
काठमाडौं – नेपाल वितरक संघ ले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा संघको कार्यालय रहेको स्थान वानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा सम्पन्न गरेको छ। कार्यक्रममा सल्लाहकारहरु र पुर्व अध्यक्षहरुबाट शुभकामना मन्तव्य भएको थियो ।
उक्त कार्यक्रममा वोल्दै पुर्व अध्यक्ष एवं सल्लाहकार संयोजक दुर्गाराज श्रेष्ठले क्यालेण्डर विमोचन कार्यक्रमबाट नेपालमा भएका उधोग,वितरक,विक्रेता तथा उपभोक्ताहरु विच थप सुमधुर संवन्धको वातावरण वनाएको हुन्छ। उधोगबाट उत्पादीत ब्राण्डहरु उल्लेखित विज्ञापनबाट उधोगको थप व्यापार वढाई रहेको हुन्छ भने अर्कोतिर संस्थाको आर्थिक पाटोमा पनि सहयोग पुर्याई रहेको हुन्छ।
मुलुकमा विधमान आर्थिक मन्दि विच टिक्न र टिकाउन मुस्किल भैरहेको उधोग व्यापारमा अव २०८१ साल आर्थिक समृद्दी मा थप सुधार हुनेगरि आशावादि रहेको र सोहि अनुरुप उर्जाशिल रुपमा सुधारको लागी प्रयत्नशिल रहन उत्साहित गरिएको छ,कार्यक्रममा संघको अध्यक्ष घिमिरेबाट क्यालेण्डर निर्माणका लागी संस्थाको सचिव लोकेश्वर मान जोशी र टिम लाई प्रंशसा गर्दै विज्ञापन दिएर सहयोग गर्नु हुने सवैमा धन्यवाद ज्ञापन गरि नव वर्ष २०८१ शुखद रहोस भनि कामना सहितको शुभकामना व्यक्त गरिएको छ ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
