News Portal

ऊर्जामन्त्रीमाथि साम्पाङको प्रहार मेरो पछि–पछि बत्ती बन्द

१८९ पटक

धरान – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले ऊर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी गरेका छन्। साम्पाङले आफू जहाँ–जहाँ जान पुगेका छन्, त्यही स्थानमा बत्ती काटिनु संयोग नभई योजनाबद्ध गतिविधि जस्तै देखिएको आरोपसमेत गरेका छन्।

सामाजिक सञ्जालमा पोस्ट गर्दै साम्पाङले लेखेका छन्। कुलमान घिसिङजी, भोजपुर गएँ। लाइन काटिदिनु भो, ताम्लिङटे (ताप्लेजुङ) गएँ लाइन काटिदिनु भो, संखुवासभा गएँ त्यहाँ पनि लाइन काटिदिनु भो। अब हेटौँडा जाँदैछु, त्यहाँ नि काटिदिनु है!
उनी व्यंग्य गर्दै भन्छन्,एमसिसीलाई खुसी बनाउनु! प्रभुशक्तिलाई खुसी पार्नु ल!

उनका यस्ता भनाइ सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेका छन्। साम्पाङले आफू पुगेका विभिन्न जिल्लामा बत्ती जाने घटनालाई ‘सामान्य संयोग नभई योजनाबद्ध’ जस्तो देखिएको दाबी गरेपछि ऊर्जा व्यवस्थापन, लोड व्यवस्थापन र राजनीतिक आरोप–प्रत्यारोपबारे नयाँ बहस सुरु भएको छ।

उता, मेयर साम्पाङका आरोपबारे ऊर्जा मन्त्री कुलमान घिसिङले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। नेपाल विद्युत प्राधिकरण भने सामान्यतया लोड–शेडिङ नगर्ने नीति अवलम्बन गरिरहेको बताउँदै आएको छ। तर साम्पाङको व्यंग्यात्मक अभिव्यक्तिले स्थानीय तहमा ऊर्जा सेवा सम्बन्धी असन्तुष्टि अझ सतहमा आएको देखिन्छ।यतिबेला अर्का साङपाङ सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छ भने हरेकले घोचपेच गरेर लेख्ने गरेको पाइन्छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...