News Portal

  • हिँडेरै अस्पताल गएकी दैलेखेकी युवतीको मृत्यु

    हिमालीसंचार संवाददाता
    ७३३ पटक
    २०८० चैत ३० गते शुक्रबार

    सुर्खेत। सुर्खेतमा हिँडेरै अस्पताल पुगेकी एक युवतीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ। दैलेखको आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामी पेट दुखेको भन्दै उपचारका लागि सुर्खेत पुगेकी थिइन्।

    उनी सामान्य चेकजाँचका लागिमात्रै अस्पताल सुर्खेत गएकी थिइन्। वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या देखियो।

    त्यसपछि उनी देशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल जाने विचार गरिन्। बिहीबार बिहानै उनी अस्पताल भर्ना भएकी थिइन्। हिँडेर आफैं अस्पताल पुगेकी थिइन् उनी।

    अस्पतालमा चेकजाँच गराउँदा ४ महिनाअघि प्रसूति गराउँदा पाठेघरमा केही सालनाल रहेको कुरा चिकित्सकले जानकारी दिए। अप्रेसन गरेर पाठेघर सफा गर्दैगर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदिएको परिवारका सदस्यले बताएका छन्।

    अस्पतालले दिउँसो ३ बजेतिर मृत घोषणा गरेको थियो। परिवारलाई भेट्नै नदिई एक्कासि रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरिए आफन्तको भनाइ छ।

    डाक्टरहरूको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै आफन्तहरूले आन्दोलन गरिरहेका छन्। भीमाको मृत्यु भएसँगै अस्पताल परिसर तनावग्रस्त छ भने, परिवारले शव बुझ्न मानिरहेका छैनन्। उचित क्षतिपूर्तिसहित छानबिनको माग आफन्तहरूले गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...