News Portal

  • लियोन मेस्सीले गर्यो, बार्सिलोना क्लवमै रहने धोषणा

    बार्सिलोनाका कप्तान लियोन मेस्सीले अन्तत: सिजनको अन्त्यसम्म बार्सिलोनामै रहने घोषणा गरेका छन्

    हिमाली संचार संवाददाता
    ३७२ पटक

    एजेन्सी । प्रतिष्ठित संचारमाध्यम गोल डटकम संग पछिल्लो केहि दिनको अवस्थाबारे बोल्दै लियोन मेस्सीले परिवारको आग्रहको कारण निर्णय बदल्न बाध्य भएको बताउदै, आफूसँग अदालत जाने विकल्प बाँकी रहदा पनि आफू हुर्किएको क्लबविरुद्ध अदालतसम्म नपुग्ने प्रष्ट पार्दै सिजनको अन्त्यसम्म बार्सिलोनामा रहने घोषणा गरेका छन् । 

    लियोन मेस्सी विगत दुई दशकदेखि बार्सिलोनामा रहेका ३३ वर्षीय मेस्सीले गोल डटकमलाई दिएको अन्तरबार्ताको नेपाली अनुवाद:

    ‘जब मैले बार्सिलोना छोड्ने विषयमा मेरो पत्नी र छोरालाई भने, मैले सोच्दै नसोचेको अवस्था सिर्जना भयो । सबैजना रुन थाले र बार्सिलोना नछाड्ने जिद्दी कसे । उनीहरु शहर मात्र होइन आफ्नो स्कुल पनि परिवर्तन गर्ने पक्षमा थिएनन् ।

    मैले भने अहिलेको अवस्था भन्दापनि दिर्घकालिन सोचका साथ यो निर्णय लिन खोजेको थिएँ । म अझै केहि वर्ष उच्च स्तरमा खेलेर उपाधि जित्न चाहन्छु । विशेषगरी च्याम्पियन्स लिग उपाधि जित्न चाहन्छु । खेलमा हार वा जित त हुन्छ नै, तर प्रतिस्पर्धा गर्नु उत्तिकै जरुरी छ । ‘हामी कमसेकम प्रतिस्पर्धामा उत्रनु जरुरी छ । हामी रोम, लिभरपुल र लिस्बनमा जस्तो तित्तर बित्तर हुनु हुँदैन । यो सबले पनि मलाई सोच्न बाध्य बनायो र निकै कठिन निर्णय लिन पुगें ।

    मैले सोचेको थिएँ की मेरो सम्झौता अनुसार म फ्री ट्रान्सफरमा छोड्न पाउने छु । क्लबका अध्यक्षले पनि सधैं आफ्नो निर्णय सिजनको अन्त्यमा लिने समय छ र बस्न चाहने नचाहने त्यसैबेला निर्णय गर्ने सुझाव दिएका थिए ।

    अहिले आएर क्लबले मैले आफ्नो निर्णय जुन १० अगाडी दिएको थिइनँ भन्ने अडान लिएको छ । मैले जुन १० मा लिगमा प्रतिस्पर्धा गरिरहेको बेलामा कसरी निर्णय लिन सक्थें र । कोरोनाभाइरसका कारण सिजन पछि सरेको थियो ।

    म अब यो सिजन क्लबमा नै रहनेछु । मैले क्लबमा बस्नुको एकमात्र कारण भनेको अध्यक्षले मलाई ७ सय मिलियन युरोको रिलिज क्लज नतिरी जान नदिने अडानका कारण हो । कुनैपनि क्लबले ७ सय मिलियन युरो तिर्न असम्भव छ ।

    मैले चाहेको भए मुद्दा लड्ने विकल्प पनि थियो । तर म कहिले पनि बार्सिलोनालाई अदालतसम्म लिएर जान सक्दिन । यो क्लबलाई म प्रेम गर्छु र यहाँ मैले जीन्दगीको सबैथोक पाएको छु । यो क्लब मेरो जीन्दगी हो र मैले मेरो जीवन यहीं बनाएको छु ।

    बार्सिलोनाले मलाई सबैथोक दिएको छ र मैले पनि क्लबलाई सबैथोक दिएको छु । मैले कहिले पनि क्लबलाई अदालतसम्म लग्छु भनेर सोचेको छैन ।

    मेरो छोरा माटिओ सानो छ र अहिले कतै अन्य ठाउँ गरेर बसाईं सार्ने तथा नयाँ जीन्दगी सुरुवात गर्नेभन्ने बुझ्न सकेको छैन । थियागो अलि ठूलो भएकाले केही बुझ्छ । उसले टिभीमा केही सुनेपछि मलाई प्रश्न गरेको थियो ।

    मैले उसलाई मेरो अवस्थाबारे थाहा हुन दिएको छैन । उसले तैपनि उसले रोइकराई गरेर कतै नजान भानिरह्यो । त्यो समय निकै नै कठिन थियो । म उसको अवस्था बुझ्छु, मलाई पनि कुनै समय त्यस्तै भएको थियो । यस्तो बेला निर्णय लिन कठिन हुन्छ ।

    म बार्सिलोनालाई माया गर्छु । मैले यहाँभन्दा राम्रो ठाउँ कतै पनि पाउँदिन । यसका बाबजुद मसँग निर्णय लिने अधिकार भने छ । म केही नयाँ चुनौती र अवसरको खिजिमा थिएँ । म जहिले पनि बार्सिलोना फर्कन सक्थें, किनभने मैले यहाँ सबथोक पाएको छु ।

    मेरो छोरा, मेरो परिवार यहाँ नै हुर्केको हो र यहींका हुन् । मैले क्लब छोड्न चाहनुमा केही गल्ति थिएँ । यो मेरो आवश्यकता थियो, क्लबको आवश्यकता थियो र सबै पक्षको भलो थियो । मेरो पत्नीले यो अवस्था आउँदा जति दुख लागेपनि हरदम मेरो साथ रहिन् ।’

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal