News Portal

हर्क साम्पाङ नेतृत्वको श्रम–संस्कृति पार्टीले ‘हर्कवाद’ मुख्य सिद्धान्त घोषणा

३५२ पटक

विराटनगर, मंसिर १६ –  श्रम–संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आफ्नो राजनीतिक दर्शनका रूपमा ‘हर्कवाद’ सार्वजनिक गरेका छन्। पार्टीको अवधारणा प्रस्तुत गर्दै उनले श्रम, अनुशासन र प्रविधिको प्रभावकारी प्रयोगलाई देश विकासको मूल आधारका रूपमा व्याख्या गरे।

साम्पाङका अनुसार समाजमा देखिने अभाव, गरिबी र विभेद जस्ता समस्याको मूल समाधान अनिवार्य श्रम र श्रमदानबाट सम्भव हुन्छ। उनका शब्दमा, यिनै अभ्यासले द्वन्द्व, असन्तोष र अव्यवस्थाको अन्त्य गर्न मद्दत गर्छ, र यही सोच ‘हर्कवाद’ को केन्द्रमा छ।

पार्टीले अघि सारेको राजनीतिक संरचनामा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रमुख प्रस्तावको रूपमा राखिएको छ। पाँच वर्षको कार्यकाल र अधिकतम दुई कार्यकालको सीमा निर्धारित गरिएको छ। साथै राष्ट्रपति र उपराष्ट्रपति एउटै लिंग वा एउटै जाति/समुदायका नहुने उल्लेख छ।

साम्पाङले प्रस्तुत गरेको विस्तृत सिद्धान्तमा राजनीतिक सुधार, शिक्षा, युवा, अर्थतन्त्र, परराष्ट्र नीति र सुशासनसम्बन्धी विस्तृत खाका समेटिएको छ।

त्यसमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सीमा सुरक्षामा कडाइ, देशभित्र रहेका सबै आइएनजिओ खारेज गर्ने, हप्तामा तीन दिन कक्षा र चार दिन उत्पादन तथा साहित्यमा जोड दिने, १२ कक्षापछि अनिवार्य सैनिक तालिम, ‘एक गाउँ एक उद्योग’ र ‘एक घर एक स्वरोजगार’ जस्ता योजनाहरू समावेश छन्।

सरकारी खर्च कटौती, श्रमशील जनतालाई निःशुल्क स्वास्थ्य सेवा, गरिबलाई आधारभूत सुविधा सुनिश्चित गर्ने, सरकारी कर्मचारीको गल्तीमा कडाइका साथ कारबाही गर्ने र सबै बैठक सार्वजनिकरूपमा प्रसारण गर्ने प्रस्ताव पनि एजेन्डामा छन्।

साम्पाङका अनुसार यी योजनाहरूले देशलाई आत्मनिर्भर र श्रममुखी दिशातर्फ अघि बढाउने लक्ष्य राख्छन्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...