News Portal

विनोद कुमार नेपाली बने पाँचौं मिस्टर कोशी

विकास चाम्लिङ राई, धरान
४८८ पटक

चैत्र-२५, आइतबार/धरान – एलाइनेट जिमको २१औं प्रस्तुति अन्तरगत शनिबार आयोजित पाँचौं मिस्टर कोशी शारीरिक सुगठन प्रतियोगिताको उपाधि भिजन फिटनेस क्लब धरानका विनोद कुमार नेपालीले चुमेको छ।

नेपाली ६५ केजी तौल समुहका विजेता बन्दै फाइनल चरणमा प्रवेश गरेका थिए। उनले उपाधि संगै नगद एक लाख १५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र र ५० हजार रुपैया बराबरको मल्टिसेट व्रेन्चप्रेस प्राप्त गरेका छन्। मल्टिसेट व्रेन्चप्रेस फिटनेस चोइस इटहरीले सौजन्य गरेका हुन्। 

त्यस्तै, उपविजेता धरान फिटनेस क्लबका लक्ष्मी मोक्तान, तेस्रो न्युट्री हब तरहराका प्रदिप महतो, चौथो एनिटाइम्स फिटनेसका उमेश राई र पाँचौं झुनाज फिटनेसका उत्सव लिम्बु भए। उनीहरुले क्रमशः दोस्रोले नगद ५० हजार, तेस्रोले नगद ४० हजार, चौथोले नगद ३० र पाँचौंले नगद २० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

व्यक्तिगत विद्यातर्फ वेस्ट पोजर उपाधि धरान फिटनेस क्लबका लक्ष्मी मोक्तान, मोस्ट इम्प्रुभमेन्ट भिजन फिटनेसका विनोद कुमार नेपाली, मस्कुलर म्यान फ्लेक्स फिटनेस केरावारीका डेविड राई र वेस्ट टिम उपाधि विजेता भिजन फिटेनेस घोषित भए। उनीहरुले जनही नगद ५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश माननीय विजयकुमार राई, कार्यक्रमका सभाध्यक्ष एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बु, धरान १८ न. वडाध्यक्ष प्रविण राई, धरान ८ न. वडाध्यक्ष धनवहादुर राई, एसपी भिम दाहाल, युवा नेता ऋषिराज राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

आयोजित कार्यक्रम धरान-१३ स्थित कभर्डहलमा आयोजित प्रतियोगितामा ५५ केजी तौल समुहबाट ५ जना, ६० केजीबाट ६ जना, ६५ केजीबाट ५ जना, ७० केजी र ७५ केजीबाट ३÷३ जना गरेर २२ जना प्रतिस्पर्धी खेलाडीहरुले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । 

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि माननीय विजयकुमार राईले पानसमा द्धिप प्रज्वलन गरेर उद्धाटन गरेका थिए। आयोजित प्रतियोगिताको मुख्य जजको रुपमा शिव मुखिया र सहयोगी जजहरुमा हरी धिमाल, इश्वरलाल उदास, नवनित प्रधान, कविरभगत प्रधानाङ्ग, केशव श्रेष्ठ र सिता राई श्रेष्ठ रहेको थियो। 

कार्यक्रममा गरिमा डान्स सेन्टरका कलाकारहरुले मिठो नृत्य प्रस्तुत गरेर उपस्थित दर्शकहरुलाई थप मनोरंजन दिलाएका थिए। कार्यक्रम संचालन संचारकर्मी मेरिना तुम्साले गरेका थिए ।

तस्वीरः विकास चाम्लिङ राई, धरान 

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...