News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • दोस्रो गोर्खा ट्रेल व्लेजरको उपाधि प्रशान्त र जुहिलाई

    विकास चाम्लिङ राई, धरान
    २२० पटक

    चैत्र-३,शनिबार/धरान – गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको अयोजना, धरान १८ न. वडाको संयोजन तथा धरान उपमहानगरपालिकाको सहयोगमा शनिवार आयोजित दोस्रो गोर्खा ट्रेल व्लेजर ८.५ किलोमिटर दौड प्रतियोगिताको उपाधि धरानका प्रशान्त तामाङ र भोजपुरकी जुहि राईले जितेकी छन ।

    पुरुषतर्फका उपाधि विजेता प्रशान्त तामाङले ३१ मिनट ५९ सेकेन्ड र महिलातर्फको उपाधि विजेता जुहि राईले ४१ मिनट ५४ सेकेन्डमा दौड पुरा गर्दै उपाधि जितेका हुन्। विजेता प्रशान्तले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे। प्रशान्त गत फागुन १२ गते सम्पन्न १२औं धरान १० किलोमिटर रन प्रतियोगिताका उपविजेता समेत हुन । महिलातर्फका विजेता जुहिले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । उनी पनि १० किलोमिटर रन प्रतियोगिताका १६ वर्ष मुनिका विजेता खेलाडि हुन । 

    जुहि भोजपुरबाट प्रतियोगितामा भाग लिनकै लागि धरान आएकी हुन । त्यस्तै, पुरुषतर्फ पवन राई दोस्रो र राजकुमार शेर्मा तेस्रो स्थान प्राप्त गरे । महिलातर्फ इन्द्रकला नेम्वाङ निक्की दोस्रो र सिर्जना राईले तेस्रो स्थान प्राप्त गरे । 

    दोस्रो र तेस्रो उपाधि विजेता महिला पुरुष खेलाडिहरुले क्रमशः जनहि नगद १० हजार, ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । चोथौ, पाचौ, छैठौ र सातौ हुने पुरुष र महिला दुबैतर्फका खेलाडिहरुलाई धरान सस्तो मम पसलका प्रोपराइटर निर राईले जनहि एक एक हजार रुपैया प्रदान गरेको छ । 

    त्यस्तै, चौथो, पाचौ, छैठौ र सातौ हुने खेलाडिहरुमा क्रमश पुरुषतर्फ समिर कन्दङवा, विशाल राई, रोदन राई, एन्जल राई र महिलातर्फ कल्पना राई, जुलिन राई, छेन्वीमाया राई र विनिता राई भए ।

    विजेता तथा उपविजेता खेलाडिहरुलाई कार्यक्रमका सभाध्यक्ष महेन्द्रकुमार राई, १ न. प्रदेश माननीय मिना श्रेष्ठ, नेपाल ओलम्पिक कमिटि सहमहासचिव पिताम्वर तिम्सिना, २० नं वडाअध्यक्ष पदम लिम्बु, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदी, धरान १८ वडासदस्य दिलकुमारी राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

    जिवित वीर गोर्खा सैनिकको सम्मानमा सम्पन्न दौड प्रतियोगिता धरान १८ स्थित रत्न चौकबाट सुरु भएको थियो। रत्न चौकबाट सुरु भएको दौड मंगलवारे, सर्दु पुल, भन्ज्याङ हुदै गोर्खा स्मृति पार्कमा समापन भएको थियो। 

    उक्त प्रतियोगितामा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर, धनकुटा लगायत जिल्लाबाट ६ सय जना भन्दा धेरै धावकहरुले सहभागिता जनाएको थिए। रन सुरु हुन भन्दा अघि १ न. प्रदेश माननीय विजय राई, माननीय मिना श्रेष्ठ, धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम वेघा, नेपाल ओलम्पिक कमिटि सहमहासचिव पिताम्वर तिम्सिना, समाजसेवी एवं नेपाली कांङग्रेस महासमिति सदस्य सुवास राई र इलाका प्रहरी कार्यालय प्रमूख नवराज मल्ललाई किराती संस्कार अनुसार फेटा गुथेर सम्मान समेत गरिएको थियो। 

    उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष महेन्द्रकुमार राई, कार्यक्रम संयोजक धरान १८ वडाध्यक्ष नरेन्द्रकुमार राई “प्रविण” र धरान उपमहानगरपालिका पूर्व मेयर तिलक राईले फेटा बाधीदिएका थिए। दौड प्रतियोगिता संचालनका लागि प्राविधिक सहयोग धरान रन संस्थाले गरेका थिए ।

    नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्षले उल्टो गतिमा दौडिए। दोस्रो गोर्खा ट्रेल रनमा नेपाल पत्रकार मसासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राईले उल्टो गतिमा कुदेर दौड पुरा गरेका छन् । उनले नेपाल पत्रकार महासंघ केन्द्रिय कमिटिले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको इतिहास मेटने प्रयास गरेको बताउदै विरोध स्वरुप उल्टो कुदेर दौडमा भाग लिएको बताए । अध्यक्ष राईले १ घण्टा ४० मिनटमा दौड पुरा गरेका थिए । 

    महासंघ केन्द्र कमिटि उल्टो गतिमा कुदिरहेको छ । उनले साङकेतिक विरोध जनाउदै उल्टो कुदेर महासंघ केन्द्र कमिटिको ध्यानकर्षण गराएको राईले बताए । महासंघ केन्द्र कमिटिले केहि समय अघि महासंघका अध्यक्षहरुको जिवनी समेटिएर “अग्रज अनुहार” पुस्तक तयार पारेको थियो । 

    पुस्तकमा संस्थापक अध्यक्ष सत्यनारायण श्रेष्ठको बारे पुस्तकमा कही उल्लेख नगरी अन्यलाई संस्थापक अध्यक्षको रुपमा प्रस्तुत गर्दै इतिहास मेट्ने प्रयास गरेपछि पुस्तक लोकापर्णको दिन लोकापर्ण हुन अघि नै नेपाल आदिवासी जनजाति पत्रकार महासंघले विरोध गदै पुस्तक च्यात्दै कार्यक्रम समेत बिथोलेका थिए ।
    तस्वीरः विकास चाम्लिङ राई, धरान

    प्रतिकृया दिनुहोस्

    मकै काट्ने मेसिन भित्रिएपछि कृषक उत्साहित

    मोरङ, जेठ १ – मोरङको दक्षिणी भेगमा पर्ने रंगेली, सुनवर्सी, रतुवामाई र धनपालथान गाउँपालिका लगायतका...

    पानीजहाज विधेयकमा ‘तोकिए बमोजिम’ शब्दप्रति असन्तुष्टि, संशोधनतर्फ विधायन समिति

    काठमाडौं, जेठ १ – राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी विधेयकमा...

    नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट

    काठमाडौं, जेठ १ – नेपाली सुनचाँदी बजारमा बिहीबार ठूलो गिरावट देखिएको छ। लगातार स्थिर देखिएको...

    गैरआवासीय नेपालीहरूबीच एकताको अपिल : एनआरएनए ग्लोबल कन्क्लेभबाट आठ बुँदे निष्कर्ष सार्वजनिक

    काठमाडौं, जेठ १ – काठमाडौंमा सम्पन्न “एनआरएनए ग्लोबल कन्क्लेभ–२०२५” ले गैरआवासीय नेपालीहरू (एनआरएन) बीचको विवाद...

    आजको राशिफल

    आज जेठ १, २०८२ (मे १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...