News Portal

हङकङलाई उछिन्दै सिंगापुर बन्यो एसियाकै महँगो सहर

हिमालीसंचार संवाददाता
३७५ पटक

एजेन्सी। सिंगापुर बसोवासको लागि एसियाकै महँगो सहर बनेको छ। द इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू)ले बुधबार सार्वजनिक गरेको सूचीअनुसार हङकङलाई पछि पार्दै सिंगापुर एसियाकै महँगो सहर बनेको हो।

इजरायलको तेल अभिभ विश्वकै महँगो सहर बनेको छ। पछिल्लो समय इजरायलको मुद्रा बलियो हुनु र तेल अभिभको मुद्रास्फीतिदर पनि उच्च रहेकाले तेल अभिभ सबैभन्दा महँगो सहर बनेको हो।

ईआईयूको सूचीअनुसार हङकङ बसोवासको लागि सबैभन्दा महँगो सहरको सूचीमा पाँचौं स्थानमा छ। पछिल्लो समय हङकङमा कपडा र व्यक्तिगत स्याहारका सामग्रीको भाउमा कमी आएसँगै हङकङ विश्वकै महँगो सहरको सूचीबाट हटेको हो।

विश्वकै महँगो सहरको सूचीमा दोस्रो स्थानमा सिंगापुर र पेरिस छन्। जर्मनीको ज्युरिच सहर चौथो स्थानमा छ। त्यस्तै न्युयोर्क, जेनेभा, कोपेहेगन, लस एन्जल्स र ओसाका शीर्ष १० मा परेका छन्।

विश्वका १७३ सहरमा विभिन्न २०० उत्पादनको मूल्यको आधारमा बसोवासको लागि सबैभन्दा महँगो सहर छानिएको हो। यसमा खाना, कपडा, घरेलु उपभोग्य सामग्री, घरभाडा, यातायात र मनोरञ्जनजस्ता शीर्षकमा लाग्ने लागतको आकलन गरिएको थियो।

विश्वको सबैभन्दा महँगा सहरमा धेरैजसो युरोपेली र विकसित एसियाली मुलुकका सहर परेका छन्। यस वर्ष चिनियाँ सहर मध्यममा देखिएका छन्। चीनको सांघाई सहर १९ औं स्थानमा छ भने सेन्जेन २२ औं स्थानमा छ। बेइजिङ ३६ औं स्थानमा छ।

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...