News Portal

  • गुण्डागर्दीमा उत्रियो नेकपा, रुकुम पश्चिमका प्रेस युनियनका सचिव खनाल सहित १ दर्जनमाथि छुरी प्रहार

    हिमाली संचार संवाददाता
    ५९९ पटक

    रुकुम : सत्तारुढ नेकपाका कार्यकर्ताहरु राज्य संरक्षित गुण्डागर्दीमा उत्रिएका छन्। रुकुम पश्चिममा नेकपाका कार्यकर्ताहरुले भाइटीकाकै दिन नेपाल प्रेस युनियन रुकुम पश्चिमका सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनालसँगै भलिवलका राष्ट्रिय खेलाडी दिपक कुसारी, मदन कुसारी रिजाल सहित थप १२ जना व्यक्तिहरुलाई छुरी तथा अन्य हतियार प्रहार गरि घाइते बनाएका छन्।

    भाइटीकाको दिन शुक्रवारअपरान्ह साढे ४ वजेतिर रुकुम वाफिकोट ६ मग्माका स्थानिय सोनु परियारको शुद्धी कार्यक्रममा जाँदै गरेका खनाल र कुसारी सहितका व्यक्तिहरुलाई कमलजंग खनाल, कर्ण बहादुर कुसारी, कमोद कुसारी, विकास कुसारी, कनिल कुसारी, अमरसिंह कुसारी लगायत नेकपा रुकुमका दर्जनौंका संख्यामा आएका कार्यकर्ताहरुले सांघातिक आक्रमण गरेका थिए। आक्रमणमा परि घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम खलङ्गामा लगिएको छ।

    रुकुमको घटना लगत्तै नेपाल प्रेस युनियनले विज्ञप्ती निकाली विरोध गरेको छ। युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाली राज्य संरक्षित गुण्डागर्दीमा परि गम्भिर घाइते भएका खनालको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्काल उपचारको लागि व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्र्द। साथै उनले गुण्डागर्दीमा उत्रिएका व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिइ कडा भन्दा कडा कार्वाही गर्न माग गरेका छन्। शिवाकोटीले दोषीहरुलाई कार्वाहीमा ढीलासुस्ती गरिए देशभरका पत्रकार साथीहरुलाई लिएर सरकार विरुद्ध नै आन्दोलित हुने समेत चेतावनी दिएका छन्।

    युनियनले जारी गरेको विज्ञप्ती :-

    मितिः २०७५ कार्तिक २३

    प्रेस विज्ञप्ती

    नेपालीहरुको महान चाड तिहार मनाइरहेका बेला समेत सत्तारुढ ने क पा रुकुम पश्चिमका कार्यकर्ताहरुले गरेको नियोजित सांघातिक आक्रमणमा परि  नेपाल प्रेस युनियन रुकुम पश्चिमका सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनाल गम्भिर घाइते भएको घटनाले नेपाल प्रेस युनियन अत्यन्तै आक्रोशित भएको छ। 
    नेकपामा क्रियाशिल रहेका पूर्व माओवादी नेता कार्यकर्ताहरुको समुहले खनाललाई छुरी प्रहार गरि गम्भिर घाइते बनाएका छन्। खनालसँगै भलिवलका राष्ट्रिय खेलाडी दिपक कुसारी, मदन कुसारी रिजाल सहित थप १२ जना व्यक्तिहरुलाई समेत ने क पा रुकुमका कार्यकर्ताहरुले सांघातिक आक्रमण गरेका छन्। 
    अपरान्ह साढे ४ वजेतिर रुकुम वाफिकोट ६ मग्माका स्थानिय सोनु परियारको शुद्धी कार्यक्रममा जाँदै गरेका खनाल, कुसारी सहितका व्यक्तिहरुलाई कमलजंग खनाल, कर्ण बहादुर कुसारी, कमोद कुसारी, विकास कुसारी, कनिल कुसारी, अमरसिंह कुसारी लगायत ने क पा रुकुमका दर्जनौंका संख्यामा आएका कार्यकर्ताहरुले सांघातिक आक्रमण गरेका थिए। आक्रमणमा परि घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम खलङ्गामा लगिएको छ। 
    दशैंको बेलामा समेत वाफिकोटका स्थानिय तह र रुकुम पश्चिमका स्थानिय प्रसासनले नेपाल लोकतान्त्रिक खेलकुद संघले गरेको कार्यक्रम बल प्रयोग गरेरै रोकेको थियो। त्यसयता रुकुम पश्चिममा ने क पाका कार्यकर्ताहरुले डरको वातावरण सिर्जना गर्दै आएका छन्। भाइटीकाको दिन नै भएको यो आक्रमण राज्य संरक्षित गुण्डागर्दीको उदाहरण हो। 
    नेपाल प्रेस युनियन राज्य संरक्षित गुण्डागर्दीमा परि गम्भिर घाइते भएका खनालको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्काल उपचारको लागि व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गर्दछ। साथै गुण्डागर्दीमा उत्रिएका व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिइ कडा भन्दा कडा कार्वाही गर्न माग गर्दछ। दोषीहरुलाई कार्वाहीमा ढीलासुस्ती गरिए देशभरका पत्रकार साथीहरुलाई लिएर सरकार विरुद्ध नै आन्दोलित हुने समेत चेतावनी दिन चाहन्छौ। 
    अजयबाबु शिवाकोटी
    महासचिव
    नेपाल प्रेस युनियन

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खनालमाथि भएको आक्रमणको निन्दा गरेका छन्। शर्माले सो घटनाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण समेत गराएका छन्।

    प्रतिकृया दिनुहोस्

    सद्भाव बचतद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

    बैशाख-१५, शनिबार/मोरङ – कहिले पनि न अस्ताउने सूर्य को सहर गाउँ सर उज्यालो बनाउने सद्भावको...

    ब्रह्म कुमारी उपशाखा रङ्गेलीको २१औं वार्षिक उत्सव सम्पन्न

    बैसाख-१५, शनिबार/मोरङ –   माेरङकाे  रंगेली नगरपालिका ७ स्थित बस पार्कमा रहेको ब्रहृमा कुमारी उपशाखा केन्द्र...

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुबेतमा ४ जना नयाँ पत्रकारको प्रवेश

    कुवेत – नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको दोस्रो बैठकबाट कुवेतको विभिन्न मिडियामा आबद्ध भएका...

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal