News Portal

भारतीय सेना र माओवादी भिडन्त, १८ जनाको मृत्यु

हिमालीसंचार संवाददाता
५६६ पटक

दिल्ली। सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ। सुदूरपूर्वी राज्य छत्तीसगढमा छापामारहरूको मृत्यु भएको हो।

यो वर्ष भारतीय माओवादी समूहले प्रशासनसँगको झडपमा आफ्ना ७० भन्दा बढी लडाकुलाई गुमाउनुपरेको छ।

बस्तर जिल्लाका प्रहरी महानिरीक्षक सुन्दरराज पट्टीलिङमले एएफपीलाई बताएअनुसार राज्यको छत्तिसगढको राजधानी रायपुरको दक्षिणमा पर्ने काँकर जिल्लामा १८ जनाको मृत्यु भएको हो।

उक्त झडपमा तीन जना सुरक्षाकर्मी पनि घाइते भएका उनले बताए। छत्तीसगढमा सबैभन्दा बढी माओवादी मारिएको प्रहरीको तथ्याङ्कले देखाएको छ।

मध्य, दक्षिणी र पूर्वी राज्यहरूमा फैलिएको तर आकारमा खुम्चिएको विद्रोही बहुल ’रेड करिडोर’ मा भारतले माओवादी विद्रोहीहरूसँग लड्न दशौं हजार सुरक्षाकर्मी तैनाथ गरेको छ।

भारतमा नक्सलवादी भनेर चिनिने र ग्रामीण गरिबका लागि लडिरहेको बताउने विद्रोही समूहले सन् १९६७ देखि भूमिगत रूपमा सङ्गठन गर्दै छापामार युद्ध गर्दै आएका छन्।

नयाँ दिल्लीले दुर्गम क्षेत्रमा पूर्वाधार विकासमा करोडौं डलर लगानी गरेको छ र सन् २०२३ मा विद्रोहलाई ४५ जिल्लामा सीमित गरेको दाबी गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...