिनियाँ सहर मध्यममा देखिएका छन्। चीनको सांघाई सहर १९ औं स्थानमा छ भने सेन्जेन २२ औं स्थानमा छ। बेइजिङ ३६ औं स्थानमा छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर १९ गतेको राशिफल

    आज मंसिर १९, २०८२ (डिसेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ऊर्जामन्त्रीमाथि साम्पाङको प्रहार मेरो पछि–पछि बत्ती बन्द

    धरान – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले ऊर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै सामाजिक सञ्जालमा...

    बालेन–कुलमानबीच एकताको दाबी, सुधन रविसँग भेट्ने तयारीमा

    काठमाडौं, मंसिर १८ – काउन्सिल अफ जेन-जीका केन्द्रीय संयोजक सुधन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र...

    नुवाकोटमा लोकप्रियता बढाउँदै कांग्रेस नेता डा. प्रकाश शरण महत

    नुवाकोट, मंसिर १८ — नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महत हाल...

    काठमाडौँ उपत्यकामा लामो दूरीका सवारी बसपार्कबाट मात्र छुट्ने नयाँ व्यवस्था

    काठमाडौँ, मंसिर १८ — उपत्यकामा दिनहुँ बढिरहेको ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले नयाँ नियम...