News Portal

इजरायलमा विपिन जोशीप्रति श्रद्धाञ्जली, भोलि नेपाल ल्याइँदै शव

३५२ पटक

काठमाडौं, कार्तिक २ – इजरायलमा हमासद्वारा अपहरणपछि मारिएका कञ्चनपुरका विपिन जोशीको शव नेपाल पठाउनुअघि तेल अवीवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रद्धाञ्जली सभा गरिएको छ।

इजरायली विदेश मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा इजरायलमा रहेका नेपाली समुदायका सदस्यहरू, इजरायली अधिकारी र नागरिकहरूले जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। उनको शव राखिएको कफिनमा नेपाली झण्डा ओढाइएको थियो।

भावनात्मक माहोलबीच नेपालीहरूले पुष्पगुच्छा र खादा अर्पण गरेर विपिनप्रति अन्तिम सम्मान जनाएका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार जोशीको शव सोमबार फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइनेछ। विमान दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका तय गरिएको छ। आगमनपछि प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ।

अध्ययनका लागि इजरायल पुगेका जोशी सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा अपहरणमा परेका थिए। लामो समयसम्म सम्पर्कविहीन रहेका उनलाई गत असोज २७ गते इजरायली अधिकारीहरूले मृत अवस्थामा पुष्टि गरेका थिए।

हमास र इजरायलबीचको युद्धविरामपछि भएको बन्दी साटासाटका क्रममा हमासले जोशीको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। डीएनए परीक्षण र फरेन्सिक रिपोर्टले शव विपिनकै भएको पुष्टि गरेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...