News Portal

ट्रम्पलाई ‘तानाशाह’ भन्दै युरोप, अमेरिका र क्यानडामा ठूलो प्रदर्शन

३३४ पटक

काठमाडौँ, कार्तिक २ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैलीलाई ‘राजासमान’ भएको आरोपमा शनिबार अमेरिका भरि प्रदर्शन भएको छ। वाशिङ्टन डीसी, न्यूयोर्क, शिकागो, मियामी, लस एन्जलस र अन्य शहरमा हजारौं नागरिक सडकमा उत्रिएका थिए। प्रदर्शनकारीहरूले ‘नो किङ्स’ अभियानअन्तर्गत लोकतन्त्र र संविधानको रक्षा माग गरे।

न्यूयोर्क सिटीको टाइम्स स्क्वायर वरिपरि करिब २० हजार प्रदर्शनकारी उपस्थित थिए भने शहरभर करिब १ लाख मानिस सहभागी थिए। उनीहरूले “लोकतन्त्र, राजासत्ताले होइन” र “संविधान ऐच्छिक होइन” लेखिएका प्लेकार्ड बोकेर आक्रोश व्यक्त गरे।

ट्रम्प समर्थकहरूले प्रदर्शनलाई अतिवामपन्थी ‘एन्टिफा’ आन्दोलनसँग जोडेर आलोचना गरे पनि अमेरिकी सञ्चारमाध्यमले शान्तिपूर्ण भएको पुष्टि गरेका छन्। ट्रम्पले आफूलाई ‘तानाशाह’ नभएको दाबी गर्दै देश निर्माणका लागि आवश्यक कदम चालिरहेको बताए।

वाशिङ्टन डीसीमा पनि हजारौं नागरिक सडकमा उत्रिएका थिए। सिनेटर चक शुमर, बर्नी स्यान्डर्स, कोरी बुकर र क्रिस मर्फीले प्रदर्शनलाई समर्थन जनाए। युरोपका बर्लिन, म्याड्रिड, रोम र क्यानडाको टोरन्टोमा समेत विरोध र्‍याली भएको थियो। हालैको सर्वेक्षण अनुसार ट्रम्पको लोकप्रियता ४० प्रतिशतमा झरेको छ भने ५८ प्रतिशत नागरिक असन्तुष्ट छन्।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...