News Portal

काठमाडौँ उपत्यकामा लामो दूरीका सवारी बसपार्कबाट मात्र छुट्ने नयाँ व्यवस्था

१६२ पटक

काठमाडौँ, मंसिर १८ — उपत्यकामा दिनहुँ बढिरहेको ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले नयाँ नियम लागू गरेको छ। अबदेखि लामो दूरीका रात्रि तथा दिवा सेवा सञ्चालन गर्ने सबै सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्र छुट्नेछन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बताए अनुसार, पछिल्ला दिनमा लामो दूरीका सवारी साधनले सडकको किनारमा यात्रु चढाउने र झार्ने गरेको पाइएपछि ‘पिक आवर’मा जाम झन् बढेको थियो। “सडकमा बढ्दो भिडभाड र नियमविपरीत रोक्ने–चढाउने कार्यले ट्राफिक समस्या झन् जटिल बनाएको छ, त्यसैले यो नयाँ व्यवस्था लागु गरिएको हो,” उनले भने।

सुवेदीले भने, लामो दूरीका सवारी साधनको बाटो इजाजतपत्र पनि पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको छ र सम्बन्धित निकायसँग आवश्यक पहलका लागि अनुरोध गरिएको छ। साथै, रातो बत्ती उल्लङ्घन, लेन क्रस, तीव्र गति र मादक पदार्थ सेवन गरी गाडी चलाउने चालकलाई अनिवार्य सचेतना कक्षा लिनुपर्ने व्यवस्था अघि बढाइएको छ।

सर्वसाधारणलाई सहज बनाउन अनलाइन सचेतना कक्षाको सुविधा पनि उपलब्ध गराइएको छ। मोबाइल एप प्रयोग गर्ने चालक र सेवाग्राहीले एप पुनः इन्स्टल गरी घरमै बसेर कक्षा लिन सक्नेछन्। ट्राफिक प्रहरीका अनुसार, नयाँ प्रणालीले अव्यवस्थित पार्किङ, अनावश्यक रोकावट र यात्रु व्यवस्थापनमा सुधार ल्याउने विश्वास गरिएको छ।

उपत्यकामा सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न ट्राफिक प्रहरी निरन्तर सक्रिय रहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...