News Portal

  • आज बैशाख-५ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल हेर्नुस्
    २०६२ पटक

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ५ गते बुधबार इश्वी सन २०२४ अप्रिल १७ तारीख चैत शुक्लपक्ष नवमी तिथी अश्लेषा नक्षत्र शूल योग तैतिल करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा मातंग योग कालयुक्त नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु रामनवमी व्रत रामजयन्ती भत्तपूरमा भैरव भद्रकाली जात्रा सम्पन्न॥

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईलाई भुमि एवं वाहन सुख मिल्ने योग रहेको छ। शत्रुहरु परास्त हुने देखिन्छ। तपाईका पारिवारिक स्वास्थ्यमा समस्या उत्पन्न हुनसक्नेछ। नोकरीमा उन्नति मिल्ने योग रहेको छ। सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ। सभा सम्मेलनमा सरीक हुने अवसर जुट्नेछ। सामाजिक कार्यमा आफु अग्रसर भएको खण्डमा भने अरुको विश्वास जित्ने योग छ ।

    बृष राशिः  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज मित्रजनहरुको सहयोगमा सामान्य यात्राको सम्भाबना रहेको छ। तपाईका प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सहज बन्ने छ। तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्यत्तिहरुलाई सहजै प्राप्त हुनेछ। यात्रा झन्झट पुर्ण रहन सक्छ। आज काम गर्दा विशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्ने छ।

    मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज तपाईका स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ। तपाईलाई सामान्य चोट पटक लाग्न सक्छ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्ने देखिन्छ। तपाईको समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्ने छ। आफन्तजनहरुको सहयोगको कमी महसुस हुने छ। आज स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्ने देखिन्छ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज तपाईको स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने योग रहेको छ। आय आम्दानिका विभिन्न श्रोतहरु फेला पर्न सक्छ। तपाईका मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्ने छ। पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । प्रेम सम्बन्धमा सुधार आउने देखिन्छ। ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहने छ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – तपाईका अधुरो यात्रा रहने योग रहेको छ। अरुको छिटो विश्वास गर्नाले सामान्य धोका हुन सक्छ। तपाईलाई मानसिक चिन्ताले सताउने योग रहेको छ। तपाईको आट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ। तपाईका सहयोगी ब्यक्तिहरुको सहयोग छुट्नाले तपाईको मनमा आघात पुग्ने देखिन्छ। तपाई सगँ प्रतिस्पर्धा गर्ने ब्यक्तिहरुको बृद्धि हुने छ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – दिदी बहिनीहरुको सहयोगले दिगो फाईदा हुने कार्यको थालनी हुने देखिन्छ। आज तपाईलाई धनलाभको सम्भाबना रहेको छ। तपाईका बौधिक क्षेत्रका ब्यतित्व सगँको संगतद्वारा तपाईको मन प्रशन्न रहला। सन्तान सम्बन्धि समस्याले सताउन सक्छ। तपाईका यात्राका कारण सामान्य खर्च हुन सक्ने छ। तपाईका पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।

    तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज बिद्यार्थी बर्गको बौद्धिक विकासका निम्ति राम्रो समय रहेको छ। मान्यजनको सहयोगद्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर हुन सक्छ। श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मानसम्मान प्राप्त हुने समय रहेको छ। सामाजिक कार्यमा अग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुन सक्छ ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – तपाईको ईष्ट मित्रजनको सहयोग प्राप्त हुनाले तपाईका कार्य सहज रहला। मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्ने छ। आजको कार्यले भोलिलाई फाइदा रहने छ। सामान्य शंका उपशकांहरुको निवारण हुने दिन रहेको छ। परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज मानसीक चञ्चलताले तपाईका कार्य क्षेत्रमाझन्झट आई पर्ने छ । सामान्य बादबिवादको सम्फावना रहेको छ। तपाईको मनमा उत्पन्न विभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्ने छ। ब्यक्तित्व विकासमा जुट्ने समय रहेको छ। मित्रजनको सहयोमा बृद्धि हुने छ। सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज साजेदारी कार्यमा हात नहालेकै राम्रो हुने छ।  ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखा पर्न सक्छ। तपाईका विश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्छ। तपाईको कार्यबाट फाईदा लिनेहरुको सङख्यामा बृद्धि हुने छ। तपाईका आटशाहसको बृद्धि हुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट हुन सक्छ। 

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईले अरुको संगत गर्ने बानिले सामान्य समस्या आइ पर्न सक्छ। तपाईको मनमा चञ्चलताले बास गर्ने योग रहेको छ। तपाईका कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्धि हुनाले तपाईलाई सामान्य झन्झट हुन सक्छ। तपाईले निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुने छ। तपाईका सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ। तपाईका सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला। अनावश्यक यात्रा हुन सक्छ ।

    मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज आम्दानिका विभिन्न स्रोतहरु फेला पर्ने छन्। तपाईका बौधिक क्षेत्रका ब्यतित्व सगँको संगतद्वारा तपाईको मन प्रशन्न हुने छ। आज तपाईको पठनपाठनको निम्ति उत्तम समय रहेको छ। तपाउले गरिरहेको कार्य क्षेत्रमा तपाईका मन चञ्चल रहनाले अरु नयाँ कामको थालनी हुन सक्छ। आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय हुन सक्ने देखिन्छ। 

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १८ गते मंगलबार इश्वी सन २०२४ अप्रिल ३०...

    खरबुजा खाएपछि कुन चिज खानु हुन्छ र खानु हुन्न हेर्नुस्

    गर्मीको मौसम सुरु हुनासाथ बजारमा जताततै खरबुजा देखिन्छ। यो रसिलो फल खान त स्वादिलो हुन्छ...

    कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन

    कुवेत– नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४...

    नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन जुन २१

     कुवेत– नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको...

    नेपाल कुवेत सरोकार समाजको पाँचौ सांगितिक धमाका मे ३१

    कुवेत– नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो ३१ मे २०२४ शूक्रबार...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal