
बैसाख-१५, शनिबार/मोरङ – माेरङकाे रंगेली नगरपालिका ७ स्थित बस पार्कमा रहेको ब्रहृमा कुमारी उपशाखा केन्द्र रंगेली परिवारले एक कार्यक्रम को आयुजना गरी २१ औं वार्षिक उत्सव एवम् नव निर्मित सभाहल को उद्घाटन समेत भव्य कार्यक्रम का साथ सम्पन्न गरेको छ।
उक्त कार्यक्रम काे प्रमुख अथिति र नगरपालिका का मेयर दिलीप बगडिया ले पानस मा बत्ती बालेर कार्यक्रम काे उद्घाटन गरेका थिए । कार्यक्रमकाे बिषिष्ठ अथिति रंगेली नगरपालिका की उपमेयर भुमा पराजुली , वडा अध्यक्ष रामचन्द्र मण्डल, विभिन्न ब्रहृमा कुमारी राजयोग उप सेवा केन्द्र की दिदी दमक वाट राधा दिदी,इटहरी वाट सारदा दिदी,उर्लाबारी वाट मिरा दिदी, कञ्चनबारी वाट शोभा दिदी,कटहरी वाट सुनिता दिदी,बेलबारी वाट सिला दिदि,गछिया वाट विद्या दिदी को समेत सहभागिता रहेको थियो।
कार्यक्रम मा विभिन्न स्थान बाट ओम शान्ति का भाइजी र दिदी हरू को बाक्लो उपस्थिति रहेको थियोे । कार्यक्रममा स साना बालबालिका हरु ले अथिति हरु लाई नृत्य गरेर मनाेरञ्न समेत गराएका थिए । ब्रहृमा कुमारी उपशाखा केन्द्र रंगेली की प्रमुख जसोधा दीदी ले स्वागत मन्तव्य दिँदै सबै अथिति र केन्द्र वाट आउनू भएका लाई फूल का माला सहित सम्मान गरिएको थियो।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
