News Portal

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

३२१ पटक

बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको छ। विशेष अदालतले गत वर्ष जुलाई–अगस्टमा भएको विद्यार्थी विद्रोहका क्रममा भएको हिंसात्मक घटनामा उनको संलग्नता रहेको ठहर गर्दै फैसला सुनाएको हो।

मुद्दा हसिनाको अनुपस्थितिमा भारतबाट निर्वासनमा रहेकै अवस्थामा चलेको थियो। ४५३ पृष्ठको फैसलालाई न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले अदालतमा वाचन गरेका थिए। यो फैसला बंगलादेश टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।

अभियोजन पक्षले शेख हसिनासहित तीन जनाविरुद्ध पाँचवटा औपचारिक आरोप दर्ता गरेको थियो। दाबी अनुसार, विद्रोहका दिनहरूमा देशभर फैलिएका हिंसात्मक घटनामा हसिनाको भूमिका रहेको थियो। आन्दोलनमा करिब १,४०० जनाको मृत्यु र २५ हजारजति घाइते भएका थिए।

हत्या, हत्या प्रयास, षड्यन्त्र, हिंसा प्रवर्द्धन र संचालनमा भूमिका जस्ता मुख्य अपराधमा उनी दोषी ठहर भएकी छन्। अभियोजन पक्षले बताए अनुसार, हसिनाले १४ जुलाईमा प्रधानमन्त्रीको रूपमा पत्रकार सम्मेलनमा विद्यार्थीहरूलाई ‘रजाकारका छोरा–नाति’ भन्दै टिप्पणी गरेकी थिइन्, जसले विद्रोहलाई अझ हिंसात्मक बनाएको थियो। बंगलादेशमा ‘रजाकार’ शब्द १९७१ को मुक्तियुद्धमा पाकिस्तानी सेनाको पक्षमा लडेका समूहका सदस्यप्रति प्रयोग हुने अपमानजनक शब्द हो।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...