News Portal

नवलपरासीकी सपना परियारलाई २४ घण्टामै उद्धार, युवाशक्ति कुवेतको सहयोगमा नेपाल फिर्ता

९३९ पटक

कुवेत -नवलपरासी घर भएकी सपना परियार विगत ९ महिनादेखि कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत थिइन्। नेपालमा उनकाे श्रीमान  सडक दुर्घटनामा परी निधन भएपछि अत्यन्तै कठिन मानसिक अवस्थाबाट गुज्रिरहेका बेला नेपाल फर्किनुपर्ने बाध्यता  थियो। तर रोजगारदातासँगको प्रक्रिया र आर्थिक अभावका कारण उहाँलाई स्वदेश फर्किन निकै कठिन परिस्थितिको सामना गर्नु परेको थियो।

याे संवेदनशील अवस्थालाई गम्भीरतापूर्वक बुझेर युवाशक्ति टीम कुवेतले सक्रिय भूमिका खेल्दै सपना परियारलाई सुरक्षित रूपमा नेपाल पठाउन सहयोग गरेको छ। नेपालबाट दुःखद खबर आएसँगै २४ घण्टाभित्र नै उद्धार प्रक्रिया पूरा गर्दै टिमले परियारलाई उडानका लागि आवश्यक सबै व्यवस्था मिलाएको हो।सहयोगार्थ युवाशक्ति कुवेतका सदस्यहरूले ५७ केडी (कुवैती दिनार) रकम संकलन गरी सपना परियारको अन्य आवश्यक खर्च दिएका  थिए।

उद्धार प्रक्रियामा विशेष रूपमा युवाशक्ति टीम कुवेतले  सक्रिय भुमिका निभाउँदै सपना परियारलाई  एयरपोर्टसम्म पुर्‍याई सुरक्षित रूपमा नेपाल पठाउन सहजीकरण गरेका थिए।कुवेतमा सपना परियार घरायसी कामदारमा कार्यरत थिइन्। पीडित अवस्थाबारे नेपालबाट खबर आएलगत्तै युवाशक्ति टीमले तत्काल समन्वय, सहयोग संकलन तथा आवश्यकीय प्रक्रिया मिलाएर छोटो समयमा नै सफलतापूर्वक स्वदेश फर्काउने कार्य सम्पन्न गरे।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...