News Portal

ललिता निवास काण्ड देउवा गृहमन्त्री हुँदा सुरू भएको हो : स्वर्णिम वाग्ले

हिमालीसंचार संवाददाता
३१९ पटक
२०८० चैत २७ गते मंगलबार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणको सुरूवात शेरबहादुर देउवा गृहमन्त्री हुँदा भएको आरोप लगाएका छन्।

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। ‘ललिता निवासको सुरूवाती त अहिलेका विपक्षी दलका सभापति गृहमन्त्री हुँदा हस्ताक्षर भएर सुरू भएको हो’ डा. वाग्लेले भने।

ललिता निवासदेखि वाइडबडी जहाज खरिदमा भएको अनियमिततामा नेताहरूलाई जोगाइएको उनको भनाइ छ। आफूहरूले २०४७ साल यताका सबै भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको माग गर्दै आएको उनले बताए।

उपसभापति वाग्लेले भने, ‘ललिता निवास काण्डदेखि वाइडबडी काण्डसम्म यहाँ को–कोलाई जोगाइएको छ। यो सारा फेहरिस्तको छानबिन गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको आह्वान गर्दछ।’

कुनै आरोपका भरमा कुनै पात्रलाई खुइल्याउने उद्देश्यले छानबिनको माग गर्नु उचित नरहेको उनको भनाइ छ। नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...