News Portal

काठमाडौँ उपत्यकामा लामो दूरीका सवारी बसपार्कबाट मात्र छुट्ने नयाँ व्यवस्था

२४० पटक

काठमाडौँ, मंसिर १८ — उपत्यकामा दिनहुँ बढिरहेको ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले नयाँ नियम लागू गरेको छ। अबदेखि लामो दूरीका रात्रि तथा दिवा सेवा सञ्चालन गर्ने सबै सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्र छुट्नेछन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बताए अनुसार, पछिल्ला दिनमा लामो दूरीका सवारी साधनले सडकको किनारमा यात्रु चढाउने र झार्ने गरेको पाइएपछि ‘पिक आवर’मा जाम झन् बढेको थियो। “सडकमा बढ्दो भिडभाड र नियमविपरीत रोक्ने–चढाउने कार्यले ट्राफिक समस्या झन् जटिल बनाएको छ, त्यसैले यो नयाँ व्यवस्था लागु गरिएको हो,” उनले भने।

सुवेदीले भने, लामो दूरीका सवारी साधनको बाटो इजाजतपत्र पनि पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको छ र सम्बन्धित निकायसँग आवश्यक पहलका लागि अनुरोध गरिएको छ। साथै, रातो बत्ती उल्लङ्घन, लेन क्रस, तीव्र गति र मादक पदार्थ सेवन गरी गाडी चलाउने चालकलाई अनिवार्य सचेतना कक्षा लिनुपर्ने व्यवस्था अघि बढाइएको छ।

सर्वसाधारणलाई सहज बनाउन अनलाइन सचेतना कक्षाको सुविधा पनि उपलब्ध गराइएको छ। मोबाइल एप प्रयोग गर्ने चालक र सेवाग्राहीले एप पुनः इन्स्टल गरी घरमै बसेर कक्षा लिन सक्नेछन्। ट्राफिक प्रहरीका अनुसार, नयाँ प्रणालीले अव्यवस्थित पार्किङ, अनावश्यक रोकावट र यात्रु व्यवस्थापनमा सुधार ल्याउने विश्वास गरिएको छ।

उपत्यकामा सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न ट्राफिक प्रहरी निरन्तर सक्रिय रहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...