News Portal

गुण्डागर्दीमा उत्रियो नेकपा, रुकुम पश्चिमका प्रेस युनियनका सचिव खनाल सहित १ दर्जनमाथि छुरी प्रहार

हिमाली संचार संवाददाता
७९९ पटक

रुकुम : सत्तारुढ नेकपाका कार्यकर्ताहरु राज्य संरक्षित गुण्डागर्दीमा उत्रिएका छन्। रुकुम पश्चिममा नेकपाका कार्यकर्ताहरुले भाइटीकाकै दिन नेपाल प्रेस युनियन रुकुम पश्चिमका सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनालसँगै भलिवलका राष्ट्रिय खेलाडी दिपक कुसारी, मदन कुसारी रिजाल सहित थप १२ जना व्यक्तिहरुलाई छुरी तथा अन्य हतियार प्रहार गरि घाइते बनाएका छन्।

भाइटीकाको दिन शुक्रवारअपरान्ह साढे ४ वजेतिर रुकुम वाफिकोट ६ मग्माका स्थानिय सोनु परियारको शुद्धी कार्यक्रममा जाँदै गरेका खनाल र कुसारी सहितका व्यक्तिहरुलाई कमलजंग खनाल, कर्ण बहादुर कुसारी, कमोद कुसारी, विकास कुसारी, कनिल कुसारी, अमरसिंह कुसारी लगायत नेकपा रुकुमका दर्जनौंका संख्यामा आएका कार्यकर्ताहरुले सांघातिक आक्रमण गरेका थिए। आक्रमणमा परि घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम खलङ्गामा लगिएको छ।

रुकुमको घटना लगत्तै नेपाल प्रेस युनियनले विज्ञप्ती निकाली विरोध गरेको छ। युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाली राज्य संरक्षित गुण्डागर्दीमा परि गम्भिर घाइते भएका खनालको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्काल उपचारको लागि व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्र्द। साथै उनले गुण्डागर्दीमा उत्रिएका व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिइ कडा भन्दा कडा कार्वाही गर्न माग गरेका छन्। शिवाकोटीले दोषीहरुलाई कार्वाहीमा ढीलासुस्ती गरिए देशभरका पत्रकार साथीहरुलाई लिएर सरकार विरुद्ध नै आन्दोलित हुने समेत चेतावनी दिएका छन्।

युनियनले जारी गरेको विज्ञप्ती :-

मितिः २०७५ कार्तिक २३

प्रेस विज्ञप्ती

नेपालीहरुको महान चाड तिहार मनाइरहेका बेला समेत सत्तारुढ ने क पा रुकुम पश्चिमका कार्यकर्ताहरुले गरेको नियोजित सांघातिक आक्रमणमा परि  नेपाल प्रेस युनियन रुकुम पश्चिमका सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनाल गम्भिर घाइते भएको घटनाले नेपाल प्रेस युनियन अत्यन्तै आक्रोशित भएको छ। 
नेकपामा क्रियाशिल रहेका पूर्व माओवादी नेता कार्यकर्ताहरुको समुहले खनाललाई छुरी प्रहार गरि गम्भिर घाइते बनाएका छन्। खनालसँगै भलिवलका राष्ट्रिय खेलाडी दिपक कुसारी, मदन कुसारी रिजाल सहित थप १२ जना व्यक्तिहरुलाई समेत ने क पा रुकुमका कार्यकर्ताहरुले सांघातिक आक्रमण गरेका छन्। 
अपरान्ह साढे ४ वजेतिर रुकुम वाफिकोट ६ मग्माका स्थानिय सोनु परियारको शुद्धी कार्यक्रममा जाँदै गरेका खनाल, कुसारी सहितका व्यक्तिहरुलाई कमलजंग खनाल, कर्ण बहादुर कुसारी, कमोद कुसारी, विकास कुसारी, कनिल कुसारी, अमरसिंह कुसारी लगायत ने क पा रुकुमका दर्जनौंका संख्यामा आएका कार्यकर्ताहरुले सांघातिक आक्रमण गरेका थिए। आक्रमणमा परि घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम खलङ्गामा लगिएको छ। 
दशैंको बेलामा समेत वाफिकोटका स्थानिय तह र रुकुम पश्चिमका स्थानिय प्रसासनले नेपाल लोकतान्त्रिक खेलकुद संघले गरेको कार्यक्रम बल प्रयोग गरेरै रोकेको थियो। त्यसयता रुकुम पश्चिममा ने क पाका कार्यकर्ताहरुले डरको वातावरण सिर्जना गर्दै आएका छन्। भाइटीकाको दिन नै भएको यो आक्रमण राज्य संरक्षित गुण्डागर्दीको उदाहरण हो। 
नेपाल प्रेस युनियन राज्य संरक्षित गुण्डागर्दीमा परि गम्भिर घाइते भएका खनालको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्काल उपचारको लागि व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गर्दछ। साथै गुण्डागर्दीमा उत्रिएका व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिइ कडा भन्दा कडा कार्वाही गर्न माग गर्दछ। दोषीहरुलाई कार्वाहीमा ढीलासुस्ती गरिए देशभरका पत्रकार साथीहरुलाई लिएर सरकार विरुद्ध नै आन्दोलित हुने समेत चेतावनी दिन चाहन्छौ। 
अजयबाबु शिवाकोटी
महासचिव
नेपाल प्रेस युनियन

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खनालमाथि भएको आक्रमणको निन्दा गरेका छन्। शर्माले सो घटनाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण समेत गराएका छन्।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...