News Portal

सिमा सुरक्षा बल नेपाल र भारतबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

रबिन्द्र बराल, मोरङ
३७१ पटक

चैत्र-१३,मंगलबार/मोरङ – सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा. ककालिनी-३ मोरंग र सीमा सुरक्षा बल र भारतबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ। धनपालथान गाउँपालिका वडा नम्बर-३ स्थित १० मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भएको हो।

खेलको उद्घाटन प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले पानसमा बत्ति बालेर खेलको उद्घाटन गर्नुका साथै रेफ्रीलाई बल हातमा दिएर खेल उद्घाटन गरिएको थियो। 

अथितिमा रंगेली नगर  प्रमुख दिलिप कुमार अग्रवाल,  धनपालथानका अध्यक्ष जिवस प्रसाद गच्छदार, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, स.प्र.बल नेपाल नं. ३ गण कंकालिनी मोरङको गणपति विश्व बन्धु खड्‌का, भारतीय सीमा सुरक्षा चल 52 BN अररियाका कमाण्डेण्ड महेन्द्र प्रताप, भारतीय डिप्युटी कम्पनी कमाण्डर आनन्द प्रकाश यादव, सुरक्षा बलका AC सुमित मल्लिक,  सुरक्षा बलका AC C. भिभेक, स्थानीय, समाजसेवी बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो। 

राष्ट्रको सीमा सुरक्षासंग त्यस देशको राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ता जस्ता बिषयहरु जोडीएको र त्यसको अलावा राजनैतिक, सामाजिक, आर्थिक र सांस्कृतिक लगायतका बिविध विषयहरु समेत यसै संग जोडिएर रहेको    हरेक राष्ट्रले सीमा सुरक्षालाई गहन र संवेदनशिल विषयको रुपमा ग्रहण गर्दै बिशेष प्राथमिकताका साथ सीमाको सुरक्षामा आफ्नो फौजहरुको परिचालन गरिरहेको बताए। 

नेपाल-भारत सीमा सुरक्षाको लागि नेपाल राष्ट्रको तर्फबाट खटिएको स.प्र.बल, नेपाल र मित्र राष्ट्र भारतको तर्फबाट खटिएको सशस्त्र सीमा बल बिचको सुमधुर सम्बन्ध, समन्वय, सूचना आदन-प्रदान र आपसी भाईचारापनले सीमानामा हुने विभिन्न किसिमका सीमा अपराध नियन्त्रणका लागि महत्वपूर्ण भूमिका रहेको समेत बताए ।  

सीमा सुरक्षाको विशेष जिम्मेवारी पाएको दुवै फौज बिच आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन र सीमा इलाकामा बसोवास गर्ने स्थानीय जनताहरुको सुरक्षा फौज बति सकारात्मक धारणा विकास गर्न यस्ता किसिमका खेलकूद र गतिबिधीले थप टेवा पुन्याउँछ  भन्ने उद्देश्यका साथ नेपाल भारतको दगजामा मैत्रीपूर्ण भलिबल खेल संचालन गरिएको प्रमुख अतिथि अञ्जनी कुमार पोखरेलले बताए। 

आयोजित खेल नेपालका सशस्त्र प्रहरी विजय भएको छ। विजेता र उपविजेता खेलाडीहरुलाई सशस्त्र प्रहरी र भारतीय एसएसपीहरूले दुबैतर्फबाट मेडल, सिल वितरण गरिएका थिए ।

तस्वीर: रबिन्द्र बराल, मोरङ

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...