News Portal

नवलपरासीकी सपना परियारलाई २४ घण्टामै उद्धार, युवाशक्ति कुवेतको सहयोगमा नेपाल फिर्ता

१०६१ पटक

कुवेत -नवलपरासी घर भएकी सपना परियार विगत ९ महिनादेखि कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत थिइन्। नेपालमा उनकाे श्रीमान  सडक दुर्घटनामा परी निधन भएपछि अत्यन्तै कठिन मानसिक अवस्थाबाट गुज्रिरहेका बेला नेपाल फर्किनुपर्ने बाध्यता  थियो। तर रोजगारदातासँगको प्रक्रिया र आर्थिक अभावका कारण उहाँलाई स्वदेश फर्किन निकै कठिन परिस्थितिको सामना गर्नु परेको थियो।

याे संवेदनशील अवस्थालाई गम्भीरतापूर्वक बुझेर युवाशक्ति टीम कुवेतले सक्रिय भूमिका खेल्दै सपना परियारलाई सुरक्षित रूपमा नेपाल पठाउन सहयोग गरेको छ। नेपालबाट दुःखद खबर आएसँगै २४ घण्टाभित्र नै उद्धार प्रक्रिया पूरा गर्दै टिमले परियारलाई उडानका लागि आवश्यक सबै व्यवस्था मिलाएको हो।सहयोगार्थ युवाशक्ति कुवेतका सदस्यहरूले ५७ केडी (कुवैती दिनार) रकम संकलन गरी सपना परियारको अन्य आवश्यक खर्च दिएका  थिए।

उद्धार प्रक्रियामा विशेष रूपमा युवाशक्ति टीम कुवेतले  सक्रिय भुमिका निभाउँदै सपना परियारलाई  एयरपोर्टसम्म पुर्‍याई सुरक्षित रूपमा नेपाल पठाउन सहजीकरण गरेका थिए।कुवेतमा सपना परियार घरायसी कामदारमा कार्यरत थिइन्। पीडित अवस्थाबारे नेपालबाट खबर आएलगत्तै युवाशक्ति टीमले तत्काल समन्वय, सहयोग संकलन तथा आवश्यकीय प्रक्रिया मिलाएर छोटो समयमा नै सफलतापूर्वक स्वदेश फर्काउने कार्य सम्पन्न गरे।

 

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...