News Portal

बैशाख २९ गतेदेखि धरानमा दोस्रो अल्फा विटा ओपन बास्केटवल प्रतियोगिता हुने

विकास चाम्लिङ राई, धरान
५६० पटक

बैशाख-४, मंगलबार/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा धरानमा दोस्रो अल्फा विटा ओपन महिला/पुरुष बास्केटवल प्रतियोगिता हुने भएको छ ।

सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा यहि बैशाख-२९ गतेदेखि सुरु हुन लागेको प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ८ टिमले सहभागिता जनाउने मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराए। प्रतियोगितामा पुरुषतर्फका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। 

त्यस्तै, महिलातर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। त्यस्तै, व्याक्तिगत विद्यातर्फ प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले पुरुषतर्फ नगद १० हजार र महिलातर्फ नगद ५ हजार, ट्रफी, प्रमाणपत्र र अल्फा विटा निशुल्क छात्रवृती प्राप्त गर्ने छन्। प्रतियोगिताको राइजिङ प्लेयरको पुरुषतर्फका उपाधि विजेताले नगद ५ हजार र महिलातर्फका विजेताले नगद २ हजार ५ सय रुपैया, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्।

थ्री पोइन्ट कम्पिटिसन हुनेः प्रतियोगिताको फाइनल म्याच अघि प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसन समेत हुने भएको छ। खेलाडिहरुको हौसला वढाउन पुर्व बास्केटवल खेलाडि तथा चर्चित गायक प्रकाश पौडेलको प्रायोजनमा थ्री पोइन्ट कम्पिटिसन हुन लागेका हो। थ्री पोइन्ट कम्पिटिसनका महिला र पुरुष विजेताले जनहि नगद ५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् ।

प्रतियोगिताको सम्पूर्ण खेल धरान-१६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा सम्पन्न हुने छ। प्रतियोगितामा धरान, भापा, मोरङ, इलाम, उदयपुर, धनकुटा लगायत जिल्लाहरुबाट खेलाडीहरुले सहभागिता जनाउने छन्। प्रतियेगितामा धरान-२ स्थित अल्फा विटा कोयला एजुकेशन कन्सलटेन्ट मूख्य प्रायोजकको रुपमा रहेको छ। अल्फा विटाले स्वदेशी तथा विदेशी अध्ययनका लागि परार्मश प्राप्त गर्नुका साथै अध्ययनका लागि तयारी कक्षा संचालन गर्ने छन्।

सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिको अध्यक्षतामा अल्फा विटाको सभा-हलमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य रोशन राई, सुनसरी बास्केटवलका उपाध्यक्ष तथा धरान १० नं. वडाका वडाध्यक्ष विवेक राई, अल्फा विटाका प्रोपराइटर सन्जिव वान्तावा, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, अग्रज पत्रकार हर्ष सुब्बा लगायत महानुभावहरुको विशेष उपस्थिति रहेको थियो ।
तस्वीरः विकास चाम्लिङ राई, धरान

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...