News Portal

सुनसरीको धरानबाट राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जाने बास्केटबल खेलाडीहरुलाई विदाई

विकास चाम्लिङ राई, धरान
४९९ पटक

फाल्गुण-२६, शनिबार/धरान – यहि फागुन २८ गतेदेखि काठमाडौंमा हुन लागेको थ्री वाई थ्री महिला-पुरुष राष्ट्रिय प्रतियोगितामा सहभागि हुन लागेका धरानका बास्केटवल खेलाडिहरुलाई शुक्रवार विदाइ गरेको छ ।

सुनसरीको प्रतिनिधित्व गर्दै धरानबाट पुरुष टिमले सहभागिता जनाउने भएको छ। शुक्रवार धरान बास्केटवल टिमका ५ जनाको टोलीलाई विदाई गरिएको थियो । उनीहरुलाई वुद्धचोक स्थित एमसी क्याफेमा बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईले खदा लगाएर विदाइ गरेका थिए। 

धरान बास्केटवल टिमले नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य रोशन राईको नेतृत्वमा कविन मगर, सर्वोधन राई, सुजन राई र रियोन राजवंशिले सहभाागिता जनाउने छ । टिमका लागि धरान १० न. वडाका वडाध्यक्ष एवं सुनसरी बास्केटवल संघका उपाध्यक्ष विवेक राईले जर्सी प्रदान गरेको छ । 

नेपाल बास्केटवल संघको आयोजनामा आयोजित महिला-पुरुष ओपन राष्ट्रिय प्रतियोगितामा धरानबाट पुरुष टिमले मात्र सहभागिता जनाएका हुन। प्रतियोगितामा पुरुषतर्फ ४० र महिलातर्फ ८ टिमले सहभागिता जनाएको छ। प्रतियोगितामा राष्ट्रिय अन्तराष्ट्रिय टिम तथा खेलाडिहरुको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...